राजनीति

पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी पत्र

काठमाडौँ, २१ साउन । नेकपा माओवादीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालयमा लगाएको ताला खोल्नुका साथै चेतावनी पत्र बुझाएको छ । अखिल क्रान्तिकारीले संगठनसँग गरेका सहमतिहरु विश्वविद्यालयले कार्यान्वयन नगरेको भन्दै सङ्गठनले विगत चार महिनादेखि तालाबन्दी गर्दै छ । विश्वविद्यालय पनि त्यही तालाबन्दीलाई देखाउँदै नियमित शैक्षिक कार्यक्रम समेत अगाडि नबढाई गैरजिम्मेवार भएको भन्दै चेतावनीपत्र बुझाएको हो […]

२०७२ श्रावण २१ गते, बिहीबार

आजदेखि अनिश्चितकालिन पूर्वाञ्चल बन्द

काठमाडौँ, २२ साउन । वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले संविधानमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने सहित तीन बुदे माग राख्दै आजदेखि अनिश्चितकालिन पूर्वाञ्चल बन्दको आह्वान गरेको छ । संघर्ष समीतीले आह्वान गरेको बन्दको आज पहिलो दिन यातायात, कलकारखना, उद्योग धन्दा, व्यापार व्यवसाय, पसल, विद्यालय, कलेज बन्द हुदा पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ […]

२०७२ श्रावण २२ गते, शुक्रबार

६ प्रदेश बनाउने तयारी

काठमाडौँ, २१ साउन । चार दलका नेताहरु अन्ततः ६ प्रदेश बनाउन सहमत भएका छन् । तर सीमांकनसहितका केही विवाद भने टुंगो लाग्न बाँकी छ । केही विवाद हल हुन बाँकी रहेको र सीमांकनका केही विवाद बिहीबार दिनभरमा टुंगो लगाउने दलहरुको तयारी छ । नवलपरासी, सप्तरी र कैलालीलाई कसरी मिलाउने भन्ने विवाद बाँकी भएपनि ६ प्रदेशको […]

२०७२ श्रावण २१ गते, बिहीबार

मुख्‍य सचिवमा सोमलाल सुवेदी नियुक्त

काठमाण्डौ,२० साउन । आज बिहान बसेको मन्त्रीपरिषदको बैठकले सरकारको मुख्‍य सचिवमा सोमलाल सुवेदीलाई नियुक्त गरेको छ। सुवेदी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव हुन्। उनलाई स्थानीय विकास विज्ञ पनि मानिन्छन्। यसैबीच , मुख्यसचिव लीलामणि पौडेलको तीनवर्षे कार्यकाल शुक्रबार सकिँदैछ। अन्‍य ६ वटा मन्त्रालय तथा निकायमा सचिव पद रिक्त भएपनि आजको मन्त्रिपरिषदको बैठकमा ति पदको […]

२०७२ श्रावण २० गते, बुधबार

मेची युवा जागरण समापन हुँदै

काठमाडौं, २० साउन । नेकपा माओवादीले राष्टियता र लिपुलेक सम्झौताको विरोधमा गत असार १२ गतेबाट शुरु गरेको मेची जागरण अभियान आज ताप्लेजुङको फुङलिङ बजारमा समापन हुँदैछ । अहिले ताप्लेजुङको फुङलिङ बजारको परिक्रमा मेची अञ्चलबाट जम्माभएका यूवाहरुले गरिरहेका छन् ।कार्यक्रमको नेतृत्व मेची उपव्यूरो सदस्य सुमन र यूवा जनस्वयंसेवक दलका मेची उपव्यूरो संयोजक तारा थापाले गर्दै हुनुहुन्छ […]

२०७२ श्रावण २० गते, बुधबार

पूर्व सांसद प्रधानको निधन

काठमाडौ, २० साउन । नेपाली कांग्रेसका नेता तथा पुर्वसंसद सुर्यप्रसाद प्रधानको निधन भएको छ । आज बिहान बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उनको निधन भएको हो । पार्टी र समाजिक क्षेत्रका हरेक क्रियाकलापमा सक्रिय रहने प्रधानको जन्म १९९७ असोज १३ गते पर्वतको पांङमा भएको थियो । उनि २०५६ सालमा रुपन्देही क्षेत्र नं. ३ बाट सासदमा निर्वाचित […]

२०७२ श्रावण २० गते, बुधबार

बेपत्ताहरुको तत्काल छानबिन गर्न माग

काठमाण्डौ, १९ साउन । जनयुद्ध कालमा मारिएकालाई सहिद घोषणा र बेपत्ताहरुको तत्काल छानबिन गर्न आफन्तहरुले माग गरेका छन् । काठमाण्डौमा आज आयोजित “जनयुद्ध, शान्तिप्रकृया, प्रभावित आवाजहरु र आयामहरु” विषयक अन्तक्रियामा सहभागी पिडित परिवारका सदस्यले यस्तो बताएका हुन् । जनयुद्धपछि शान्ति प्रकया भएको लामो समय भईसक्दापनि मृतक र बेपत्ताहरुबारे सरकार र सम्बन्धित निकाय मौन रहेको उनीहरुले […]

२०७२ श्रावण १९ गते, मंगलवार

राष्ट्रपतिले पदिय मर्यादा विपरितको कुरा गरे : ओली

काठमाडौं, १९ साउन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रदेशको सीमांकन बिना संविधान ल्याउन खोजेको आरोपको खण्डन गरेका छन् । अध्यक्ष ओलीले संसदीय दलको मंगलवारको बैठकमा सो आरोपको खण्डन गरेका बताएका हुन् । संसदीय दलका नेता समेत रहेका ओलीले एमाले सिमांकन सहित संविधान ल्याउने पक्षमा रहेको बताए । तर, सिमांकनका नाममा संविधान पर धकेलेर […]

२०७२ श्रावण १९ गते, मंगलवार

वैद्य माओवादी कार्यगत एकताको घोषणा गर्दै

काठमाडौ, १९ साउन । संविधानको प्रारम्भिक मस्यौदाको विरोधमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित अन्य साना दलसँग आज कार्यगत एकताको घोषणा गर्ने भएको छ । आज माओवादीको बुद्धनगरस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संयुक्त कार्यक्रम र भावी आन्दोलनको घोषणा गर्ने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए । बैठक दिउँसो ४ बजेपछि सुरु […]

२०७२ श्रावण १९ गते, मंगलवार

संविधान निर्माणमा फेरि भाडभैलो

काठमाडौं, १८ साउन । प्रदेशको सिमालगायतका विषयमा विवाद भएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।संवाद समितिको पछिल्लो पटक बसेको बैठकमा जनताले दिएको सुझाव संविधानमा समावेश गर्ने विषयमा विवाद भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।तर सिमांकनसहितको संघीय संविधान जारी गर्ने विषयमा भने दलहरुबीच सैद्धान्तिक सहमति भएको छ […]

२०७२ श्रावण १८ गते, सोमबार