एमाओवादी मोर्चा संविधानसभा बैठक सहभागी नहुने
काठमाडौं, १० वैशाख । एकीकृत नेकपा माओवादी नेतृत्वको सात दलीय संघीय गणतान्त्रिक मोर्चाले संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सात दलीय मोर्चाको बिहीबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काठमाडौंको लाजिम्पाटस्थित निवासमा बसेको बैठकले संविधानका चार वटा विवादित विषय मध्ये कुनैमा पनि ठोस सहमति नभएको भन्दै संविधानसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । […]
२०७२ बैशाख १० गते, बिहीबार