राजनीति

नाका बन्द गर्न खोज्ने मोर्चा कार्यकर्ता लखेटिए

काठमाडौं, २३ माघ । १ सय ३५ दिनपछि खुलेको वीरगन्ज–रक्सौल नाका शनिबार पुनः बन्द गर्न मितेरी पुलमा गएका मधेसी मोर्चाका नेता तथा कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् । मितेरी पुलमा नारा लगाउन खोज्दा भारतीय ढुवानीकर्ता र स्थानीयले विरोध जनाएपछि केहीबेर झडप भएको थियो । १० मिनेटको झडपपछि मधेसी मोर्चाका कार्यकर्ता फर्किएका थिए । सीमानाका बन्द गराउन […]

२०७२ माघ २३ गते, शनिबार

रक्सौल नाका खुल्यो

काठमाडौं, २२ माघ । बन्द भएको एक सय ३५ दिन पछि रक्सौल नाका खुलेको छ । आज दिउँसोदेखि वीरगञ्जको मितेरी पुल भएर साना सवारी साधन चल्न थालेका हुन् । गएको असोज ७ गतेदेखि रक्सौल नाका ठप्प थियो । यो नाकामा असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि त्यसको बिरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका […]

२०७२ माघ २२ गते, शुक्रबार

कांग्रेस महाधिवेशन प्रतिनिधि चुन्दै

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि आज महाधिवेशन प्रतिनिधि चयन गरिँदैछ । महाधिवेशनपछिको अर्को शक्तिशाली निकाय मानिएको महासमितिका लागि पनि आजै सदस्य चयन हुँदैछन् । हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत पनि प्रष्टयाउने भएकाले निर्वाचनलाई महत्वका […]

२०७२ माघ २२ गते, शुक्रबार

क्षेत्राधिकार बढाउनु पर्‍यो : अख्तियार

काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अख्तियारको क्षेत्राधिकार बढाउन माग गरेका छन । आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने क्रममा सो अनुरोध गरेको हो । अख्तियारले अहिले ४०प्रतिसत भन्दा कम क्षेत्रमा मात्रै भ्रष्टाचार हेर्ने अधिकार पाएको भन्दै उनले संविधान संशोधनमार्फत् आयोगलाइ अधिकार सम्पन्न बनाउनु पर्ने बताए […]

२०७२ माघ २१ गते, बिहीबार

वीरगन्ज–रक्सौल नाका तत्काल खुल्छ : महतो

काठमाडौं, २१ माघ । मधेस आन्दोलनका लागि सहयोग जुटाउन भन्दै भारतको बिहार पुगेर फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज–रक्सौल नाका खुला गर्नुपर्ने बताएका छन् । अध्यक्ष महतोले नाका बन्द हुँदा मधेसको आर्थिक अवस्था धारासाही बन्दै गएकाले वीरगन्ज–रक्सोल नाका पनि छिट्टै खुला गर्नुपर्ने बताएका हुन् । उनले नाकाबन्दीका कारण आर्थिक राजधानीको रुपमा चिनिएको वीरगन्ज शहर […]

२०७२ माघ २१ गते, बिहीबार

पूर्वसभाध्यक्ष नेम्वाङलाई ६० लाखको गाडी

काठमाडौ, २१ माघ । सरकारले संविधानसभाका पूर्वअध्यक्षको हैसियतमा सुवासचन्द्र नेम्वाङलाई आजीवन सुविधाका लागि ६० लाख रुपैयाँसम्म मूल्य पर्ने गाडी उपलव्ध गराउने भएको छ। एक महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार व्यवस्थापिका संसद् सचिवलयले सभाध्यक्ष नेम्वाङलाई उपलव्ध गराइने गाडी खरिदका लागि बोलपत्रसभेत आह्वान गरेको छ। गत २१ पुस देखि बिहीबार सम्म एक महिनाको समय राखेर संसद् सचिवालयले […]

२०७२ माघ २१ गते, बिहीबार

छात्रवृत्तिको नाममा अखिलको ठगी धन्दा

काठमाडौ, १९ माघ । पोखरा विश्वविद्यालय छात्रबृत्ति शाखाले लिएको छात्रबृत्ति छनौट परिक्षा सम्बन्धमा परिक्षाफल प्रकाशनमा नाम निकाली दिन्छु भन्दै एमाले अखिलले बिधार्थीबाट पैसा असुलेको खुल्न आएको छ । विप्लब माओवादी निकट विद्यार्थी सगठन अनेरास्ववियु (क्रान्तिकारी)ले पत्रकार सम्मेलन गरेर अखिलले मेरो संगठनले छात्रबृत्तिमा नाम निकाली दिन्छु, मिलाई दिन्छु भनी सोझा सिधा परीक्षार्थीहरु तथा उनीहरुको अभिभावकहरुलाई ठगेको […]

२०७२ माघ २० गते, बुधबार

आन्दोलनको स्वरुप परिवर्तन गर्न माग

काठमाडौ, २० माघ । जनकपुर उद्योग वाणिज्य सङ्घले आन्दोलनको स्वरुप परिवर्तन गर्न आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । बन्दका कारण उद्योग, व्यवसाय, शिक्षा र यातायात क्षेत्र अत्यधिक आर्थिक मारमा पर्न गएको अवस्थालाई दृष्टिगत गरी आन्दोलनको स्वरुप परिवर्तन अपरिहार्य भएकोतर्फ समेत सङ्घले ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष शिवशङ्कर साहले विज्ञप्ति जारी गर्दै बन्दका कारण पुँजी […]

२०७२ माघ २० गते, बुधबार

आज माघ १९, प्रजातान्त्रिक आन्दोलनको कालो दिन

काठमाडौ, १९ माघ । आज माघ १९ गते , २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई कालो दिनको रुपमा लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको विरुद्धमा झन धेरै […]

२०७२ माघ १९ गते, मंगलवार

प्रधानसेनापति भारत जाँदै

काठमाडौ, १८ माघ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा आज भारत जाँदै छन । प्रधानसेनापति क्षेत्रीलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क सनिर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना […]

२०७२ माघ १८ गते, सोमबार