मुख्य समाचार

लोकमानको महाअभियोग संसदमा पेश भएन

काठमाण्डौ, ४ कात्तिक । आज बसेको संसदको बैठक स्थगित भएको छ । अर्को बैठक कात्तिक ७ गते ११ बजे बिहान बोलाईएको छ । आजको बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो । तर अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमान कार्कीको महाअभियोग संसदमा पेश नै भएन ।

२०७३ कार्तिक ४ गते, बिहीबार

सांसदको तलब सुविधामा उच्च वृद्धि

काठमाडौँ, ३ कात्तिक । सरकारले सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गरेको हो ।सांसदहरूको सेवा सुविधासम्बन्धी २०५२ सालको ऐन पहिलोपटक संशोधन हुन लागेको हो । सरकारले यसअघि सेवा सुविधा राजपत्रमा सूचना प्रकाशन गरी हेरफेर गर्दै आएको थियो […]

२०७३ कार्तिक ३ गते, बुधबार

अस्थायी शिक्षकद्वारा प्रधानमन्त्री निवासमा धर्ना

काठमाडौं, २ कात्तिक । आज अस्थायी शिक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । अस्थायी शिक्षकलाई अवधि गणना गरी स्थायी गर्नु पर्ने , उपदान र औषधी उपचारको व्यवस्था गर्नु पर्ने लगायतका माग राख्दै आएका उनीहरुले आज बालुवाटारमा धर्ना दिएका हुन् । बिहान ८ बजेदेखि धर्ना शुरु भएको र १० बजे सम्म चलेको थियो । अस्थायी […]

२०७३ कार्तिक २ गते, मंगलवार

कात्तिक २८ गते नेपाल बन्द

काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी) ले आगामी कात्तिक २८ गते नेपाल बन्दको आव्हान गरेको छ । माओवादीले अनियत्रित महङ्गीलाई सरकारले पक्षपोषण गरेको भन्दै त्यसको विरुद्धमा यस अघि नै सङ्घर्षको कार्यक्रम घोषणा गरिसकेको छ । पार्टी प्रशिक्षण र जनश्रममा जुटेको नेकपा (माओवादी) ले छठ पर्ब लगत्तैखाद्य सम्प्रभुताको संघर्षलाई चर्काउने भएको छ । माओवादीले कात्तिक २८ […]

२०७३ कार्तिक १ गते, सोमबार

जिल्ला जनसरकार प्रमुख पक्राउ

काठमाडौं, १ कार्तिक । नेकपा (माओमादी) सिन्धुलीका जनसरकार प्रमुख हरीकृष्ण घिमिरेलाई प्रहरीले पक्रेको छ । सिन्धुली जिल्ला सचिवालय सदस्य तथा जनसरकार प्रमुख हरीकृष्ण घिमिरेलाई हिजो विहान ८ वजे घरमा सुतिरहेको अवस्तामा प्रहरीले गिरफ्तार गरेको हो । नेकपा (माओमादी) का सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्कीले हरीकृष्ण घिमिरेलाई विना सर्त रिहाई नगरे कडा संघर्षमा जाने चेतावानी दिएका […]

२०७३ कार्तिक १ गते, सोमबार

दशैं सकियो , आज कोजाग्रत पूर्णिमा

काठमाडौ, २९ असोज । आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा, सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन […]

२०७३ आश्विन २९ गते, शनिबार

कुन दलका सांसदले कति तिर्छन् लेबी ?

काठमाडौँ, २८ असोज । संसदमा प्रतिनिधित्व गर्ने दलहरूले आफ्ना सांसदबाट अनिवार्य लेबी उठाउने गरेका छन् । दलअनुसार लेबी शुल्क भने फरक–फरक छ । पार्टी सञ्चालनका लागि भन्दै सीधै पार्टी कोषमा जम्मा हुने गरी सांसदहरूबाट लेबी उठाउने गरिन्छ । सम्बन्धित दलले संसद् सचिवालयबाट सीधै लेबी रकम लिने गरेका छन् । सांसदहरूको खातामा तलबभत्ताको पैसा जाने वेलामै […]

२०७३ आश्विन २८ गते, शुक्रबार

बेल्टारबजार तनावग्रस्त,दर्जनौँ सेल अश्रुग्यास प्रहार

काठमाडौ, २७ असोज । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको […]

२०७३ आश्विन २७ गते, बिहीबार

राज्यमन्त्री बनाउन भाले भिडन्त

काठमाडौ, २७ असोज। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ४ गतेलाई बोलाइएको छ । तर बैठकअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यमन्त्री छान्ने बताइएको छ । पार्टीभित्रै असन्तुष्टि बढेपछि बैठक अघि मन्त्री छान्ने गरी उनले छलफल गरेको नेताहरुले बताएका छन् । दसैंअघि नै राज्यमन्त्री बनाउन देउवालाई दबाब परेपछि उनले दशैंपछि सारेका थिए । आकांक्षी बढी भएपछि […]

२०७३ आश्विन २७ गते, बिहीबार

निर्वाचन सम्बन्धि १ सय ३० वटा कानुन बन्न बाकी

काठमाडौ, २६ असोज । निर्वाचन सम्बन्धि कानुनहरु बन्न अझै कम्तिमा डेड महिना लाग्ने भएको छ । चैतमा गर्ने भनिएको स्थानिय निकायको चुनाव सम्बन्धि कानुन मंसिरसम्म बन्ने संसद सचिवालयले जनाएको छ । चुनावसँग सम्बन्धित केही विधेयकहरु संसदमा पुगिसकेको र केही प्रक्रियामा रहेकाले करिब एक महिनाभित्र त्यस्ता कानुनहरु पारित भइसक्ने कानुन सचिव टेकप्रसाद ढुंगानाले बताए । निर्वाचनका […]

२०७३ आश्विन २६ गते, बुधबार