राजनीति

प्रचण्डसँग पुनः सहयात्राको सम्भावना छैन : वैद्य

काठमाडौ, ५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याएका छन । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे । मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहनु […]

२०७३ भाद्र ५ गते, आईतवार

कांग्रेस जिल्ला सभापतिहरुको भेला गर्दै

काठमाडौ, ५ भदौ । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । आज र भोलिका लागि बोलाइएको सो भेलामा नेपाली कांग्रेसले स्थानीय तहको पुनःसंरचनाका विषयमा छलफल गर्नेछ । सभापतिहरुको भेलाले दिएको निस्कर्ष अनुसार पार्टीले पुनर्संरचनाका विषयमा आधिकारिक धारणा बनाउने छ । राजनीतिक दल र नेताहरूको स्थानीय निकायको पुनस्संरचना सम्बन्धी फरकफरक धारणा बाहिर आइरहेका बेला संसदको […]

२०७३ भाद्र ५ गते, आईतवार

पूर्वप्रधानमन्त्री भट्टराईका चालक ट्राफिक कारबाहीमा

काठमाडौं, भदौ ५ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन् । भट्टराईको सुरक्षामा खटिएका बा१झ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको हो । जावलाखेल चोकमा जेब क्रसिङमा सवाी तेस्र्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो […]

२०७३ भाद्र ५ गते, आईतवार

निधि – मोदी भेट

काठमाडौं, ४ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको स्पस्ट गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेभेन रेसकोर्सस्थित उनको निवासमा शनिबार भएको भेटमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन् । मुलुकको सामाजिक […]

२०७३ भाद्र ४ गते, शनिबार

सयौ विदेशीलाई देश निकाला

काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको जनाएको छ । उनीहरुलाई गृह मन्त्रालयले विभिन्न अपराधमा संलग्नलाई निष्कासन गरेको हो । आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन्। बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन्। अध्यागमन […]

२०७३ भाद्र ४ गते, शनिबार

डा .केसीले बालुवाटारमा धर्ना दिने

काठमाडौ, ४ भदौ । डा. गोविन्द केसी र उनका समर्थकले आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै धर्ना दिन लागेका हुन् । डा .केसीको समर्थकहरुको संजाल सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले दबाबस्वरुप आज बिहान ११ बजे धर्ना दिन लागेको हो । धर्नामा डा […]

२०७३ भाद्र ४ गते, शनिबार

कांग्रेसले मङ्गलबारसम्म थप मन्त्रीको नामावली पठाउने

काठमाडौ, ४ भदौ । नेपाली काँग्रेसले थप मन्त्रीको नामावली मङ्गलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउने तयारी गरेको छ । नेपाल विद्यार्थी सङ्घको महाधिवेशन लम्बिँदा काँग्रेसबाट सरकारमा पठाउने नाम छनोटमा ढिलाइ भएको थियो । महाधिवेशन सम्पन्न भएकाले सम्भावित मन्त्रीहरूको नामावली पार्टी सभापति शेरबहादुर देउवाले तयार गरेको जानकारी उनीनिकट एक केन्द्रीय सदस्यले दिए। व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो […]

२०७३ भाद्र ४ गते, शनिबार

माओवादी केन्द्रको महाधिवेशन स्थगित

काठमाडौं, ३ भदौ । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । बैठकले पौष २८ गतेदेखि गर्ने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन ‘अध्यक्ष कमरेडको नेतृत्वमा […]

२०७३ भाद्र ३ गते, शुक्रबार

आयोगको सीमाङ्कन स्वीकार्य छैन : ठाकुर

काठमाडौ, ३ भदौ । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय निकायको पुनःसंरचना आयोगको कामलाई आफुहरुले स्वीकार नगर्ने स्पष्ट पारेका छन । लोकतान्त्रीक बुद्धिजिवि संघले शुक्रबार काठमाडौमा गरेको राज्य पुनसंरचना तथा स्थानिय निकाय विषयक विचार गोष्ठीमा अध्यक्ष ठाकुरले सीमाङ्कनको विषय टुङ्गो नलागेसम्म आयोगको कामको कुनै औचित्य नै नहुने बताए । सीमाङ्कनको विषय नमिलाई नै […]

२०७३ भाद्र ३ गते, शुक्रबार

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौ, ३ भदौ । सत्तासिन नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा बस्ने बैठकमा पार्टीको महाधिवेसन, सरकार र पार्टीको जिम्मेवारी विभाजनका विषयमा छलफल हुनेछ । त्यस्तै थप राज्यमन्त्री बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रले पार्टी हेडक्वार्टरको बैठक दिउँसो २ बजे बोलाएको छ […]

२०७३ भाद्र ३ गते, शुक्रबार