राजनीति

प्रधानमन्त्री र चिनिया राजदूतबीच छलफल हुदै

काठमाडौ, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदुत वु चुन्ताईबीच आज भेटवार्ता हुने भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार हुने भेटमा नेपालको इन्धन संकटका विषयमा चीनले गर्न सक्ने सहयोगका विषयमा कुराकानी हुनेछ । इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा नेपाल सरकारले […]

२०७२ कार्तिक ३ गते, मंगलवार

उपसभामुख यादवद्वारा शपथ

काठमाडौँ, २ कात्तिक । नवनिर्वाचित उपसभामुख गङ्गाप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन । सभामुख ओनसरी घर्तिमगरले व्यवस्थापिका–संसद् सचिवालयमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । विसं २००७ मा सप्तरीको जोगिनिया–७ मा जन्मनुभएका यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का केन्द्रीय सदस्य छन । विसं २०४६ मा प्रजातन्त्रको पुनःस्थापनापछि उनि मुलुकको […]

२०७२ कार्तिक २ गते, सोमबार

एमालेमा मन्त्री बन्न हानाथाप

काठमाडौ, २ कात्तिक । एमालेमा मन्त्रि बन्न हानाथाप भएकै कारण हिजो विस्तार भएको मन्त्रिपरिषदमा एमालेको सहभागिता हुन् सकेन । एमालेले मन्त्री चयनका विषयमा छलफल जारी राखे पनि मापदण्डका विषयमा कुरा नमिल्दा मन्त्री चयन हुन नसकेको हो । नेकपा एमालेले पाएको ९ मन्त्रीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मापदण्डका विषयमा […]

२०७२ कार्तिक २ गते, सोमबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद विस्तार

काठमाडौं , १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाओवादी, फोरम लोकतान्त्रिक र बहुजन समाजवादी पार्टीबाट गरी नौ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले उपप्रधानसहित नौ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । तर, सरकारको नेतृत्व गरेको एमालेबाट भने आन्तरिक विवाद नमिलेका कारण मन्त्री थपिएनन् । थपिएका मन्त्रीले आज नै राष्ट्रपतिसमक्ष सपथ ग्रहण गरेका […]

२०७२ कार्तिक १ गते, आईतवार

सभामुखको सपथ आज

काठमाडौं ,१ कात्तिक । नवनियुक्त सभामुखले आज पद तथा गोपनियताको सपथ लिने भएकी छन् । सभामुखमा निर्वाचन ओनसरी घर्तीले दिउँसो तीन बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सपथपछि आजै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पद बहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ […]

२०७२ कार्तिक १ गते, आईतवार

निर्भिक भएर काम गर्नु : प्रधानमन्त्री

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक हस्तक्षेपबाट मुक्त र निर्भिक भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको ६० औं स्थापना दिवसको अवसरमा आज प्रहरी मुख्यालयमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कानुनको पालना गरेर अगाडि बढ्नु प्रहरीको कर्तव्य भएको बताए । उनले प्रहरी संगठन स्वतन्त्र र जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने भन्दै […]

२०७२ आश्विन ३० गते, शनिबार

परराष्ट्रमन्त्री थापा भारत जाँदै

काठमाडौं, ३० असोज । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा आज भारत जाँदै छन । भारतले गर्दै आएको अघोषित नाकाबन्दीका कारण इन्धन लगायतका अत्यावश्यक वस्तुको अभावले दैनिक जनजीवन कष्टकर बन्दै गएपछि समस्या समाधानको लागि पहल गर्न उहाँ दिल्ली जान लागेका हुन् । उनि आज दिउँसो भारत जाने कार्यक्रम छ । तीन दिने भारत भ्रमणको क्रममा उनले […]

२०७२ आश्विन ३० गते, शनिबार

मैले भनेको सरकार–दलहरुले सुनेनन् : राष्ट्रपति

काठमाडौं, २९ असोज । राष्ट्रपति डा. रामवरण यादवले घरभित्रको समस्या आफैं समाधान गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघको ७औं विश्व सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति यादवले आफ्नो समस्या आफैं समाधान गर्न संसद, दलहरु र सरकारलाई आग्रह गरे । उनले संविधान कार्यान्वयन गर्न निकै अप्ठेरो रहेको भन्दै सबैको आवाज सुनेर अगाडि बढ्न सुझाव दिए […]

२०७२ आश्विन २९ गते, शुक्रबार

अघोषित नाकाबन्दीप्रति गम्भीर छु : प्रधानमन्त्री

काठमाडौं, २८ असोज। प्रधानमन्त्री केपी ओलीले आजको व्यवस्थापिका–संसद बैठकलाई सम्बोधन गर्दै असन्तुष्ट पक्षहरुलाई मुलधारमा ल्याउने प्रयास भइरहेको बताए । उनले राष्ट्रहितका लागि बृहत्तर एकता आवश्यक रहेको भन्दै सहकार्यको संस्कृतिलाई प्रश्रय दिने बताएका छन् । नजिकिँदो चाडपर्वका बेला भएको भारतको अघोषित नाकाबन्दीप्रति आफू गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले सीमानाको अवरोध सहज बनाउने प्रयास भइरहेको बताए । […]

२०७२ आश्विन २८ गते, बिहीबार

सभामुख र उपसभामुखका लागि आज मतदान

काठमाडौ २९ असोज । तोकिएको समयसीमा भित्र सहमतिका आधारमा दलहरुले सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज व्यवस्थापिका संसदको सभामुख र उपसभामुख पदका लागि आज मतदान हुदैछ । उम्मेदवारको मनोनयन दर्ताका लागि आज बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समयसीमा निर्धारण गरेको छ । यस्तै सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा […]

२०७२ आश्विन २९ गते, शुक्रबार