मुख्य समाचार

‘एमसीसी कुनै हालतमा मान्य हुदैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा मान्य नहुने बताएका छन्। नेपाल कम्युनस्टि पार्टीले एमसीसीविरुद्ध काठमाडौँको खुलामञ्चमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् । महासचिव विप्लवले एमसीसी सम्झौता जबर्जस्ती लादिए डटेर सामना गर्ने बताउदै भने -‘एमसीसी सम्झौता जबर्जस्त लादिँदेछ । एमसीसी नेपालको स्वतन्त्रताका विरुद्ध छ […]

२०७८ भाद्र २८ गते, सोमबार

एमसीसीविरुद्ध बिरोधप्रदर्शन र जनसभा हुदै : नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध आज मध्यान्ह काठमाडौँमा बिशाल बिरोधप्रदर्शनसहित जनसभा गर्ने बताएको छ । उक्त जनसभाको प्रमुख वक्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र वक्ताहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका अध्यक्ष सिपि गजुरेल , नेकपा (माले ) का महासचिब सिपि मैनाली , नेकपा ( माओबादी केन्द्र) का संयोजक कर्णजित बुढाथोकी , नेपालका लागि […]

२०७८ भाद्र २८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेज गराएरै छाड्ने उदघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गराएरै छाड्ने उदघोष गरेको छ । सो पार्टीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले उक्त उदघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन निर्णायक आन्दोलन आवश्यक रहेकाले आफ्नो पार्टी केन्दीय समितिको बैठक रोकेर एमसीसीबिरुद्ध संघर्षमा होमिएको बताउदै भदौ २८ गते काठमाडौँमा बिशाल जनप्रदर्शनसहित […]

२०७८ भाद्र २६ गते, शनिबार

एमसीसीका उपाध्यक्षलाई कालो झण्डा देखाउने नेकपाका दजनौ कार्यकर्ता पक्राउ

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलाई कालो झण्डा देखाउने नेपाल कम्युनिस्ट पार्टीका दर्जनौ कार्यकर्ता पक्राउ परेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा उत्रिएका नेकपानिकट युवा संगठन र अखिल (क्रान्तिकारी) का ५० भन्दा […]

२०७८ भाद्र २४ गते, बिहीबार

नेकपासहित २२ दलीय मोर्चाद्वारा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित २२ दलीय मोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले)सहितका राजनीतिक दलको आयोजनामा बुधबार दिउँसो माइतीघरबाट विरोध र्याली सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सचिवालय […]

२०७८ भाद्र २४ गते, बिहीबार

नेकपाद्वारा एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष : २८ गते विशाल जनप्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष गरेको छ। सो पार्टीले भदौ २३ गते बुधबार देशव्यापी रुपमा कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते देशव्यापी विरोध प्रदर्शनसहित काठमाडौँमा बिशाल जन प्रदर्शन गर्ने बताएको छ ।

२०७८ भाद्र २२ गते, मंगलवार

बर्तमान राजनीतिक संकटको समाधान जनमत संग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले बर्तमान राजनीतिक संकटको समाधान जनमत संग्रहमात्र भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समितिको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले जनताले आफ्नो राजनीतिक अधिकारको उपयोग गर्दै राजनीतिक व्यवस्था र शासन प्रणाली रोज्न पाउनु नै लोकतन्त्रको […]

२०७८ भाद्र २० गते, आईतवार

ने.क.पा.का प्रवक्ता प्रकाण्ड र कानुनमन्त्री कार्कीबीच भेटवार्ता

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र   कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच आज बिहान  भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिले पनि    नेकपाका सयौ नेता कार्यकर्ता जेलमा रहेको जनाउदै तत्काल रिहा गर्न कानुनमन्त्री  कार्कीलाई आग्रह गरेका थिए भने मन्त्री  कार्कीले रिहा गर्ने प्रक्रियालाई यथासिघ्र  टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएको बताइएको छ । […]

२०७८ भाद्र २० गते, आईतवार

केन्द्रीय जनपरिषद नेपालद्वारा एमसीसी संसदबाट पास नगर्न चेतावनी

काठमाडौँ । केन्द्रीय जनपरिषद नेपालले राष्ट्रघाती एमसीसी संझौता संसदबाट पास नगर्न, जनताको आकाँक्षा र स्वतन्त्र, स्वाभिमान छात्तीमा संसद भवनबाट एमसीसीमा सहि गरेर छुरी नहान्न र आत्मघाती कार्य नगर्न आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय जनपरिषद नेपालका प्रमुख सन्तोष बुढा मगरले आइतबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्। जनपरिषदका प्रमुख बुढा मगरले […]

२०७८ भाद्र २० गते, आईतवार

‘ पहिरो पिडितलाई यथासिघ्र पुर्नवास र राहतको व्यवस्था गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पहिरो पिडित परिवारहरुको पुर्नवास र आवश्यक राहतको यथासिघ्र व्यवस्था गर्न नेपाल सरकारसंग विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। साथै प्रवक्ता प्रकाण्डले बाढी पहिरोबाट पिडितहरुको उद्धार, राहात र सुरक्षित पुर्नवासको व्यवस्थापनको कार्यमा लाग्न सम्वन्धित जिल्ला पार्टीलाई निर्देशनसमेत दिएका छन ।प्रवक्ता […]

२०७८ भाद्र १९ गते, शनिबार