राजनीति

दर्जनभन्दा बढी सिडिओको सरुवा

काठमाडौं, १९ जेठ । गृह मन्त्रालयले १५ जना सिडिओसहित ५१ तथा उपसचिवहरूको काजसरुवा गरेको छ । मन्त्रालयले मंगबार जिल्ला प्रशासन कार्यालय, कारागार तथा अध्यागमन कार्यालयमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । सिडिओका रूपमा सरुवा हुनेमा उदयबहादुर सिंह डडेल्धुरा, गञ्जबहादुर एमजी मनाङ, कृष्णबहादुर खड्का कालिकोट, मुनुका न्यौपाने तेह्रथुम, जनकराज पन्त प्युठान, किशोरकुमार चौधरी बैतडी छन् […]

२०७३ जेष्ठ १९ गते, बुधबार

ट्रेड युनियनको चुनाव हुदै

काठमाडौ, १९ जेठ । नेपालमा पहिलो पटक आज निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ। सरकारले दलपिच्छेका ट्रेड युनियन र तिनले निम्त्याउने विसंगति नियन्त्रण गर्न ट्रेड युनियनको निर्वाचन गर्न लागेको हो । समानुपातिक पद्धतिका आधारमा हुने निर्वाचनमा अधिकृत र त्यो भन्दा तल्लो तहका करिव ५५ हजार कर्मचारीले मतदान गर्दैछन् । तर कार्यालय प्रमुख भएका अधिकृतले […]

२०७३ जेष्ठ १९ गते, बुधबार

विपक्षीको सामना गर्ने सहमति

काठमाडौँ, १७ जेठ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ । एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा […]

२०७३ जेष्ठ १७ गते, सोमबार

संघीय गठबन्धन तेस्रो चरणको आन्दोलनको तयारी गर्दै

काठमाडौ, १७ जेठ । सरकारविरुद्ध आन्दोलन गरिरहेको संघीय समाजवादी गठबन्धले आज पोखरामा सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गर्ने भएको छ । आज दोस्रो चरणको आन्दोलन समापन गर्ने र अर्को चरणको आन्दोलनको कार्यक्रमका विषयमा तयारी गर्ने गठबन्धनले जनाएको छ । सिंहदरबार घेराउबाट सुरु भएको आन्दोलन, काठमाडौका विभिन्न ठाउँमा धर्ना सभापछि पोखरामा सभा गरेर सक्न लागिएको […]

२०७३ जेष्ठ १७ गते, सोमबार

नेवि सङ्घको महाधिवेशन असार अन्तिम साता

काठमाडौँ, १५ जेठ । लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन असार अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ । जेठ २५ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा असार अन्तिम साता काठमाडौँ, पोखरा, नेपालगञ्ज वा चितवनमध्ये एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष रञ्जित कर्णले राख्ने तयारी गर्नुभएको नेवि सङ्घले जनाएको […]

२०७३ जेष्ठ १५ गते, शनिबार

माओवादी केन्द्र नवसंशोधनवादीहरुको गुट : गजुरेल

काठमाडौँ, १५ जेठ । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्र सत्तामा भविष्य देख्ने र नवसंशोधनवादीहरुको गुट भएको ठोकुवा गरेका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गजुरेलले आफ्नो पार्टीबाट अलग भएका रामबहादुर थापा बादल नवसंशोधनवादी भएको बताएका छन । उनले क्रान्तिकारी कित्ता छाड्दै जनयुद्धलाई विश्वासघात गरेर नवसंशोधनवादीहरु सरकारी कित्तामा गएको बताए […]

२०७३ जेष्ठ १५ गते, शनिबार

आज नवौं गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । वि.सं. २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । गणतन्त्र स्थापनाको दशक हुन लाग्दा पनि मुलुकमा […]

२०७३ जेष्ठ १५ गते, शनिबार

संसद नियमावलीमा सहमति जुटेन

काठमाडौं, १४ जेठ । सभामुख ओनसरी घर्तीले सिंहदरबारमा बोलाएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेतासहित सचेतकहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।सभामुख घर्तीले संसद् नियमावलीमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बोलाएकी थिइन् । बैठकमा ठोस सहमति जुट्न नसकेपछि बजेटपछि पुनः छलफल गरिने नेताहरुले बताएका छन् । बैठकमा नेपाली कांग्रेसले पुरानै संसद नियमावलीअनुसार […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

संघीय गठबन्धन आन्दोलनको समीक्षा गर्दै

काठमाडौ, १४ जेठ । संघीय गठबन्धन आन्दोलनको समिक्षा र नयाँ आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बैठकमा बस्दैछ । बैठकमा आन्दोलनको समीक्षा पनि हुनेछ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्ना सर्त पुरा नगरेसम्म वार्तामा नजाने विषयमा प्रष्ट भएपनि केही विषयमा धारणा बनाउनुपर्ने भएकाले बैठक बस्न लागेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

​​‘इच्छुक’को सम्झनामा अन्तरक्रिया कार्यक्रम

काठमाडौं, १३ जेठ । महान सांस्कृतिक–साहित्यिक अग्रज, पत्रकार एवंम सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’को हत्या भएको दिन आज १४ औं स्मृर्ति एवंम बलिदानी दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यसैक्रममा यता बुटवलमा पनि क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीको आयोजनामा ‘जनपक्षिय पत्रकारीतामा कृष्ण सेनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । […]

२०७३ जेष्ठ १३ गते, बिहीबार