मुख्य समाचार

देवनारायणको गिरफ्तारीविरुद्ध प्रर्दशन हुदै

काठमाडौ, १७ असोज । नेपाल कम्युनिस्ट पार्टीले देवनारायाण यादवको गिरफ्तारको विरुद्ध प्रर्दशन गर्न लागेको छ । नेकपा निकट जनवर्गीय संगठनहरुले आज दिउँसो २ बजे काठमाडौँको शान्तिबाटीका विरोध प्रर्दशन गर्न लागेका हुन् । सप्तरीको तिलाठी निवासी यादवलाई भारतीय प्रहरीले भारतीय प्रहरीले सीमा बजार कुनौली गएको बेला यादवलाई अाइतबार गिरफ्तार गरेको थियो । भारतले सीमामा अतिक्रमणको बेला […]

२०७४ आश्विन १७ गते, मंगलवार

माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको प्रसंग

काठमाडौ, १७ असोज । दसैंको रोनकले गाउँसहरलाई छोपेका बेला राजनीतिक बृत्तलाई भने एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वा आसन्न निर्वाचनमा तालमेलको प्रसंगले तरंगित बनाएको छ । मंसिरमा हुन लागेको संघ र प्रदेश निर्वाचको पुर्वसन्ध्यामा बहसमा आएको यो नयाँ समीकरणको चर्चापछि बर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठ्न थालेको छ । एमालेले माओवादीसंग सके पार्टी […]

२०७४ आश्विन १७ गते, मंगलवार

आज विजयादशमी , टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

काठमाडौं, १४ असोज । आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा […]

२०७४ आश्विन १४ गते, शनिबार

फार्मेसी काउन्सिलका अध्यक्षलाई कालोमोसो

काठमाडौँ, ११ असोज। योङ फर्मासिष्ट ग्रुप(YPG) नेपालले फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाइलाई कालोमोसो दलेको छ । योङ फर्मासिष्ट ग्रुपले हिजो अपरान्ह ४.३० बजे काउन्सिलका अध्यक्ष हुमागाइलाई उनकै कार्यकक्षमा कालोमोसो दलेर कारबाही गरेको बताएको छ । अध्यक्ष हुमागाइमाथि मापदण्ड नपुगेका शिक्षण सस्थाहरुलाइ आर्थिक प्रलोभन परि सम्बन्धन दिन स्वीकृति दिएको र मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्स […]

२०७४ आश्विन ११ गते, बुधबार

दाङमा ठेकेदारलाई कालोमोसो दलेपछि काठमाडौंमा भागदौड

काठमाडौं, ६ असोज । सडक निर्माणको जिम्मा लिएर समयमै काम नगरेर सडक हिलाम्मे र धुलाम्मे बनाएर छोड्ने निर्माण व्यवसायीलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने कान्सुराम निर्माण सेवा कम्पनीका स्थानीय ठेकेदार पदम शर्मालाई घोराही जनपरिषदले बिहीबार कोलोमोसो दलेर चेतावनी कारवाही गरेको […]

२०७४ आश्विन ६ गते, शुक्रबार

‘नेपाल भारत आवत-जावत गर्न प्रवेशाज्ञाको ब्यबस्था गर्नु पर्छ ‘

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धमेन्द्र बास्तोला ‘कञ्चन’ले नेपाल भारत आवत-जावत गर्ने नेपाली तथा भारतीय दुवै देशका नागरिकहरुका लागि अनिवार्य रुपमा पहिलो चरणमा तत्काल प्रवेशाज्ञा र दोस्रो चरणमा राहदानीको व्यवस्था गर्नुका साथै परस्परमा श्रम अनुमतिको व्यवस्थासमेत लागू गरिनु पर्ने बताएका छन । नेकपा अन्तराष्ट्रिय ब्युरोको तर्फबाट […]

२०७४ आश्विन ४ गते, बुधबार

‘चुनावबाट जित्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्’

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् । तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम शुरु हुँदै गर्दा नेता वास्तोलाले दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म यो क्रम चलिराख्ने बताए । […]

२०७४ आश्विन ४ गते, बुधबार

एलडीओलाई कालोमोसो !

काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टी रामेछापले जिल्ला विकास अधिकारी (एलडीओ) दिनेशराज पन्तलाई कालोमोसो दलेको छ । उनलाई करोडौं रुपैयाँ भ्रष्टचार गरेको आरोपमा कालोमोसो दलेर कारवाही गरेको नेकपा रामेछापले बताएको छ । आज मध्यान्ह साढे १२ बजे एलडीओ पन्तलाई कार्यकक्षमै पुगेर नेकपाका कार्यकर्ताले कालोमोसो दलेर कारवाही गरेका हुन् । जिल्लाका विभिन्न सडक निर्माण र […]

२०७४ आश्विन २ गते, सोमबार

लेखा अधिकृत भण्डारीलाई कालोमोसो

काठमाण्डौ , २ असोज । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जिल्ला समन्वय समिति गुल्मीका लेखा अधिकृत प्रेम भण्डारीलाई कालोमोसो दलेका छन् । जिल्ला जनसत्ताको तर्फबाट दलिएको कालोमोसोलाई जनकारवाही भनिएको छ । उपभोक्ता समिति र कर्मचारीबाट कमिसन लिएको, तत्कालिन जिल्ला विकास समिति अन्तर्गतका कर्मचारकिो सञ्चयकोष जम्मा नगरी अपचलन गरेको, भ्रष्टाचार गरेर अकुत सम्पत्ती कमाएको, राजनीतिक आवरणमा जिविसमा […]

२०७४ आश्विन २ गते, सोमबार

‘गिरफ्तार र धरपकड गर्नेलाई कारबाही गर्छौ ‘

काठमाण्डौ , १ असोज । नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले राज्यले प्रतिकृयावादी षडयन्त्र तत्काल बन्द गर्नुपर्ने अन्यथा आफ्नो पार्टीले प्रतिरोधतात्मक संघर्षमा उत्रिन बाध्य हुने बताएका छन । उनले असोज २ गतेदेखि कास्की जिल्लामा सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाउने समेत बताएका छन । आज पोखरामा पार्टीको तर्फवाट वोल्दै नेता पुनले पार्टीका कार्यकर्ता […]

२०७४ आश्विन १ गते, आईतवार