विचार

मानवअधिकार उल्लंघनमा सजाय कसलाई गर्ने ? कसलाई नगर्ने ? – गोपाल शिवाकोटी ‘चिन्तन ‘

आफ्नो पनि जिन्दगी मूलतः मानवअधिकार भन्दै बित्यो । निरङ्कुश पञ्चायतकालदेखि बहुदलीय कालसम्म पनि । फरक एउटै थियो —पञ्चायतकालिन मानवअधिकारकर्मीहरू भूमिगत बैठक बस्थे, साइनबोर्ड फालिन्थे र जेल जान्थे तर अहिलेका बैठक तारे होटलमा, चम्किला साइनबोर्डहरु भब्य महलमा र भनेजति यात्रा विदेशमा । जसै मूलधारका मानवकर्मी ठेकेदारहरू पार्टीका भ्रातृ संगठनमा रुपान्तर भए र तिनका आम्दानी र जीवनशैलीले […]

२०७३ जेष्ठ १२ गते, बुधबार

प्रचन्डलाई प्रश्न – को नायक ? को गद्दार ? – विवशकुमार सेजुवाल

सुन्थे समय धेरै बलवान छ । आज यो पनि अनुभूती गरिरहेको छु कि समय कति निष्ठुरी र कति वेइमानी पनि हुँदो रहेछ । सायद मान्छेले कल्पना गर्न नसक्लान कि मेरो समय कतिखेर कस्तो हुन्छ भन्ने । यो भेउ मान्छेमा हुँदो हो त सबै कुरा हुनुभन्दा अगावै सोच्न सकिन्थ्यो होला । तर, जीवनमा त्यस्तो हुँदो रहेनछ […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

सुरु भयो क्रान्तिकारी ध्रुबीकरण – खेम थपलिया

‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनता प्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रिया वादी वर्गलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइने छैन’ भन्ने प्रतिवद्धताका साथ सुरु भएको जनयुद्धको मुल नेतृत्व प्रचण्डले यतिखेर आफैँले […]

२०७३ जेष्ठ १० गते, सोमबार

जनचाहनालाई उपेक्षा नगर

नेकपा माओवादीले गत शुक्रबार राजधानीको खुलामञ्चमा विशाल विरोध प्रदर्शन तथा जनसभा सम्पन्न गरेको छ । माओवादीले दस वर्षे जनयुद्धको उपलब्धि गुमेको भन्दै सो विरोध प्रदर्शन तथा जनसभा प्रदर्शन गरेको बताएको छ । जनसभामार्फत उसले यदि १० वर्षे जनयुद्धको उपलब्धि नामेट पार्न सत्तासीन दलहरुले सोचेको हो भने अर्को जनयुद्ध हुने उद्घोषसमेत गरेको छ । यसैगरी, देशको […]

२०७३ जेष्ठ ९ गते, आईतवार

माओवादी केन्द्र : पतितहरुको गठजोड – हस्तवहादुर केसी

बिभाजित माओवादी आन्दोलनलाई एकीकृत गर्ने नाममा ३०७३ जेठ ६ गते नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) बनेको छ । नेपाली क्रान्तिका निम्ति बिभाजित माओवादी आन्दोलनलाई एकताबद्ध गर्न जरुरी थियो । बिभिन्न समूहमा छितरिएका माओवादी कार्यकर्ताहरुको चाहना माओवादी आन्दोलनलाई एकताबद्ध गर्नु पर्छ भन्ने रहेको थियो र यो चाहना बाँकी नै छ । नेपाली नयाँ जनवादी […]

२०७३ जेष्ठ ८ गते, शनिबार

वर्तमान राष्ट्रिय परिस्थिति र एकिकृत तराई–मधेश जनजागरण अभियान – ओम प्रकाश पुन

आज देशमा प्रतिक्रान्ति भएको छ । महान जनयुद्घ, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरु समाप्त पारिएको छ । माओवादी, आदीवासी÷जनजाती र मधेशी संग भए गरेका सम्पूर्ण सहमतिहरुलाई उल्ट्याएर एकलौटी दलाल संसदीय ब्यबस्था लाद्ने काम भएको छ । यतिबेला सत्तासंचालकहरुको दलालीकरण र असक्षमताका कारण देशको स्वाधिनता निकै खतरामा परिरहेको छ । बैदेशिक हस्तक्षेप बढेर गएको छ । […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

बादललाई खुल्लापत्र – तपाई आफै कल्पना गर्नुस, तपाईंको इतिहास कस्तो होला ?

