राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज अपरान्ह तीन बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ। बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा आगामी बजेटमा विकास निर्माणको योजना कसरी राख्ने, र पार्टीलाई कसरी एकजुट बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।सर्वोच्च […]

२०७७ चैत्र १३ गते, शुक्रबार

गृह मन्त्रालयद्वारा क्वारेन्टिन र आइसोलेसनको विवरण अपडेट गर्न परिपत्र

काठमाडौ । सरकारले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरेको छ ।स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको […]

२०७७ चैत्र १२ गते, बिहीबार

‘वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म उत्पीडित जाती र समुदायको मुक्ति असम्भव’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म सम्पूर्ण उत्पीडित जाती र समुदायको मुक्ति सम्भव नहुने ठोकुवा गरेका छन । उनले उत्पीडित जातीय संघर्ष वर्गसंघर्षसँग लैजानुपर्ने भन्दै त्यसका लागि सम्पूर्ण उत्पीडित मगरहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने समेत बताएका छन । नेता बुढामगरले मगर मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण […]

२०७७ चैत्र ११ गते, बुधबार

लोक सेवा आयोग पदाधिकारीविहीन

काठमाडौं । लोक सेवा आयोगको अध्यक्षसहित पाँच जना पदाधिकारीेको कार्यकाल सकिएपछि आजबाट पदाधिकारीविहीन भएको छ ।यससंगै आयोगको संलग्नतामा गरिने कर्मचारी भर्ना, बढुवा लगायतका काम ठप्प भएको छ । आयोगका अध्यक्ष उमेश मैनाली, सदस्यहरू बिन्द्रा हाडा, अशोककुमार झा, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको पदावधि सकिएको हो । सदस्यहरू गोविन्दप्रसाद कुसुम र श्रीपुरुष ढकालको पदावधि यसअघि नै सकिएको थियो । यसअघि […]

२०७७ चैत्र ११ गते, बुधबार

‘जनपत्रकार संगठन नेपाल रुपन्देहीको नाममा हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक होइनन ‘

काठमाडौँ । जनपत्रकार संगठन नेपालले गत चैत ९ गते रुपन्देही जिल्लाको पत्रकार महासंघको निर्वाचनमा गठबन्धन गर्ने प्रयोजनका लागि जनपत्रकार संगठन नेपालको नाममा गरिएको हस्ताक्षर गर्ने व्यक्ति आधिकारिक प्रतिनिधि नरहेको सम्बन्धित सबैमा जानकारी गराएको छ । सो संगठनका संयोजक शेरबहादुर विश्वकर्माले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।संयोजक शेरबहादुर विश्वकर्माले विज्ञप्तिमा भनेका छन्, ‘यहि चैत […]

२०७७ चैत्र १० गते, मंगलवार

युवा संगठन नेपालको गण्डकी व्युरो स्तरिय प्रशिक्षण सम्पन्न

काठमाडौं । युवा संगठन नेपालको गण्डकी व्युरो स्तरिय प्रशिक्षण गोरखामा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको गोरखाको सिरानचोक गाउँपालिका अन्तरगत छोप्राकको थुम्किमा रहेको सहिद बैरागी स्मृति भवनमा बिहीबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक व्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले वर्तमान राजनैतिक अवस्था, प्रतिबन्ध फुकुवा पछिको पार्टीको आगामी कार्यक्रम, […]

२०७७ चैत्र १० गते, मंगलवार

काँग्रेस पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन। पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।बैठकमा ओलीको विकल्पमा कांग्रेस नेतृत्व सरकार गठनका विषयमा माओवादी केन्द्र […]

२०७७ चैत्र ९ गते, सोमबार

युवा संगठन नेपाल कालिकोट एरिया न २ को भेला सम्पन्न

काठमाडौं । युवा संगठन नेपाल कालिकोटले एरिया न २ मा एरिया स्तरिय भेला सम्पन्न गरेको छ । उक्त भेलाको अध्यक्षता बिपिनले गरेका थिए भने प्रमुख आतिथ्यता युवा संगठन नेपाल कालिकोटका जिल्ला अध्यक्ष .आत्मा क्षेत्रीले गरेका थिए। सो कार्यक्रमको विषेश अथितिमा नेकपा भे.क.ब्युरो सदस्य बिराट र नेकपा जिल्ला सेक्रेटरी साहसिलगायत अन्य नेता कर्याकर्ताको उपस्थिति रहेको थियो। […]

२०७७ चैत्र ८ गते, आईतवार

‘दलाल राज्यसत्तासंग कदापि झुक्दनौ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दलाल राज्यसत्तासंग नझुक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेकपामाथि लगाइएको प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेपछि सरकारले बाध्य भएर नेकपासंग वार्ता गरेको ठोकुवा गरेका छन । पुनले दलालहरूले क्रान्तिकारीहरूलाई जेल, नेल र यातनाले गलाउने सपना नदेख्न सरकारलाई चेतावनी समेत दिए । नेपाल कम्युनिस्ट पार्टी घोडाघोडी नगरकमिटि […]

२०७७ चैत्र ६ गते, शुक्रबार

‘पेरिस कम्युनको वीरतापूर्ण गौरव गाथाको सम्मान गरौ ‘

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पेरिस कम्युनको वीरतापूर्ण गौरव गाथाको सम्मान गर्न आग्रह गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । अध्यक्ष केसीले पेरिस कम्युनको घोषणा भएको आज १५० वर्ष पुरा भएको र यस १५० वर्षको अबधिमा संसारभर ठूला ठूला परिवर्तनहरु भइसकेको बताउदै विश्व […]

२०७७ चैत्र ५ गते, बिहीबार