बिज्ञान तथा प्रबिधि

उडिरहेको विमानमा बमको हल्लापछि लडाकु जेट गएर सकुशल ओराले यात्रुवाहक विमान

काठमाडौं, २० जेठ । उडिरहेको एउटा यात्रुवाहक विमानमा बम रहेको भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाका दुईवटा लडाकु जेट विमानले सो यात्रुबाहक विमानलाई सकुशल ओरालेका छन् । त्यहाँका अधिकारीहरुले जनाएअनुसार उडिरहेको यात्रुवाहक विमानमा बम राखिएको जानकारी पाएपछि तत्कालै उद्धार गरिएको थियो । तर सो विमान अवतरण गरेर चेकजाँत गर्दा भने कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई […]

२०७६ जेष्ठ २० गते, सोमबार

आज हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १८ जेठ । मौसम पूर्वानुमान महाशाखाले आज देशको पुर्वी तथा मध्य भु–भाग लगायात पश्चिमी पहाडी भु–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु–भागमा आंशिक बदली रहने जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। त्यसैगरी रातिको समयमा देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु–भागका केही स्थानहरुमा र मध्य तथा […]

२०७६ जेष्ठ १८ गते, शनिबार

हावाहुरी सहित पानी पर्ने, सचेत रहन आग्रह

काठमाडौं, १७ जेठ । मौसम पूवानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भाग लगायत र पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भु–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

आज मेघगर्जन सहित वर्षा हुने

काठमाडौं, १६ जेठ । देशका पूर्वी भु–भागमा आंशिकदेखि सामान्य बदलि, मध्य भु–भाग लगायत पश्चिमी पहाडी भू–भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसुम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भु–भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी रातिको […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

काठमाडौंमा स्मार्ट पार्किङ !

काठमाडौ, १४ जेठ । काठमाडौं महानगरपालिकाले बिहिवारदेखि स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्ने भएको छ । न्युरोडमा जेठ १६ गतेदेखि स्मार्ट पार्किङ सुरु हुने ह्विल्स ट्रलियोर्स कम्पनीले जनाएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएपछि महानगरपालिकाले तीन महिनाअघिट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेको थियो । कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । सुरुमा […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

आज आंशिक बदली र वर्षाको सम्भावना

काठमाडौं, १२ जेठ । मौसम पूर्वामान महाशाखाले आज देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ […]

२०७६ जेष्ठ १२ गते, आईतवार

आइतबारसम्म सचेत रहन मौसमविदको आग्रह

काठमाडौं, १० जेठ । पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

कम्प्युटर चलाउन नजान्ने कर्मचारी केन्द्रमै फिर्ता

काठमाडौं, ९ जेठ । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेका हुन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका तथा […]

२०७६ जेष्ठ ९ गते, बिहीबार

आज हावाहुरीसहित वर्षा हुन सक्ने

काठमाडौं, ८ जेठ । मौसम पूर्वामान महाशाखाले आज देशका अधिकांश भूभागमा आंशिक बदली रहि अपरान्हपछि सामान्य बदलि भई देशका पूर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी भू–भागका केही […]

२०७६ जेष्ठ ८ गते, बुधबार

एटीएममा अनिवार्य नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौं, ७ जेठ । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो […]

२०७६ जेष्ठ ७ गते, मंगलवार