मुख्य समाचार

उपत्यकासहित ११ जिल्लामा शैक्षिक हड्ताल

काठमाडौ, ६ असार । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज उपत्यकासहित ११ जिल्लामा शैक्षिक हड्ताल आव्हान गरेको छ । पूर्वघोषित कार्यक्रम अन्तरगत नै आज उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो । संगठनले विद्यार्थी नेता […]

२०७६ असार ६ गते, शुक्रबार

पौडेललाई सहिद घोषणा

काठमाडौ, ५ असार । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको जनाएको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पौडेललाई नियन्त्रणमा लिइसकेपछि प्रहरीले हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘ सर्लाहीको […]

२०७६ असार ६ गते, शुक्रबार

नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्वारा गोली हानी हत्या

काठमाडौँ , ५ असार । नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई लालबन्दीमा प्रहरीले गोली हानी हत्या गरेको छ । मृत्यु हुनेमा जिल्ला इज्चार्ज कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । घटनास्थलमा जिल्लाबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

२०७६ असार ५ गते, बिहीबार

भोलि (असार ६ गते) आम शैक्षिक हड्ताल

काठमाडौँ , ५ असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भोलि (असार ६ गते) आम शैक्षिक हड्ताल आव्हान गरेको छ । गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ । अखिल (क्रान्तिकारी)का […]

२०७६ असार ५ गते, बिहीबार

नेकपाका नेता ‘ध्रुव’ लाई मातृशोक, विप्लवद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ , ४ असार । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् कार्यालय सचिव भेषराज भुसाल ‘ध्रुव’ लाई मातृशोक परेको छ। महासचिव विप्लवले पार्टीका ‘ध्रुव’की ममतामयी आमा उमादेवी भुसालप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३, खगेन्द्रनगर निवासी उमादेवी भुसालको ८४ वर्षको उमेरमा असार ४ गते बुधबार दिउँसो निवासमै निधन भएको खबरले […]

२०७६ असार ५ गते, बिहीबार

सत्तारुढ दलका सांसदहरु क्रूद्ध : मन्त्री र राष्ट्रपति निशानामा

काठमाडौं, असार ४ । सत्तारुढ दलका सांसदहरु बजेट विनियोजनामा पक्षपात गरिएपछि क्रूद्ध देखिएका छन् । आक्रोशित सांसदहरुले मन्त्रीको राजिनामा समेत मागेका छन् । बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो क्षेत्रका योजनामा मात्र पारेपछि उनीहरु संसद बैठकमा आक्रोशित बनेका हुन् । उनीहरुले रातो किताबसमेत फिर्ता गरे । नेकपा सांसद लालबहादुर थापा, राजेन्द्रप्रसाद गौतम र सुदन किराँतीले […]

२०७६ असार ४ गते, बुधबार

‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’

काठमाडौं, ४ असार । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बेलायतको संसदमा ‘ब्रेक्जिट’ विधेयक पारित हुन नसकेपछि प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामा दिएको उदाहरण दिँदै गुठीसम्बन्धी विधेयकबाट प्रधानमन्त्री ओली पछि हटेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका छन् । सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले अछामका एक युवालाई […]

२०७६ असार ४ गते, बुधबार

सरकारद्वारा गुठी विधेयक फिर्ता

काठमाडौं, ३ असार । चर्काे दबाब थेग्न नसकेपछि सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ । भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन्। । ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो। यसैका आधारमा उत्तेजना बढाउने काम भयो’, मन्त्री अर्यालले भनिन्, ‘सरोकारवालासँग थप परामर्श र […]

२०७६ असार ३ गते, मंगलवार

नेकपाका नेता तथा कार्यकर्ता अदालतको शरणमा

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार कार्यकर्ताले अदालतमा शरण लिएका छन । उनीहरुलाई उच्च अदालत पोखराले दोश्रो पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले पुन: गिरफ्तारीको तयारी गरेपछि गएराती देखि उच्च अदालत पोखरामा शरण लिएका हुन् ।उनीहरुले परिसरमै रात बिताएका छन । उच्च अदालत पोखरामा रात बिताउने नेता तथा कार्यकर्तामा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी […]

२०७६ असार ४ गते, बुधबार

सरकारकाे फासिवादी कार्यबिरुद्ध सङ्घर्षमा उत्रन आव्हान

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका बिभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका सेती महाकाली ब्युराे इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारे गर्दै सो आपत्ति जनाएका हुन् । इन्चार्ज निर्माणले सरकारकाे फासिवादी कार्यको घोर बिरोध गर्दै सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई आव्हान समेत गरेका […]

२०७६ असार २ गते, सोमबार