राजनीति

सरकारी कर्मचारी र पत्रकारसहित ११ जना गिरफ्तार

काठमाडौं, १५ मंसिर । नेपाल कम्यूनिष्ट पार्टीले भोलि मंसिर १६ गते प्यूठान वन्दको आह्वान गरेको छ । यसै क्रममा प्रहरीले निर्वाचन विरोधि गतिविधिमा संलग्न रहेको आरोपमा प्यूठान जिल्लाका विभिन्न स्थानवाट ११ जनालाई पक्राउ गरेको छ। निर्वाचन विरोधि गतिविधिमा संलग्न रहेको भन्ने सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि अहिले छानविन चलिरहेको छ। […]

२०७४ मंसिर १५ गते, शुक्रबार

भोलि प्युठान बन्द

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिस्ट पार्टी प्युठानले भोलि प्युठान बन्द गर्ने बताएको छ । प्युठान जिल्ला इन्चार्ज विष्फोटले गिरफ्तार गरिएका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तकको रिहाई र गिरफ्तारी बन्द गर्न माग गर्दै मंसिर १६ गते जिल्ला बन्दको आह्वान गरेकाे बताएका छन । इन्चार्ज विष्फोटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेका हुन् । उनले […]

२०७४ मंसिर १५ गते, शुक्रबार

सुनसरीमा सेनाको गस्ती

काठमाडौ, १४ मंसिर । सुनसरीमा नेपाली सेनाले गस्ती थालेको छ । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आपराधिक समूहले बम विस्फोट गराउने सम्भावित स्थानहरुमा अब नेपाली सेनाले उच्च निगरानी गर्नेछ । बिहीबारदेखि सुनसरीका चारओटै निर्वाचन क्षेत्रका १६६ मतदानस्थल र ५२७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी नेपाली सेनाले गस्ती […]

२०७४ मंसिर १४ गते, बिहीबार

पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ

काठमाडौ, १४ मंसिर । स्थानीय तहको निर्वाचनमा पर्साको सुखवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलमा पाँच सय भोट आफूसँग रहेको भन्दै स्थानीय एक अगुवाले गाउँपालिका प्रमुखमा चुनाव लडेक एक उम्मेदवारसँग ३६ लाख रुपैयाँ लिए। ‘पैसा लिएका अगुवाले आफूसंग रहेको भोट सबै तिनै उम्मेदवारलाई हाल्न पनि लगाए, नाम गोप्य राख्ने शर्तमा पैसा दिने उम्मेदवार निकटका एक युवकले […]

२०७४ मंसिर १४ गते, बिहीबार

एम्बुस विस्फोटका घाइते शिक्षण अस्पतालमा

काठमाडौँ, १३ मंसिर । एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका […]

२०७४ मंसिर १३ गते, बुधबार

बम विस्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

काठमाडौं, १३ मंसिर । हिजो दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । बम विस्फोटनमा गम्भीर घाइते चार जनाको नेपालगन्जमा र अन्य तीन जनाको […]

२०७४ मंसिर १३ गते, बुधबार

उपत्यकाका विभिन्न स्थानबाट ९७ जना पक्राउ

काठमाडौं, १२ मंसिर । काठमाडौं उपत्याकाका विभिन्न स्थानबाट प्रहरीले ९७ जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सोमबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । काठमाणडाै , ललितपुर र भतक्तपुरबाट गरी ९७ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रामेश्वर चापागाईले जनाए । आइतबार मात्रै उपत्यकाबाट ८५ जनालाई नियन्त्रणमा लिइएको थियो । उनका अनुसार काठमाडौंबाट ७५ […]

२०७४ मंसिर १२ गते, मंगलवार

उपत्यकाबाट थप ८५ जना पक्राउ

काठमाडौं, ११ मंसिर । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विगत २४ घण्टाको अवधिमा ८५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव निरीक्षक शिव श्रेष्ठका अनुसार शान्ति सुरक्षामा असर पु-याउन सक्ने, हो–हल्ला गर्ने, मादक पदार्थ सेवन गर्ने, झैझगडामा संलग्न तथा शंकास्पद गतिविधिमा देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको हो । काठमाडौं जिल्लाबाट ६९ पुरुष […]

२०७४ मंसिर ११ गते, सोमबार

मतपेटिकामा अागलागी

काठमाडौं, १० मंसिर । पश्चिम रुकुमको बाँफिकोटको एउटा मतदान केन्द्रमा मतपेटिमा अागलागी भएको छ । बाँफिकोट गाउँपालिका- ५, रत्न आधारभुत विद्यालय ‘क’ केन्द्रको प्रतिनिधि सभा सदस्यको मत पेटिकामा आगो लागेको हो । मतपेटिकामा एसिड हालेको आशंका गरिएको छ । मतदान अधिकृत नन्दलाल महतोका अनुसार उक्त पेटिकामा २५० मत खसेको थियो । अहिले मतदान कार्य स्थगित […]

२०७४ मंसिर १० गते, आईतवार

मतदान सुरु हुनै लाग्दा बम विस्फोट

काठमाडौं, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् । यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट […]

२०७४ मंसिर १० गते, आईतवार