राजनीति

बाँदरले बम टिपेर हिँडेपछि….

काठमाडौं, २० मंसिर । धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । बाँदरले लगेको बम खोजी गर्दै जादाँ […]

२०७४ मंसिर २० गते, बुधबार

सहायक मतदान अधिकृतको मृत्यु

काठमाडौं, १९ मंसिर । कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ । बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए । मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल […]

२०७४ मंसिर १९ गते, मंगलवार

माकेका नेता भट्टको घरमा बम विस्फोट

काठमाडौं, १९ मंसिर । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ । कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडी बम विस्फोटको ठूलो अावाज अाएको स्थानीयले बताएका छन् । मंगलबार विहान ५ बजेतिर अज्ञात समूहले गराएको बम विस्फोटमा कुनै क्षति नभएको […]

२०७४ मंसिर १९ गते, मंगलवार

भिसा नीति परिवर्तन गर्न नेपाललाई अमेरिकाको प्रस्ताव

काठमाडौ, १९ मंसिर । नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ। दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न औपचारिक प्रस्ताव गरेको हो। दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा […]

२०७४ मंसिर १९ गते, मंगलवार

सर्लाहीमा बम विष्फोट

काठमाडौँ, १८ मंसिर । सर्लाही कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा बम विष्फोट भएको छ । आज बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास सानो प्रेसर कुकर र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको […]

२०७४ मंसिर १८ गते, सोमबार

अखिल क्रान्तिकारीका संयोजक गिरफ्तार

काठमाडौं , १७ मंसिर । अखिल क्रान्तिकारीका लुम्बिनी संयोजक प्रेमचन्द्र भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य समेत रहेको भुसाललाई अाज दिउँसो बुटवलको तिलोत्तमाबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीको महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिए । महासचिव चलाउनेले विना कारण भुसाललाई गिरफ्तार गरेको बताउँदै तत्काल रिहा गर्न माग समेत […]

२०७४ मंसिर १७ गते, आईतवार

राज्यमन्त्री लामालाई पद मुक्त गर्न सिफारिस

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले पार्टी महामन्त्रीसमेत रहेका उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पार्टीबाट निष्कासन गर्दै राज्यमन्त्री पदबाट समेत मुक्त गर्न सरकारलाई सिफारिस गरेका छन् । उद्योग राज्यमन्त्री लामाले पार्टी हित र लोकतान्त्रिक गठबन्धन विपरित काम गरेकोको भन्दै अध्यक्ष राणाले लामालाई कारबाही गरेका हुन् । राणाले नेपालको संविधान […]

२०७४ मंसिर १६ गते, शनिबार

पत्रिकाको कार्यालयमा प्रहरी छापा !

काठमाडौं, १६ मंसिर । ‘माडी खबर’ साप्ताहिकको कार्यालयमा कार्यालयमा प्रहरीले छापामा मारेको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका भिङग्रीबाट नियमित प्रकाशित भइरहेको ‘माडी खबर’ साप्ताहिकको कार्यालयमा प्रहरीले पटक–पटक छापामा मारेर पत्रकारलाई आतंकित बनाउने कार्य गरेको प्रधानसम्पादक तथा संचालक गोविन्द विश्वकर्माले बताएका छन् । “प्रहरीले छापामार शैलीमा पत्रिकाको कार्यालयमा छापा मार्ने र अनुसन्धानको नाममा पत्रकारलाई दुःख दिने […]

२०७४ मंसिर १६ गते, शनिबार

कैलालीमा सिलिन्डर बम विस्फोट

काठमाडौं, १६ मंसिर । कैलालीको टिकापुर–१ समितिपुरमा सिलिन्डर बम विस्फोट गराएको छ । ठूलो आवाजमा विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिकापुर प्रहरीले विस्फोटमा संलग्नको खोजी हुनका साथै अनुसन्धान भइरहेको जनाएको छ ।

२०७४ मंसिर १६ गते, शनिबार

नेताकार्यकर्ता गिरफ्तार र पार्टीविरुद्ध सुराकी नगर्न चेतावनी

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीले सरकारले सुराक परिचालन गरेर बिनाकारण आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ । नेकपा कैलाली सेक्रेटरी सत्यले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले प्रहरी लगाएर पार्टीका नेता कार्यकर्तालाई दमन र सुराक लगाई गरेको गिरफ्तारको भत्सर्ना गर्दै गिरफ्तार सम्पूर्णको बिना सर्त तुरुन्त रिहा […]

२०७४ मंसिर १५ गते, शुक्रबार