राजनीति

नेपाल प्रहरी र भारतीय तस्करबीच दोहोरो भिडन्त

काठमाडौँ । नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच कैलालीको भजनी नगरपालिका–३ मोरियाघाटस्थित मोहना नदी किनारमा दोहोरो भिडन्त भएको छ । भिडन्तमा नेपाल प्रहरीतर्फ कुनै क्षति भएको छैन भने, एक जना तस्कर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता हिक्मत थापाले जानकारी दिनुभएको छ । प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका […]

२०७७ चैत्र २४ गते, मंगलवार

सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्छौ ‘

‘काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य बिषमले सरकारसित गरेको ३ बुँदे सहमतिमा संसदीय व्यवस्थालाई अस्वीकार गरेको भन्दै जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिका महान् सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई एकीकृत जनक्रान्तिमार्फत पूरा गर्ने बताएका छन् । जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालको संयुक्त आयोजनामा बुटवलमा गरिएको अन्तरक्रियामा बोल्दै […]

२०७७ चैत्र २३ गते, सोमबार

प्रधानमन्त्री ओलीद्वारा १६५ वटा सडक सञ्जालको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गरेका छन् । बालुवाटारमा आयोजित विशष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर सरकारले सडक सञ्जालको शुभारम्भ गरेको हो ।प्रत्येक निर्वाचन क्षेत्रमा एउटा […]

२०७७ चैत्र २१ गते, शनिबार

किसान महासंघको राष्ट्रिय भेला चैत्र २४ देखि

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को राष्ट्रिय भेला हुने भएको छ । नेकपानिकट सो महासंघले ऐतिहासिक जनआन्दोलन दिवसको अवसर पारेर चैत्र २४ गते सिन्धुलीको माडिमा राष्ट्रिय भेला गर्न लागेको हो । दलाल भूमाफियाको जग्गा राष्ट्रियकरण गरौँ ! वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ !! भन्ने नारासहित हुन लागेको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, […]

२०७७ चैत्र २१ गते, शनिबार

प्रधानमन्त्री ओलीद्वारा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन। प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा समेत गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उनले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन् […]

२०७७ चैत्र २१ गते, शनिबार

‘क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले अहिले आपूmहरुले नेतृत्व गरेको क्रान्तिमा धोका भए फाँसी चढ्न तयार भएको उद्घोष गरेका छन् । जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल, केन्द्रीय समितिद्वारा दाङको घोराहीमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा उनले बताएका हुन् । अन्तरक्रिया कार्यक्रमका […]

२०७७ चैत्र २१ गते, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यलय सानेपामा बस्ने बताइएको छ । बैठकमा क्रियाशील छानविन समिति र अन्तरपार्टी समायोजन समितिले प्रतिवेदन पेश गर्नेछन् । छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी महाधिवेशन कार्यतालिका हेरफेर गर्ने महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिए । संसद पुनःस्थापनापछि पार्टी महाधिवेशन र राष्ट्रिय राजनीतिबारे काँग्रेस केन्द्रीय समितिमा […]

२०७७ चैत्र २० गते, शुक्रबार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको भेला सम्पन्न

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लमजुङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो महासंघको लमजुङको दोर्दी गाउँपालिकाको कान्छागाउँमा सम्पन्न भेलाले केशव दवाडीको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गण्डक ब्युरो संयोजक सागर अर्यालले सरकारबाट पाउने सेवा सुबिधा […]

२०७७ चैत्र २० गते, शुक्रबार

अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार ताप्लेजुङकाे फुङ्लिङ नगरपालिकामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सदस्य तथा मेचिकाेसी ब्युरो इन्चार्ज प्रकाश रहेका थिए भने कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला इन्चार्ज अशलले गरेका थिए।ताप्लेजुङ्को सदरमुकाम फुङ्लिङ नगरपालिकाको रेडक्रस भवनमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै […]

२०७७ चैत्र १९ गते, बिहीबार

बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

काठमाडौं । बंगालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज अपराह्न ३ बजे भर्चुअल रुपमा श्रीलंकाले आयोजना गर्ने भएको छ । सो बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन । उनिसँगै विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चअधिकारी सहभागी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भर्चुअल रूपमा बसेको तयारी बैठकमा नेपाली […]

२०७७ चैत्र १९ गते, बिहीबार