राजनीति

एमाओवादी मोर्चाद्वारा वार्ता प्रस्ताव अस्वीकार

काठमाडौं, २६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा तत्काल सत्तापक्षसँग वार्तामा नबस्ने भएको छ ।प्रधानमन्त्री सुशील कोइरालाले गरेको वार्ताको लागि लिखित आह्वान गरेपछि आज बसेको बैठकले तत्काल वार्तामा नबस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको आव्हान स्वागतयोग्य भएपनि मोर्चाको माग सम्बोधन गर्न नसकेको जनाएको छ । मोर्चाले प्रस्ताव समितिको काम रोकेर सहमतिमा संविधान बनाउन सरकारको […]

२०७१ माघ २६ गते, सोमबार

विवादास्पद ल्हारक्याल सभासद

काठमाडौं , २६ माघ । एकिकृत नेकपा माओवादीले विवादास्पद छविका पूर्व अर्थराज्यमन्त्री ल्हारक्याल लामालाई संविधानसभा सदस्य बनाएको छ। भारतीय राहदानी, तिब्बती शरणार्थी परिचयपत्र र छुट्टाछुट्टै नाममा नेपाली नागरिकता र राहदानी लिएको आरोप लागेका लामालाई एमाओवादीले समानुपातिकतर्फबाट सभासद बनाएको हो।निर्वाचन आयोगकी सहसचिव लीला गड्तौलाले समानुपातिक सभासद शम्भु पासवान हजारीको सदस्यता सर्वाेच्च अदालतले खारेज गरेपछि रिक्त पदमा […]

२०७१ माघ २६ गते, सोमबार

एमाले स्थायी कमिटीको बैठक आज पनि

काठमाडौ, २५ माघ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय बल्खुमा मध्यान्ह १२ बजे बैठक सुरु हुने पार्टी सचिव प्रदीप ज्ञवालीले बताए ।बैठकमा आज पनि विपक्षीम ोर्चालाई वार्तामा ल्याउन पार्टीको भुमिका र आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसैबीच हिजोको बैठकले दलहरुबीच पुनः सम्वाद सुरु गर्ने प्रस्ताव अघि […]

२०७१ माघ २५ गते, आईतवार

७२ सालमा ३९ दिन सार्वजनिक बिदा

काठमाडौँ, २४ माघ । सरकारले २०७२ सालमा शनिबारबाहेक पर्व, दिवस र चाडबाडमा ३९ दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । २०७२ मा ५२ शनिबार छन् । महिला कर्मचारीले तीज, ऋषि पञ्चमी र जितियालगायत पर्वमा अलग्गै बिदा पाउनेछन् । दसैंमा पाँच दिन र तिहारमा तीन दिन बिदा दिइएको […]

२०७१ माघ २४ गते, शनिबार

पार्टी एकताको लागि मापदण्ड हुनुपर्छः वैद्य

काठमाडौँ, २३ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले राजनीति गर्ने र राजनीतिशस्त्रीबीच अन्तरक्रिया हुन जरुरी भएको बताए । राजनीतिकर्मीको पीडा राजनीतिशास्त्रीले बुझ्न नसकेको उनले गुनासो गरे । भक्तबहदुर स्मृति प्रतिस्ठानद्वारा आयोजित ‘कमरेड भक्तबहादुर श्रेष्ठको तेस्रो स्मृतिसभा तथा कृति विमोचन’ कार्यक्रममा उनले सो विचार व्यक्त गरेका हुन । उनले सोही अवसरमा किरणले भने, ‘भक्तबहादुर […]

२०७१ माघ २३ गते, शुक्रबार

संविधान सभा विपक्षी दलहरुले बहिस्कार गर्ने

काठमाडौं,२२ माघ । संविधान सभाको आज बोलाएको बैठकमा एकीकृत माओवादी नेतृत्वमा रहेको विपक्षी दलहरुको गठबन्धनले बहिष्कार गर्ने भएका छन् ।अहिलेसम्मको तयारी हेर्दा विपक्षीको बहिष्कारकै बीच पनि संविधानसभाको बैठक बस्नेछ ।संविधानसभाको इतिहासमा विपक्षीको बहिष्कारकै बीच सभाको बैठक गर्न लागिएको यो पहिलो पटक हो । संविधान सहमतिका आधारमा बनाउने कि सहमति नभए पनि प्रक्रियालाई पनि सँगै अघि […]

२०७१ माघ २२ गते, बिहीबार

६० वर्ष पुगेकालाई भाडामा ५० प्रतिशत छुट

काठमाडौ, २१ माघ । उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले ५० प्रतिशत भाडा छुट पाउने भएका छन् । आजदेखि यो नियम लागू हुने काठमााडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए । काठमाडौं प्रशासन कार्यालय ,बाग्मती यातायात र उपत्यका यातायात व्यवसायी महासंघबीच भएका छलफलमा ६० वर्ष पुगेका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने सहमति भएको हो […]

२०७१ माघ २१ गते, बुधबार

एमाओवादीलाइ आफ्नै कार्यकर्तामाथि अबिस्वाश

काठमाडौ, २१ माघ । एमाओवादी केन्द्रीय समितिको बैठकले आन्दोलनमा नआउने तथा पार्टी नीतिविपरीत अभिव्यक्ति दिने कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार भेटघाटमा प्रवक्ता दिनानाथ शर्माले आन्दोलनमा नआउने पार्टी सदस्यकोस दस्यता खोसिने बताए । दुई दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनमा सहभागी नहुनेको […]

२०७१ माघ २१ गते, बुधबार

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं, २० माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । सोमबार मध्यरातीदेखि लागू हुने गरी आयल निगमले पेट्रोलमा प्रति लिटर साढे २ रुपैयाँ भाउ घटाएको छ ।यस्तै मट्टितेल र डिजेलको मुल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । नयाँ मुल्य अनुसार अब पेट्रोल […]

२०७१ माघ २० गते, मंगलवार

आज माघ १९ अर्थात कालो दिन

काठमाडौ, १९ माघ । आज माघ १९ गते प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा स्मरण गरिदैछ ।२०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ताच्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपछि शाहको विरुद्धमा […]

२०७१ माघ १९ गते, सोमबार