मुख्य समाचार

‘गोलीगठ्ठासहित कार्यकर्ता गिरफ्तार भन्ने समाचार गलत ‘

काठमाडौं । नेकपा (माओवादी)ले ‘जाजरकोटमा गोलीगठ्ठासहित माओवादी कार्यकर्ता गिरफ्तार’ गरिएको समाचारको खण्डन गरेको छ । नेकपा माओवादी भेरी ब्युरो इन्चार्ज जीवनले विहीबार एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य कुराको खोज नै नगरी तथ्यबिना नै सरकारले संचारमाध्यमहरुद्वारा सार्बजनिक गर्नु उपयुक्त नभएको बताएका छन् । ‘यहि मंसिर २१ गतेका दिन जाजरकोटको छेडा बजारमा हाम्रा पार्टीका कार्यकर्ताहरुलाई गोलीगठ्ठा सहित […]

२०७३ मंसिर २४ गते, शुक्रबार

पूर्वप्रधानमन्त्री भट्टराईमाथि जुत्ता प्रहार

काठमाडौँ, २३ मंसिर । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पस नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि आज आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईमाथि जुत्ता प्रहार भाएको हो । भट्टराई सो कार्यक्रममा प्रमुख अतिथि थिए । भट्टराईमाथि जुत्ता प्रहार गर्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ […]

२०७३ मंसिर २३ गते, बिहीबार

‘फिडेल क्यास्ट्रो नेपालका असल मित्र थिए ‘

काठमाडाँै । क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रो नेपालका असल मित्र भएको उनीसँग वार्तालाप गर्ने अबसर पाएका व्यक्तिहरुले बताएको बताएका छन् । साम्राज्यवाद विरोधी मञ्च, नेपालले बुधबार काठमडौँको संवाद डबलीमा आयोजना गरेको ‘फिडेल क्यास्ट्रो र योगदानहरु तथा श्रद्धाञ्जली’ कार्यक्रममा बोल्दै उनीहरुले क्यास्ट्रोसँग भेट गर्दाका अनुभूति, क्युबाली क्रान्ति र नेपाल लिनु पर्ने शिक्षाबारे अनुभूति र धारणा राखेका थिए […]

२०७३ मंसिर २३ गते, बिहीबार

नयाँ बस पार्कका व्यवसायी आन्दोलित, २६ गते बस पार्क बन्द

काठमाडौं, २२ मंसिर । बालाजुस्थित नयाँ बस पार्कभित्रका व्यवसायी आन्दोलनमा उत्रेका छन् । ठेकेदारसँग मिलेर नगर प्रहरीले दुःख दिइरहेको भन्दै उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर व्यवसायीयहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । संयुक्त उद्योग वाणिज्य महासंघका अध्यक्ष युवराज पराजुलीले महानगरपालिका र निर्माणको जिम्मा दिइएको लोत्से बहुउद्देश्यीय […]

२०७३ मंसिर २२ गते, बुधबार

तौलिहवामा कर्फ्यु

काठमाडौं, २० मंसिर । स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि […]

२०७३ मंसिर २० गते, सोमबार

अखिल क्रान्तिकारीका नेता सिंह पक्राउ

काठमाडौ, १९ मंसिर । जिल्ला प्रहरी कार्यालय सल्यानले अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गणेशमान सिंहलाई गए राती पक्राउ गरेको छ ।नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सिंहलाई बिना प्रसंग उनको कृयाकलाप केहि संकाशपद भएको हुनाले अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको बताइएको छ । उनकाे विनाकारण गिरफ्तार […]

२०७३ मंसिर १९ गते, आईतवार

‘भ्रष्टचारबिरुद्धको अभियानमा सबै एक हौ ‘

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्डले भ्रष्टचार बिरुद्दको अभियानमा सबैलाई साथ दिन अपिल गरेका छन । प्रवक्ता प्रकाण्डले कालिकोटस्थित सम्पुर्ण सरकारी कार्यलयका प्रमुखसंगको अन्तरक्रिया कार्यक्रममामा सो अपिल गरेका हुन् । उनले जिल्लाको बिकास निर्माणको काम तिब्रगतिमा अगाढी बढाउन निर्देशन समेत दिए । अन्तरक्रियामा बोल्दै प्रवक्ता प्रकाण्डले बिकाश निर्माणको काममा कतैबाट बाधा अड्चन पुगे […]

२०७३ मंसिर १७ गते, शुक्रबार

‘पार्टी कार्यालयमा आक्रमण गर्ने समूहलाई कारवार्ही नगरे प्रतिकार ‘

काठमाडौं, १७ मंसिर । नेकपा (माओवादी) रुपन्देहीका जिल्ला सेक्रेटरी सरद ओलीले आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणमा संलग्नहरुलाई कारवाही नगरी पुर्न त्यस्तो खालको प्रयास गरेमा जवाफि प्रतिकार गर्ने जनाएका छन । बुटबलमा भएको आन्दोलनका क्रममा बिहिबार साँझ माओबादीको पार्टी कार्यलयमा आक्रमणको प्रयास गरिएको थियो । आन्दोलनकारीले माओबादीको बुटवल स्थित पार्टी कार्यालयमा ढुङगा हानेपछि कार्यालयमा सामान्य क्षेति […]

२०७३ मंसिर १७ गते, शुक्रबार

संविधान संशोधन प्रस्ताव विरुद्ध रुपन्देही बन्द

काठमाडौं, १६ मंसिर । पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको हो । आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलकै नेता तथा कार्यकर्तासमेत […]

२०७३ मंसिर १६ गते, बिहीबार

‘संविधान संशोधन विधेयकलाई समर्थन गर्न सकिँदैन’

काठमाडौं, १५ मंसिर । संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने बताएको छ । उसले सरकारले मंगलबार व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै सरकारले दर्ता गराएको संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनैपनि मागको पूर्णरुपमा सम्बोधन नगरेको जनाएको छ । ‘आदिवासी जनजाति, थारु, खस, […]

२०७३ मंसिर १५ गते, बुधबार