बिज्ञान तथा प्रबिधि

आज दिनभर बदली हुने

काठमाडौं, २१ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुन जनाएको छ । पूर्व र मध्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै पश्चिमको पहााडी क्षेत्रमा पनि आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी क्षेत्रको मौसम आंशिक बदलीको अवस्थामा रहने महाशाखाले जनाएको […]

२०७५ चैत्र २१ गते, बिहीबार

काँग्रेस सम्बद्ध ६ सय बढी फेसबुक पेज तथा एकाउन्ट बन्द

काठमाडौ, १९ चैत । फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय काँग्रेस सम्बद्ध विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको जनाएको छ । फेसबुकले आफ्नो कानून उल्लंघ्न गरेको भन्दै काँग्रेस आई सम्बद्ध ती पेजहरू हटाएको हो । भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने […]

२०७५ चैत्र १९ गते, मंगलवार

‘इन्टरनेटमा खराब सामग्री अनुगमनको जिम्मेदारी कम्पनी एक्लैका लागि अत्यन्त बृहत्’

काठमाडाैं, १७ चैत । फेसबुका संस्थापक मार्क जुकरवर्गले इन्टरनेटका सामग्रीहरुको नियमनका लागि अनुगमनकर्ता र सरकारले थप सक्रियता देखाउनु पर्ने बताएका छन् । वासिंटन पोष्टमा एक पत्र प्रकाशित गर्दै उनले इन्टरनेटमा खराब सामग्री अनुगमनको जिम्मेदारी कम्पनी एक्लैका लागि अत्यन्त बृहत् हुने भन्दै नयां नियम बनाउन आग्रह गरे । सबै वेभसाइटहरुमा नयां नियम आवश्यक रहेको भन्दै जुकरवर्गले […]

२०७५ चैत्र १७ गते, आईतवार

देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडाैं, १६ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । विशेषगरी काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिमी क्षेत्रका पनि थोरै स्थानमा वर्षा हुने देखिएको छ । आज दिनभरजसो वर्षा हुनेछ । […]

२०७५ चैत्र १६ गते, शनिबार

आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना

काठमाडाैं, १५ चैत । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको […]

२०७५ चैत्र १५ गते, शुक्रबार

मिथेन ग्यासको उत्खनन् हुँदै

काठमाडौं, १३ चैत । नेपालमै रहेको पेट्रोलियम मिथेन ग्यासको उत्खनन् हुने भएको छ । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबिच बेइजिङमा सम्झौता भएपछिआगामी वैशाख तेस्रो हप्तादेखि ग्यासको उत्खनन् गरिने भएको हो । स्थानीयले दैवीशक्ति भन्दै मिथेन ग्यास रहेको सो स्थानमा नियमित पूजा गर्दै आएका थिए […]

२०७५ चैत्र १३ गते, बुधबार

गुगलमाथि एक अर्ब ४९ करोड युरो जरीवाना !

काठमाडौं , ७ चैत । विश्वको प्रशिद्ध सर्च ईन्जिन गुगलमाथि युरोपको प्रतिस्पर्धा आयोगले एक अर्ब ४९ करोड युरो जरीवाना तिर्न भनेको छ । अनलाईन विज्ञापनमा आफ्नो मजवुत स्थितिको दुरुपयोग गर्दै आएको भन्दै जरीवाना तोकिएको प्रतिस्पर्धा आयोगका अधिकारीहरुले जनाएका छन् । दुई वर्ष भित्र तेस्रो पटक प्रतिस्पर्धा आयोगले गुगलमाथि जरीवाना गरेको हो । गुगलले प्रतिस्पर्धा नियमको […]

२०७५ चैत्र ७ गते, बिहीबार

गत डिसेम्बरमा शक्तिशाली उल्का विस्फोट भएको नासाकाे दाबी

काठमाडौँ , ७ चैत । पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा विशाल उल्का विस्फोटन भएको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले जनाएकाे छ । उक्त विस्फोट ३० वर्षयता भएकाे त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको विस्फाेट रहेकाे नासाकाे दाबी छ । साथै साे विस्फाेट ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको आकाशमा भएकाे विस्फाेटयताका यताको सबैभन्दा ठूलो रहेकाे बताइएकाे छ । […]

२०७५ चैत्र ७ गते, बिहीबार

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या

काठमाडौं, ३० फागुन । गएरातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको छ । विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ । फेसबुकले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ । फेसबुकले आफ्ना केही एप्लिकेसन प्रयोगमा समस्या भएको जनाउँदै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको प्रष्ट […]

२०७५ फाल्गुन ३० गते, बिहीबार

उत्तर कोरिया रकेट प्रक्षेपण गर्ने तयारीमा

काठमाडौं, २५ फागुन । उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् । सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम हुने गर्दथ्यो । उत्तर कोरियाको मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालनमा ल्याउने तयारी भैरहेको समाचार […]

२०७५ फाल्गुन २५ गते, शनिबार