राजनीति

कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना !

काठमाडौँ । काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोर वर्गीकरण गर्नुपर्ने मियम लागू भएको छ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग-अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ । फोहोर वर्गीकरण नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवाना समेत तिर्नुपर्ने हुन्छ । […]

२०७९ श्रावण १ गते, आईतवार

कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी

काठमाडाैँ । बीमा समितिले साउन महिनादेखि लागू हुनेगरी कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले […]

२०७९ असार ३२ गते, शनिबार

शिक्षक चन्द्र बस्नेत ३१ महिनापछि रिहा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमाथी प्रतिवन्ध लगाएको बेला गिरफ्तार भइ जेलमा रहेका निकुवाखोला गाउपालिका वडा नं. २ ताप्लेजुङ निवासी शिक्षक चन्द्रबहादुर वस्नेत शुक्रवार रिहा भएका छन। २०७६साल पुषमा आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरि हातहतियार तथा बिस्फोटक मुद्दामा जिल्ला अदालत ताप्लेजुङले ६ बर्ष कैद सुनाएपछि जेलमा रहेका बस्नेतलाई विहिबार उच्च अदालत इलामले रिहा गर्न आदेश दिएको […]

२०७९ असार ३२ गते, शनिबार

जसपावाट डा. बाबुराम भट्टराईसहित ९ जना पदमुक्त

काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाहीसँगै पदमुक्त गरेको छ । हिजो वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले पार्टी विभाजनमा लागेको आरोप लगाउँदै डा. भट्टराईसहित ९ जनालाई कारबाहीसहित पदमुक्त गर्ने निर्णय गरेको हो ।पदमुक्त हुनेहरुमा डा. भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, […]

२०७९ असार ३१ गते, शुक्रबार

मतदाता नामावली दर्ता अनलाइनबाटै गर्न सकिने !

काठमाडौं । निर्वाचन आयोगले आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । पाइलट अपरेसनका रुपमा बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिए । पौडेलका अनुसार पहिलो चरणमा उपत्यकाका तीन वटा जिल्लामा मात्र अनलाइन सुविधा रहेको […]

२०७९ असार २९ गते, बुधबार

जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन भदौ ११ र १२ गते काठमाडौमा हुने

काठमाडौं। जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ हुने निर्णय भएको छ। मंगलबार काठमाडौस्थिति पद्मकन्या क्याम्पसमा सम्पन्न संगठनको केन्द्रिय समितिको विस्तारित बैठकले उक्त निर्णय गरेको हो।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता !मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारीता !! भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा […]

२०७९ असार २९ गते, बुधबार

उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने गरी सरकारले ल्याएको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र सम्बन्ध ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक अनुसार उपत्यकाको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीमा रहनेछ । तर, नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम […]

२०७९ असार २७ गते, सोमबार

अनेमसंघ क्रान्तिकारीको तेस्रो पुर्ण वैठक शुरु

काठमाडौं । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक शुरु भएको छ। ‘महिलामाथी हुने सबैखाले शोषण र दमनका विरुद्ध निरन्तर संघर्स गरौ ! आत्मनिर्भर र उच्च वैचारिक चेतनासहित एकीकृत जनक्रान्तिमा दृढतापुर्वक अघि बढौ !!’ भन्ने राजनैतिक प्रस्तावमाथी छलफल गर्न , विगतका कामको समिक्षा गर्न र संगठनका आगामी कार्य योजना निर्माण गर्न शनिबार […]

२०७९ असार २५ गते, शनिबार

चिनियाँ कम्युनिस्ट पार्टी नेता लिउ नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल आउँदैछन् । आठ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल भ्रमणमा लागेका हुन् । उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन् ।लिउले आजै प्रधानमन्त्री शेरबहादुर […]

२०७९ असार २६ गते, आईतवार

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा शोक मनाइँदै

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै छ। आबेको निधनप्रति दुख व्यक्त गर्दै सरकारले शनिबारका लागि राष्ट्रिय शोक घोषणा गरेको हो। आबेको राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा आबेको शुक्रबार गोली हानी हत्या गरिएको थियो। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको […]

२०७९ असार २५ गते, शनिबार