क. बादल निरन्तर बगिरहेको नदिलाइ आफ्नो निश्चित यात्राको न त चिन्ता हुन्छ न त उसको बाटो काडेतारले बारिएको हुन्छ । निश्चलतामा उसले आफ्नो गन्तव्य लाई निरन्तर बढाउने सड्ढल्प लिएर आफ्नो समुद्री सतहको यात्रालाइ इमान्दारी पुर्बक सङ्लो मनले मन्ध मुस्कान को साथ बहकिदै तैरिनु उसको असल रुप मानिन्छ । तर डर यतिबेला हुन्छ जब बादलले चारैतिर […]

२०७३ जेष्ठ ५ गते, बुधबार

आलोचना र समर्थनको ठोस मापदण्ड हुनु पर्छ – भरत दाहाल

आलोचना र समर्थनको ठोस मापदण्ड हुनु पर्छ । देशको आन्तरीक प्रशासन, विकास निर्माण र कुशासनका विषयमा केपी ओली सरकारको जति आलोचना गरे पनि हुन्छ । सरकारको रक्षा कबचका रुपमा पपुलिष्ट कुरा मात्र गरेर देशको दीर्घकालिन विकासको योजनालाई ओझेलमा पार्ने नियतको पनि समर्थन गर्नु हुँदैन । तर जहाँसम्म हस्तक्षेपकारी विदेशी शक्तिहरुको मनोबल उठाउने र तिनीहरुको कृपा […]

२०७३ जेष्ठ ५ गते, बुधबार

क्रान्तिकारी अभियान कसैले रोकेर रोकिन्न – पुष्पगोपाल श्रेष्ठ

“कसैले पनि ‘एकता’ को लागि हुने हल्लाबाट आफुलाई भ्रममा पानुहुदैँन । जस्ले प्राय ती शब्दलाई आफ्नो ओठमा ल्याइरहन्छ, सबैभन्दा बढी तिनीहरु नै फुतपरस्त हुन्छन् सबैभन्दा बढी सङकिर्णतावादी र सबैभन्दा झगडालु र धोकेबाजहरुले नै प्रायः एकताको लागि सबैभन्दा बढी जोड दिन्छन् ।” क.फेडरिख एङगेल्स यसो भन्नुहुन्थ्यो । वास्तविक यथार्थता त यहि नै हो, दसौं हजार वीर […]

२०७३ जेष्ठ ५ गते, बुधबार

मूख्य समस्यालार्इ धुरीमा राखेर दृष्टिकाेण बनाउनु पर्छ – भरत दाहाल

अान्दाेलनका मूल्य मान्यताहरू हुन्छन्, त्यसकाे अाैचित्यलार्इ हेर्ने मापदण्ड हुन्छ। अंशकाे झगडा पर्याे भन्दैमा बाबुकाे हत्या गरेर सम्पत्ति हत्याउने प्रयास कुनै पनि काेणबाट उचित हुँदैन। नेपालकाे संकटका सूत्रधार विदेशी शक्तिहरू हुन् भन्ने तथ्य कसैले लुकाएर लुक्न सक्ने अवस्थामा छैन। साम्राज्यवादीहरूकाे अभिष्ट के हाे भन्ने वास्तविकता पनि रहस्यकाे विषय रहेकाे छैन। नेपालकाे गाेलचक्करकाे कारण वैदेशीक हस्तक्षेप हाे। […]

२०७३ जेष्ठ ३ गते, सोमबार