राजनीति

संविधान नबनेसम्म पद छाड्दिनँ : प्रधानमन्त्री

काठमाडौं , २९ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले ‘संविधान जारी नभएसम्म पदत्याग नगर्ने’ प्रष्ट पारेका छन् । आज बिहान आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ–संस्थाले जम्मा गरेको रकमको चेक बुझ्दै कोइरालाले ‘आफूलाई धेरै दिन पदमा बस्ने रहर नभएकाले छिटो संविधान जारी गर्न’ सबै दलसँग आग्रह गरे । ‘आफू पद ओगट्न प्रधानमन्त्री […]

२०७२ जेष्ठ २९ गते, शुक्रबार

पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निधन

काठमाडौं , २७ जेठ । पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता पद्मसुन्दर लावतीको आज बिहान राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ। लावतीको निधन भएको उनकी बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । लावती मृगौलासम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट ग्रसित थिए । मृगौलासम्बन्धी समस्याका कारण गत […]

२०७२ जेष्ठ २७ गते, बुधबार

अर्थमन्त्री महत भारत प्रस्थान

काठमाडौं , २७ जेठ । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा अर्थमन्त्री डा. रामशरण महत भारतको तीन दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भ्रमणका क्रममा महतले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्वन्धमा दुई पक्षबीच छलफल गर्नेछन् । भारतमा नेपालीहरुको बैंक खाता सञ्चालन, भारु […]

२०७२ जेष्ठ २७ गते, बुधबार

प्रधानन्यायाधीसमा कल्याण श्रेष्ठ प्रस्तावित

काठमाडौ ,२७ जेठ । संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसमा सर्वोच्चका बरिष्ठ न्यायाधीस कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरी उजुरीका लागि सार्वजनिक सूचना जारी गरेको छ । वहालवाला प्रधानन्यायाधीस रामकुमार प्रसाद शाह उमेर हदका कारण आगामी असार २३ गते सेवा निवृत्त हुँदैछन् । प्रधानन्यायाधीस सिफारिस गरिएका सर्वोच्च अदालतका […]

२०७२ जेष्ठ २७ गते, बुधबार

नेपालमा भएको निर्णय ‘स्यालूटयोग्य’ छ : बान कि मून

काठमाडौं, २७ जेठ । संविधान निर्माणका लागि नेपालका मूख्य चार राजनीतिक दलले गरेको १६ बुँदे सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मूनले नेपालको प्रजातान्त्रिक विकासका लागि राजनीतिक दलले गरेको सहमति मूख्य आधारशिला बनेको भन्दै स्वागत गरे ।सहमतिमा पुग्न नेपाली नेताहरुले गरेको अथक प्रयासलाई महासचिव मूनले स्यालूटयोग्य भनेर टिप्पणी गरेका […]

२०७२ जेष्ठ २७ गते, बुधबार

२८ अतिरिक्त न्यायाधीशको म्याद थप

काठमाडौं, २६ जेठ । न्याय परिषद्को म‌गलबारको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ ।न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई निरन्तरता दिन छ महिनाका लागि नियुक्त गर्ने निर्णय गरेको बताए ।पुनरावेदन […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित

काठमाडौं, २६ जेठ । एमाओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित भएको छ । सोमबार राती शीर्ष चार दलले गरेको १६ बुँदे सहमतिबाट असन्तुष्ट दलहरुले प्रचण्ड नेतृत्वको मोर्चाबाट अलग हुने औपचारिक निर्णय गरेका हुन् ।सहमतिबाटको विपक्षमा रहेका मधेशी दलहरुसहित १७ दलको मंगलबार सिंहदरवारमा बसेको बैठकले मोर्चाबाट अलग हुने निर्णय गरेको […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

गोरखा पुगे राष्ट्रपति

काठमाडौं, २६ जेठ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दू रहेको गोरखा जिल्लामा आज राष्ट्रपति डा. रामवरण यादवले पुगी त्यस क्षेत्रको अवस्था बुझेका छन् ।नेपाली सेनाको हेलिकप्टरबाट गोरखा गोरखा पुगेका राष्ट्रपति यादवले जिल्लाका प्रमुख, राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै ‘भूगोल बुझेर मात्रै नयाँ बस्ती बसाउन’ सुझाव दिएका छन् ।राष्ट्रपति यादवले ‘राष्ट्रिय विपत्तिपछि अब […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

मुख्य दलहरु ८ प्रदेश बनाउन सहमत

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक दलबीच ८ प्रदेश बनाउने सहमतिमा हस्ताक्षर भएको छ । चार राजनीतिक दलबीच शीर्ष नेताहरुबीच सोमबार राती १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको सहमतिलाई राती अन्तिम रुप दिइएको छ । सहमतिलाई मंगलबार बस्ने संविधानसभा […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

८ प्रदेश बनाउन सैद्धान्तिक सहमति

काठमाडौं,२५ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको चार प्रमुख राजनीतिक शक्तिहरुको बैठकले ८ प्रदेशमा सैद्धान्तिक सहमति जुटाएका छन । सहमतिलाइ आज साँझ बस्ने बैठकले लिखित सहमति गर्नेछ । आज दिनभरीमा कुनै गडबडी भएन भने नाम र सिमाना नछुट्याइएका ८ संघीय प्रदेशमा जाने सहमति सहित दलहरुबीच संविधानका विवादि विषयमा लिखित सम्झौता हुने भएको छ […]

२०७२ जेष्ठ २५ गते, सोमबार