बिज्ञान तथा प्रबिधि

आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना !

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार आज देशको पूर्वी तथा पश्चिम भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, सोमबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ , लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित […]

२०७८ श्रावण २५ गते, सोमबार

मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। अहिले हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश […]

२०७८ श्रावण २१ गते, बिहीबार

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काडमाडौं । मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएपनि […]

२०७८ श्रावण १२ गते, मंगलवार

जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिदै

काठमाडौं । आज जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने जानकारी दिए। उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम हुनेछ । उनले भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलद्वारा ‘ट्र्याक स्पिड’ परीक्षण […]

२०७८ श्रावण ३ गते, आईतवार

देशका केही ठाउँमा ठूलो वर्षा सम्भावना !

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ ।आज बिहान देशभर विभिन्न स्थानमा वर्षा भएको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना […]

२०७८ श्रावण ३ गते, आईतवार

नेपाल टेलिकमद्वारा समर अफरमा सुविधा थप

काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ।नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ। त्यसैगरी लकडाउन अफरका रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु. ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ। लकडाउन […]

२०७८ श्रावण २ गते, शनिबार

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको […]

२०७८ श्रावण १ गते, शुक्रबार

आज र भोलि लगातार झरी पर्ने सम्भावना : सतर्क रहन आग्रह

काठमाडौं । मौसमविद्ले आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको बताएका छन् । बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएको छन् । आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश–१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले […]

२०७८ असार ३० गते, बुधबार

अमेरिकाद्वारा १५ लाख डोज खोप प्रदान : सोमबार नेपाल आइ पुग्ने

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा […]

२०७८ असार २७ गते, आईतवार

आज मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ । वर्षाका कारण आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्नेछ । […]

२०७८ असार २३ गते, बुधबार