राजनीति

सार्कका परराष्ट्रमन्त्री आइपुग्दै

काठमाडौ, ८ मंसिर ।आगामी बुधबार र बिहीबार हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज काठमाण्डुमा आउँदै छन् । १८ औँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार हुने सार्क मन्त्रिपरिषद्को ३६ औँ बैठकमा सहभागी हुन सार्कका परराष्ट्र/बाह्य मामिलामन्त्रीहरू आज आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । […]

२०७१ मंसिर ८ गते, सोमबार

माओवादीको विस्तारित बैठक बस्दै

काठमाडौँ , ७ मंसिर– नेकपा–माओवादीको विस्तारित केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज मध्याह्न १२ बजे बुद्धनगरस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक सदस्य तथा केन्द्रीय सल्लाहकार समितिका सदस्य सहभागी हुनेछन् । बैठक हिजैका लागि बोलाइ पनि चन्द पक्षले बहिस्कार गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो । संस्थापन पक्ष आफूहरुसँग स्पष्टीकरण सोध्ने नर्णय फिर्ता […]

२०७१ मंसिर ७ गते, आईतवार

सार्क सम्मेलनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, ५ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औंँ शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण तयारी पूरा हुनाका साथै सम्मेलनका प्रक्रियागत बैठक शनिबारदेखि यहाँ हुँदैछ । भौतिक पूर्वाधार निर्माण तथा सारभूत विषयसहित सम्पूर्ण तयारी पनि पूरा भएको छ । भौतिक पूर्वाधारका छिटपुट काम आजै सम्पन्न हुने जानकारी सम्बन्धित निकायका पदाधिकारीले सरकारलाई गराइसकेका छन् । […]

२०७१ मंसिर ६ गते, शनिबार

शान्ति सम्झौताको आठ वर्ष पूरा

काठमाडौ। सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको आज आठ वर्ष पूरा भएको छ । शान्ति सम्झौताको आठ वर्ष बित्दासमेत सम्झौताका कतिपय प्रावधान अझै कार्यान्यवन भएका छैनन् । ५ मंसिर २०६३ मा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । […]

२०७१ मंसिर ५ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस

काठमाडौ, ४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।दिवसका अवसरमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्षको २० नोभेम्बरमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि कार्यान्वयनमा आएको २५ […]

२०७१ मंसिर ४ गते, बिहीबार

२२ दलीय मोर्चाको बैठक बस्दै

काठमाडौ,३ मंसिर । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठक आज बस्दैछ ।कांगे्रस एमालेको ७ प्रदेशसहितको साझा प्रस्तावको विषयमा सत्तारुढ र विपक्षी दलबीच तिब्र मतभेद भइरहेका बेला मोर्चाले आन्तरिक छलफल गर्न लागेको हो । सत्तारुढ दलको प्रस्तावलाई संविधानसभामा प्रवेश गराउन नदिने रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको जनाइएको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार […]

२०७१ मंसिर ३ गते, बुधबार

बाबुरामलाई सम्वाद समितिबाट हटाउन चलखेल

काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईविरुद्ध समितिमा रहेका बहुमत अर्थात ४३ सभासदले हस्ताक्षर संकलन गरेका छन् ।प्रधानमन्त्री सुशील कोइरालाकै रोहवरमा गरिएको हस्ताक्षर अभियानमा एमाले र कांग्रेसका ३४ सभासदको संलग्नता छ । अन्य दलका सातजना र दुई स्वतन्त्र सभासदसमेत गरी ४३ सदस्यले हस्ताक्षर गरेका छन् । सम्वाद समितिमा कुल ७१ […]

२०७१ मंसिर २ गते, मंगलवार

न्यायाधीशहरुको दोस्रो राष्ट्रिय सम्मेलन सुरु हुदै

काठमाडौ, १ मंसिर। आज दिउँसो २ बजेदेखि देशभरका न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन राजधानीमा शुरु हुँदैछ । प्रज्ञा भवनमा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्नुहुनेछ । सम्मेलनमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षलगायत सहभागी हुने भएका छन् । ३ दिनसम्म चल्ने सम्मेलमा भोलि र पर्सी विभिन्न विषयमा छलफल हुनेछ । भावी संविधानमा न्यायपालिकाको स्थान र संरचना, न्यायपालिका भित्रको […]

२०७१ मंसिर १ गते, सोमबार

आज पूर्वका नौ जिल्ला बन्द

काठमाडौँ ,३० कार्तिक । सरकार र संघिय लिम्वुवान पार्टी नेपालबीच भएको पांच बुंदे सहमति कार्यान्वयनको माग राख्दै संघिय लिम्वुवान पार्टी नेपालले आज पूर्वका नौ जिल्ला बन्दको आह्वान गरको छ ।पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, मोरङ, सुनसरी, धनकुटा, लगायतका जिल्लामा वन्दको प्रभाव परेको छ । यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालन […]

२०७१ कार्तिक ३० गते, आईतवार

नेपाली नागरिक मोर्चाको घोषणा

काठमाडौं। नेपाल राष्ट्र र नेपाली नागरिकको पक्षमा सन्तोषजनक कार्य हुन नसकेको तथा नागरिकको समस्यालाई सम्बोधन गर्न नागरिकहरुको साझा मंच बन्न नसकेको भन्दै विभिन्न तीन राजनीतिक पार्टीहरुले नेपाली नागरिक मोर्चाको निर्माण गरेको घोषणा गरेका छन् । नेपाली नागरिक मोर्चाका संयोजक युवराज सफलको हस्ताक्षारमा जारी गरिएको विज्ञप्तीमा नेपाली नागरिक मोर्चाको गठन र कार्यक्रम बारे समेत उल्लेख गरिएको […]

२०७१ कार्तिक २८ गते, शुक्रबार