बिज्ञान तथा प्रबिधि

नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’मा सहमति

काठमाडौं , १२ माघ । नेपाल र भारतबीच विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’मा सहमति भएको छ । यो सहमतिसँगै नदी प्रवाह (आरओआर) र अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाबाट बर्षामा खेर जाने विद्युत भण्डारण हुने छ । बर्षायाममा उपयोग हुन नसकी जगेडा रहेको वा खेर जाने बिजुलीको समस्याबाट विद्युत प्राधिकरण मुक्त हुनेछ । गण्डकी प्रदेशको राजधानी पोखरामा […]

२०७५ माघ १२ गते, शनिबार

अध्यागमन सूचना प्रणाली जडान गर्ने तयारी

काठमाडौं, २८ पुस । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत अन्य नाकाबाट भित्रिने र बाहिरिने विदेशी नागरिकका लागि आँखाको नानी ‘रिड’ गर्ने ‘आइरिस मेसिन’ र ‘बायोमेट्रिक’ विवरणसहितको अध्यागमन सूचना प्रणाली जडान गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले सन् २०१८ मा अध्यागमन कानुन उल्लंघन गर्ने ७०१ जना विदेशी नागरिकलाई निष्कासन गरेको छ । भिसा अवधिभन्दा बढी […]

२०७५ पुष २८ गते, शनिबार

मुलुकभर बदली भइ वर्षा हुने

काठमाडौं, २८ पुस । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको मौसममा आंशिक बदली भई पश्चिमी र पहाडी भेगका केही स्थानमा वर्षा हुने जनाएको छ । पश्चिमी वायुको प्रभावले आगामी ३ दिनसम्म मौसममा सामान्य बदली देखिए पनि घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अपरान्ह र साँझ पख पश्चिमी क्षेत्र र पहाडी क्षेत्रमा सामान्य […]

२०७५ पुष २८ गते, शनिबार

टिस्यू कल्चर ल्याव सञ्चालन

काठमाडौं, २५ पुस । धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्रभित्र २० वर्षअघि स्थापना गरिएको टिस्यू कल्चर ल्याब संचालनमा आएको छ । अमिला फलफूल जातका स्वस्थ्य तथा निरोगी विरुवा उत्पादन गर्ने उद्देश्यसहित २०५५ सालमा ल्याबको स्थापना गरिएको थियो । तर दक्ष प्राविधिक, पर्याप्त उपकरण तथा आवश्यक रसायन खरिद गर्न नसक्दा सो ल्याव सञ्चालनमा आएको थिएन […]

२०७५ पुष २५ गते, बुधबार

चिनियाँ यान चन्द्रमाको टाढाको भागमा अवतरण

काठमाडौँ, १९ पुस । चीनले उसको रोबोटिक अन्तरिक्ष यानले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ। बेइजिङमा स्थानीय समयानुसार दश बजेर २६ मिनेट जाँदा उक्त मानवरहित चाँग इ-४ नामक यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण गरेको थियो। उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा […]

२०७५ पुष १९ गते, बिहीबार

नासालाई अर्को सफलताः ‘न्यू हराइजन्स’ले खिच्यो दुर्लभ तस्विर

काठमाडौँ, १८ पुस । अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यू हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्विर खिच्न सफल भएको छ । सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यू हराइजन्सले अल्टिमा टूली नामको पिण्डको नजिकबाट गुज्रने क्रममा पृथ्वीमा सम्पर्क गर्न सफल भएको छ । पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान […]

२०७५ पुष १८ गते, बुधबार

सामाजिक सञ्जाल प्रयोग गरी ठगी

काठमाडौं, १६ पुस । सामाजिक सञ्जालमा तपाइँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपाइँले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन ? यदि त्यस्तो गर्नुभएको छ भने तपाइँ ठगिन पनि सक्नुहुन्छ । सामाजिक सञ्जालमा ‘उपहार परेको’, ‘महत्वपूर्ण पार्सल आएको’ भन्दै सूचना पठाएर ठगी गर्ने गिरोह काठमाडौंमा […]

२०७५ पुष १७ गते, मंगलवार

स्लाइनपानी उद्याेग स्थापना

काठमाडौं, १४ पुस । वीरगञ्जमा ‘एभरेष्ट प्यारेन्ट्रल उद्योग’ काे नामबाट स्लाइन तथा सिरिन्जहरु उत्पादन गर्ने उद्याेग स्थापना गरिएकाे छ । उद्याेगले केही समयमै उत्पादन थाल्ने जनाइएकाे छ । करिब सवा १ अर्ब लगानीमा सञ्चालनाम अाउन लागेकाे यो उद्योगले स्लाइनपानी, इन्जेक्शन, आइ तथा इयर ड्रप्सलगायतका अाैषधिजन्य उत्पादन थाल्नेछ । राणासरिया घरानाकाे मुख्य लगानी रहेकाे यस उद्याेगले […]

२०७५ पुष १४ गते, शनिबार

तुइनबाटै तारिन्छ सवारी साधन

काठामाडौँ, २८ मंसिर । तुइनमा मानिसमात्र होइन, सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । भर्खरैमात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् । चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि […]

२०७५ मंसिर २८ गते, शुक्रबार

हेजबुल्लाहको सुरूङ नष्ट गर्ने अभियानमा अमेरिकाको सहयोग

काठमाडौं, १९ मंसिर । इरानको समर्थन प्राप्त लेबनानी सिया मुसलमानहरूको राजनीतिक तथा अर्धसैनिक संगठन, हेजबुल्लाह समूहको सुरूङ नष्ट गर्ने इजरायली सैनिकको अभियानमा अमेरिकाले पूर्ण सहयोग गर्ने वासिङ्टनले मङ्गलबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले भने, “अमेरिकी सरकार इजरायलको सार्वभौमसत्ताको सुरक्षा प्रयासमा पूर्णरूपमा इजरायलको पक्षमा उभिने छ ।” अमेरिकाले इरान […]

२०७५ मंसिर १९ गते, बुधबार