राजनीति

चिनियाँ रक्षामन्त्री नेपालमा

काठमाडौँ, १० चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका […]

२०७३ चैत्र १० गते, बिहीबार

प्रधानमन्त्री प्रचण्ड चीन जादै

काठमाडौं, चैत १० । एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको […]

२०७३ चैत्र १० गते, बिहीबार

प्रस्तावित राजदूतको सुनुवाइ जारी

काठमाडौ, ९ चैत । संसदको सुनुवाइ विशेष समितिले विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतको आज पनि सुनुवाइ गर्दैछ । आज बस्ने बैठकमा समितिले श्रीलंका, बहराईन, बंगलादेश, म्यानमार र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ गर्ने छ । सरकारले श्रीलंकामा विश्वम्भर प्याकुरेल, बहराईनमा पदम सुन्दास, बंगलादेशमा चोपलाल भुषाल, म्यानमारमा भीमकृष्ण उदास र साउदी अरेबियामा महेन्द्रप्रसाद सिंह […]

२०७३ चैत्र ९ गते, बुधबार

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चीनमा नहुने हुँदा सन्धि–सम्झौता पनि नहुने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘प्रोटोकल’ नमिल्ने हुँदा कुनै पनि सन्धि–सम्झौता हुनेछैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा […]

२०७३ चैत्र ८ गते, मंगलवार

भारतद्वारा दसगजा मिचेर सडक निर्माण

काठमाडौं, ६ चैत । मोरङको मझारे ९ तारेगामास्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम […]

२०७३ चैत्र ६ गते, आईतवार

गच्छदार कांग्रेसमा भित्रदै

काठमाडौ, ५ चैत । सत्तारूढ कांग्रेसका झापादेखि कञ्चनपुरसम्मका सांसदहरूले मधेसी जनधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा भित्र्याउन छलफल अघि बढाएका छन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा सांसदहरूले मधेसका लोकप्रिय नेता गच्छदारलाई फेरि कांग्रेसमा ल्याउन सके तराई मधेस र थारू बहुल क्षेत्रमा कांग्रेसको जनाधार ह्वात्तै बढ्ने भन्दै छलफल अघि बढाएका हुन् […]

२०७३ चैत्र ५ गते, शनिबार

प्रहरी महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ सर्यो

काठमाडौं, ३ चैत । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्यताका कारण पूर्ण इजलासमा ६ गते पुनः सुनुवाइ हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले […]

२०७३ चैत्र ३ गते, बिहीबार

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउदै

काठमाडौ, ३ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसदलाई बुझाउने भएको छ । मोर्चामा आवद्ध दलहरुले छुट्टाछुट्टै सभामुख ओनसरी घर्तीलाई समर्थन फिर्ता लिएको पत्र बुझाउने ती दलका नेताहरुले जनाएका छन् । सरकारले बहुमत जुटाई संविधान संशोधन प्रस्ताब पारित गर्ने कसरत जारी राखेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो […]

२०७३ चैत्र ३ गते, बिहीबार

मेलम्चीको प्रगतिबारे रातारात अनुगमन

काठमाडौँ, २ चैत । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गरेका छन । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा गएका हुन् । राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट […]

२०७३ चैत्र २ गते, बुधबार

मोर्चाद्वारा सप्तरीका मृतक परिवारलाई क्रिया खर्च

काठमाडौं, २ चैत । एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च प्रदान गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही रु ५१ हजारका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेका छन् । मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा […]

२०७३ चैत्र २ गते, बुधबार