मुख्य समाचार

नेकपाका महासचिव विप्लवद्वारा प्रचण्डलाई संसदीय राजनीति परित्याग गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टी सबैसँग एकताका लागि तयार रहेको बताउदै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संसदीय राजनीति परित्याग गरेर एकतामा आउन आग्रह गरेका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवलेआफ्नो पार्टी सबैसँग एकता, […]

२०७८ आश्विन १७ गते, आईतवार

अखिल (क्रान्तिकारी)द्वारा एकीकृत जनक्रान्ती लामबद्द हुन अपिल

काठमाडौँ । अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सुनिश्चित् हुने हुँदा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तीमा लामबद्द हुन सम्पूर्ण विद्यार्थी लाई अपिल गरेका छन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष शाहीले शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत सो अपिल गरेका हुन् । अध्यक्ष प्रकाश शाहीले अनलाइन शिक्षाको […]

२०७८ आश्विन १५ गते, शुक्रबार

दलाल पुँजीवाद मृत्युको मुखमा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवाद मृत्युको मुखमा पुगेको ठोकुवा गरेका छन । सो पार्टीको केन्द्रीय समितिले चितवनमा आयोजना गरेको केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै महासचिव विप्लवले क्रान्ति विजयोन्मुख रहेको र दलाल पुँजीवाद हार्दै गएको ठोकुवा गरेका हुन् । उक्त अवसरमा महासचिव विप्लवले पार्टीको आगामी कार्यनीति, रणनीति, गर्नुपर्ने काम, केन्द्रीय समितिको […]

२०७८ आश्विन १४ गते, बिहीबार

‘क्रान्ति पूरा गर्न क्रान्तिकारी पार्टी र क्रान्तिकारी विचार अनिवार्य ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले क्रान्ति पूरा गर्न क्रान्तिकारी पार्टी र क्रान्तिकारी विचार अनिबार्य भएको बताएका छन । उनले क्रान्तिकारी आन्दोलनका लागि सही विचार निर्माण गरिसकेपछि त्यो सही विचार लागू गर्न क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने र त्यसपछि क्रान्तिकारी कार्यदिशा निर्माण गर्नु त्यसको अनिवार्य सर्त हुने बताउँदै क्रान्तिकारी विचारसहितको कार्यदिशा लागू गर्ने काम क्रान्तिकारी […]

२०७८ आश्विन ११ गते, सोमबार

‘एकीकृत जनक्रान्तिको कार्यदिशा विजयी बन्दैछ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको कार्यदिशा विजयी बन्दै गएको ठोकुवा गरेका छन । प्रवक्ता प्रकाण्डले शनिबार अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनमा सहभागी विद्यार्थीलाई प्रशिक्षण दिँदै सो ठोकुवा गरेका हुन । प्रवक्ता प्रकाण्डले समकालीन सम्पूर्ण विद्यार्थी सङ्गठनलाई नेतृत्व गर्न सक्ने र पाँच सयभन्दा बढी प्रतिनिधि÷पर्यवेक्षकको उपस्थितिमा सम्मेलन गर्न सक्नु अखिल […]

२०७८ आश्विन १० गते, आईतवार

महासचिव विप्लवद्वारा विद्यार्थीलाई विजयको भाव बोकेर जनताको घरदैलोमा जान निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले युवा विद्यार्थीलाई पोखराबाट विजयको भाव बोकेर जनताको घरदैलोमा जान निर्देशंदिदै जनतालाई श्रमिक वर्गको विजय निश्चित रहेको सन्देश दिन आह्वानसमेत गरेका छन् । अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा विद्यार्थीलाई प्रशिक्षण दिँदै महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी हारेर नभई जितेर वार्ता र सहमतिमा आएको पनि प्रस्ट पारे […]

२०७८ आश्विन ८ गते, शुक्रबार

‘जनमत संग्रह गरे वैज्ञानिक समाजवाद आउने निश्चित ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले  जनमत संग्रह गरे त्यसको परिणाम मान तयार भएको उद्घोष गर्दै  जनमत संग्रह गरे   शतप्रतिशत वैज्ञानिक समाजवादको पक्षमा जनमत आउने ठोकुवासमेत  गरेका छन ।  अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको पोखरामा उद्घाटन गर्दै  महासचिव विप्लवले  सो ठोकुवा गरेका  हुन् । महासचिव विप्लवले   अहिले नेता मात्र नभई ब्यबस्था नै […]

२०७८ आश्विन ७ गते, बिहीबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : जनमतसङ्ग्रहको माहोल सिर्जना गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । प्रतिबन्धपछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक हो । उक्त बैठकले देशजनतालाई बर्तमान संकटवाट मुक्त पार्न जनमतसङ्ग्रहको माहोल सिर्जना गर्ने लगायत बिशेष निर्णय गरेको बताइएको छ। केन्द्रीय समितिको उक्त बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, […]

२०७८ आश्विन ६ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी कैलालीद्वारा रणबहादुर शाहको जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीले जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो। जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर सुकुम्बासी बस्ति बसाएको थियो। सरकारसँग विस्तृत शान्तिसम्झौता गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि कब्जामा लिएका जग्गाजमिन लगायत सम्पत्ति फिर्ता गर्ने र जग्गाको […]

२०७८ आश्विन ६ गते, बुधबार

‘ जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्न आवश्यक भएको ठोकुवा गरेका छन । महासचिव विप्लवले यहि राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन ।महासचिव विप्लवद्वारा आज जारी […]

२०७८ आश्विन ३ गते, आईतवार