बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार
काठमाडौं, ४ जेठ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो । बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो […]
२०७५ जेष्ठ ४ गते, शुक्रबार