राजनीति

मुस्ताङ गुम्बा जुवाडेको अखडा

काठमाडौं । स्वयंभुस्थित मुस्ताङ गुम्बाभित्रै क्यासिनोजस्तै बनाएर जुवा खेलाइने गरेको खुलासा भएको छ । आइतबार राति प्रहरीले गुम्बामा छापा मारी १२ लाख नगद र जवाका सामाग्रीसहित २५ जनालाई पक्राउ गरेको छ । प्रहरी अपराध महाशाखाबाट इन्स्पेक्टर गोविन्द पन्थीको कमान्डमा खटिएको टोलीले राति गुम्बामा छापा मारेको हो । प्रहरीले घटनास्थलबाट लामाको भेष लगाएका समेत करिब २५ […]

२०७१ फाल्गुन २५ गते, सोमबार

एकीकृत क्रान्तिबाट मात्र महिला मुक्तिः बास्तोला

काठमाडौँ । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले एकीकृत क्रान्तिले मात्र महिला मुक्ति हुँनै भन्दै त्यसको लागि तयार रहन महिलालाई आह्वान गरे ।१०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै बास्तोलाले सो कुरा बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बास्तोलाले महिला माथिको शोषण दमनको […]

२०७१ फाल्गुन २५ गते, सोमबार

फेसबुकमा देखाउनलाई मात्रै सरसफाइमा नलाग : मुख्य सचिव पौडेल

काठमाडौं । मुख्य सचिव लीलामणि पौडेलले फेसबुकमा फोटो राख्नका लागि मात्रै सरसफाइमा नलाग्न आग्रह गरेका छन् । उनले अहिले फेसबुकमा फोटो राख्नकै लागि सरसफाइमा लाग्ने जमात बढेको बताए । चितवनमा भरतपुर उपमहानगरपालिकाले आज विहान आयोजना गरेको सरसफाई कार्यक्रमको उद्घाटन गर्दै उनले जथाभावी फोहर फाल्नेहरुलाई प्रशासनले कैद गर्न सक्ने समेत अधिकार भएको बताए । उनले चितवनका […]

२०७१ फाल्गुन २४ गते, आईतवार

आज अन्तर्राष्ट्रिय नारी दिवस

काठमाडौ, २४ फागुन । ‘मानवताका लागि महिला सशक्तिकरण व्यबहारमा उतारौं’, लैंगिक मैत्री संबिधान, महिला हिंसाको निधान भन्ने मुल नाराका साथ आज १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । “मेक इट ह्यापेन” अर्थात “यसलाई गर्नै पर्छ” भन्ने विश्व नाराका साथ दिवस मनाइदैछ । आज मार्च ८ गते अर्थात १ सय ५ औँ अन्तराष्ट्रिय नारी दिवस । […]

२०७१ फाल्गुन २४ गते, आईतवार

राज्य कोषमा काग्रेसको ब्रम्हलुट

काठमाडौं । नेपाली कांग्रेसका स्वच्छ छविका नेता तथा लौह पु?ष स्व. गणेशमानका नाममा ५० लाख रूपैयाँ ‘नीतिगत भ्रष्टाचार’ गरेर गणेशमानको अपमान भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले गणेशमानका नाममा खडा गरिएको नेपाली कांग्रेसको पार्टीगत कार्यक्रमका लागि मन्त्रिपरिषदमार्फत् राज्य कोषबाटै आधा करोड अर्थात ५० लाख रूपैयाँ निकासा गराएका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको दबावमा ‘गणेशमान […]

२०७१ फाल्गुन २३ गते, शनिबार

दलहरुबीचको सम्वादहिनता तोडिदै

काठमाडौ, २२ फागुन। प्रमुख दलहरुबीच लामो समयदेखिको सम्वादहिनता तोडिने भएको छ । वार्तामा बस्ने एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको निणर्यसँगै दलहरुबीचको सम्वादहिनता तोडिएर वार्ताको ढोका खुला भएको छ । तर औपचारिक वार्ताका लागि अझै एकदुई लाग्ने देखिएको छ । हिजो विपक्षी दलले गरेको निणर्यमा थप छलफल गर्न आज सत्तासिन कांग्रेस र एमालेको बैठक […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

शहिद सप्ताह तथा अतिरिक्त कार्यक्रम सम्पन्न

काठमाडौँ । डोटीको दिपायल राजपुर स्थित शहिद स्मृति आवासिय माध्यामिक बिद्यालय राजपुर डोटीमा यहि २०७१ साल फागुन २१ गते बिहिबारका दिन शहिद सप्ताहको समापन तथा अतिरिक्त कार्यक्रम नेकपा माओबादीका पिबिएम तथा सेति महाकाली इन्चार्ज कमरेड ओम प्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा शहिद परिवारलाई दोसल्ला ओढाउने तथा केन्द्रिय समिति द्वारा पठाएको सम्मान […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

बाल विवाह गराउने प्रहरीको फन्दामा

काठमाडौं,२१ फागुन । सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटस्थित दियाले गाउँबाट बाल विवाह गरेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीले बेहुला र बेहुलीसहित ७० जनालाई विवाहमण्डपबाटै प्रक्राउ गरेको छ ।उमेर नपुगेको १४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाई त्यस्तो विवाह रोक्न प्रहरी र स्थानीय बाल सञ्जाल समितिको आग्रहलाई समेत व्यवस्था गरी विवाह गरेकाले उनीहरु प्रक्राउ परेका […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

आज किसुनजीको स्मृति दिवस

काठमाडौं, २० फागुन । आज नेपालि काँग्रेस संस्थापक नेता एवम् पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको चौथो स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपालि काँग्रेसले आफ्ना संस्थापक नेताको स्मृतिमा काँग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन । पार्टीले भट्टराईलाई बिर्सेकामा काँग्रेसभित्र रहेका उनका अनुयायी चिन्तित भएका छन् ।यसअघि भट्टराईका लागि सरकारले बनाइदिएको ललितपुरको बाँडेगाउँस्थित आश्रममा […]

२०७१ फाल्गुन २० गते, बुधबार

हरेक व्यक्तिमा साहित्य हुनु जरुरी छ : विप्लब

काठमाडौँ, । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लबले अहिलेको समयमा जनताको अधिकार सुनिश्चित हुनु आवश्यक रहेको बताएका छन । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आयोजना गरेको कविताका स्वरहरु विशेष कवि गोष्ठीमा विप्लबले भने —“परिवर्तन र प्रगतिलाई पछ्याउने हो भने हरेक व्यक्तिमा साहित्य हुनु जरुरी छ ।” देशको राजनीति शान्ति प्रक्रिया र सहमतिभन्दा बाहिर गएकाले सहकार्य, सहअस्तित्व […]

२०७१ फाल्गुन २० गते, बुधबार