राजनीति

विगतमा गल्ती भयो : प्रचण्ड

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेका नेताहरुले फुर्काउँदा आफू फुर्किनु गल्ती भएको स्वीकारेका छन । ‘विगतमा गल्ती भयो, अहिले गरेको छैन’ भन्दै आफूँ अब कहिल्यै नझुक्ने प्रचण्डले बताएका छन । खुल्लामञ्चमा शनिबार भएको आमसभामा उनले भने ‘तपाईहरु ढुक्क हुनुहोस, म मर्न तयार छु, झुक्न तयार छैन ।’ आगामी दिनमा […]

२०७१ फाल्गुन १६ गते, शनिबार

एमाओवादी मोर्चा आमसभा गर्दै

काठमाडौ, १६ फागुन । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज जनप्रदर्शनसहितको आमसभा गर्ने भएकोछ। आमसभाका लागि एमाओवादी नेतृत्वले आफ्ना नेताहरुको कार्यविभाजन गरेको छ । एमाओवादीका उच्च नेतृत्वहरुको पहलमा जुलसलाई शान्तिपूर्ण, मर्यादित र अनुशासित बनाउन विभिन्न स्थानहरुमा नेताहरु खटिएका छन् । जुलुस खुलामञ्चमा दिनको १२ः४५ बजे पुग्ने र जनसभा १ बजे सुरु हुने बताईएको छ । […]

२०७१ फाल्गुन १६ गते, शनिबार

एमाओवादी नेतृत्वको मोचाको बैठक बस्दै

काठमाडौ, १५ फागुन । एकीकृक नेकपा माओवादी नेतृत्वको विपक्षी मोचाको बैठक आज बस्दैछ । दिउँसो ४ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा भोलि गर्ने भनेको शक्ति प्रदर्शन, त्यसको तयारीका विषयमा छलफल गर्ने बताएको छ । भोलि काठमाडौमा विपक्षी मोर्चाले शक्तिप्रदर्शन सहित विरोध सभा गर्ने तयारी गरेको छ । संविधान निर्माण प्रक्रियाका विरुद्धमा आन्दोलन गरिरहेको मोर्चाले भोलिबाटे आन्दोलन […]

२०७१ फाल्गुन १५ गते, शुक्रबार

एसिड प्रकरणका दोषीलाइ पक्रन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, १४ फाल्गुन । एकिकृत माओवादी सम्वद्ध विभिन्न भातृ संगठनहरुले राजधानीको वसन्तपुरमा तीन किशोरीहरुमाथि भएको एसीड आक्रमणका दोषीलाई कारवाहीको माग गर्दै आज वालुवाटारमा प्रदर्शन गरेका छन् । आक्रमण भएको ५ दिन हुँदासमेत प्रहरीले आक्रमणकारी पक्रन नसकेको भन्दै महिला अधिकारकर्मी सहितको र्‍याली वालुवाटार पुगेर प्रधानमन्त्री सुशिल कोईरालालाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले गत आईतवार भएको एसिड […]

२०७१ फाल्गुन १४ गते, बिहीबार

माओवादीद्वारा सिन्धुपाल्चोक बन्द

काठमाडौ, १३ फागुन। भोटेकोशी पावर कम्पनी र पाँच राजनीतिक दलबीच भएको ६ बुँदे सहमती खारेजीको माग गर्दै नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । बन्दका कारण आज बिहानैदेखि सिन्धुपाल्चोकबाट कुनै पनि सवारीसाधन काठमाडौ भित्रिएका छैनन् भने काठमाडौबाट पनि सिन्धुपाल्चोक आउन सकेका छैनन् । बन्द सफल पार्न भन्दै माओवादीका कार्यकर्ताहरु चोकचोकमा […]

२०७१ फाल्गुन १३ गते, बुधबार

एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाडौ, १२ फागुन। एमाले स्थायी कमिटिको बैठक आज पनि बस्दै छ । केन्द्रीय सदस्य चयनको बारेमा छलफल गर्न पार्टी कार्यालय बल्खुमा मध्यान्ह १२ बजे सुरु हुने बैठकमा पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने बारेमा छलफल हुने सचिव प्रदीप ज्ञवालीले बताए । एमाले शीर्ष नेताहरुले आआफ्नो प्रस्ताव ल्याएपछि केन्दीय सदस्य छनौट टुङ्गिन सकेको छैन । […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

सिमरा आन्दोलन स्थगित

काठमाडौँ, ११ फागुन । बाराको सिमरामा मालपोत र नापी कार्यालय स्थापनाको माग राखेर चार दिनदेखि भैरहेको आम हडताल मंगलबारदेखि स्थगित भएको छ ।सिमरामा सोमबार राती अबेरसम्म बसेको मालोपत तथा नापी कार्यालय स्थापना सरोकार समिति र राजनीतिक दलका नेताहरु सहभागी बैठकले अनिश्चितकालीन आम हडताल र राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको समितिका सदस्य कृष्ण […]

२०७१ फाल्गुन १२ गते, मंगलवार

ओखरपौवामा फोहोर फ्याँक्न अवरोध

काठमाडौं, ११ फागुन । काठमाडौंको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको ओखरपौवा–४ सिसडोलमा स्थानीय राजनीतिक दलहरुको अगुवाईमा फोहोर फ्याँक्न अबरोध गरिएको छ ।नेपाली कांग्रेसका अर्जुन न्यौपाने संयोजक र नेकपा एमालेका जीतबहादुर बलामी सहसंयोजक रहेको स्थानीय राजनितिक दलहरुको सरोकार समितिले आज विहानैबाट फोहोर फाल्न अबरोध गरेको हो । विहानैबाट दलहरुको नेतृत्वमा सिसडोलमा फोहोर फ्याँक्न अबरोध गरि राजधानीबाट […]

२०७१ फाल्गुन ११ गते, सोमबार

एमाले स्थायी कमिटिको बैठक आज पनि

काठमाडौ, १० फागुन । नेकपा एमालेको स्थायी कमिटि बैठक आज पनि बस्ने भएको छ ।मध्यान्ह १२ बजेपछि पार्टी केन्द्रिय कार्यालय बल्खुमा बैठक बस्न लागेको हो । आजको बैठकमा दश प्रतिशत केन्द्रिय सदस्य मनोनयन र कार्य विभाजनको टुंगो लगाउने गरी छलफल हुने एमालेले जनाएको छ । केन्द्रिय सदस्य मनोनयन र कार्य विभाजनको विवाद चर्कदै गएपछि स्थागित […]

२०७१ फाल्गुन १० गते, आईतवार

एमाओवादी मोर्चाद्वारा वार्ता अस्वीकार

काठमाडौ, ९ फागुन। एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाले सरकारको आव्हान सकारात्मक भए पनि अझै वार्ताको वातावरण बनिनसकेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।आज बसेको मोर्चाको बैठकले फागुन १६ गतेको जनप्रदर्शन र सभालाई भव्य सफल बनाउन र आगामी संघर्षमा तयार रहन आव्हान समेत गरेको छ। बैठकपछि मोर्चाले जारी गरेको वक्तव्यको पूर्ण विवरण यस […]

२०७१ फाल्गुन ९ गते, शनिबार