राजनीति

संघीयतामा सहमति हुने संकेत

काठमाडौं, २१ जेठ । नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी मोर्चाका राजनीतिक शक्ति संघीय प्रदेशको संख्यामा सहमति नजिक पुगेका छन् । उनीहरु ६ वा ८ प्रदेशमा सहमत हुने सम्भावना बढेको छ । बुधवार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका शिर्ष नेताहरुको बैठकले संघीयतामा नाम र सीमाको विवाद भने टुंग्याउन […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

सूचना प्रविधि न्यायाधीकरण गठन गर : सर्वोच्च अदालत

काठमाडौं , २० जेठ । सर्वोच्च अदालतले सूचना प्रविधिसम्बन्धी अपराध (साइबर क्राइम) का मुद्दा हेर्ने सूचना प्रविधि न्यायाधीकरण गठन गर्न सरकारलाई निर्देशन दिएको छ । सूचना प्रविधिसम्बन्धी ऐन, २०६३ जारी भएको नौ वर्ष नाघिसक्दा पनि ऐनबमोजिम न्यायाधीकरण गठन नभएपछि परेको रिट निवेदनमा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले न्यायाधीकरण गठन गर्न सरकारका […]

२०७२ जेष्ठ २० गते, बुधबार

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, २० जेठ । एमालेका अध्यक्ष केपी ओलीले आज अपरान्ह ४ बजे पुल्चोकस्थित उपाध्यक्ष तथा उपप्रधानमन्त्री बामदेव गौतमको निवासमा स्थायी कमिटी बैठक बोलाएका छन् । राष्ट्रिय सहमतिको सरकार गठन र त्यसअघि ‘फास्ट ट्र्याक’बाट संविधान जारी गर्ने सन्दर्भमा पार्टीको बटमलाइन बनाउन एमालेले स्थायी कमिटी बैठक बोलाएको बताइएको छ । अध्यक्ष केपी ओलीले पार्टी कमिटी र संस्थागत […]

२०७२ जेष्ठ २० गते, बुधबार

थप लचिलो भएर निर्णय गर : ३० दलीय मोर्चाका साना दल

काठमाडौं,१९ जेठ । एकीकृत नेकपा माओवादीको संसदीय दलको कार्यालयमा आज बसेको ३० दलीय गठबन्धनको बैठकमा साना दलका प्रतिनिधिले संविधान, सरकार र पुनःनिर्माणका विषयमा थप लचकताका साथ निर्णयमा पुग्न गठबन्धनका संयोगक पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारलाई सुझाव दिएका छन् । एकीकृत नेकपा माओवादी नेतृत्वको गठबन्धनमा भएका साना दलले मुलुक विपदमा परेका बेला […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

संघीयताको विवाद आज टुंगाइने

काठमाडौं, १९ जेठ । दलहरुले संघीयताको विषयमा सहमति खोज्न छलफल तीव्र बनाएका छन् ।एक महिनाभित्रै संविधान जारी गरी राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सैद्धान्तिक सहमति गरेका दलहरुले आफूहरुबीचको छलफल सकारात्मक रहेको भन्दै मंगलबारै संघीयताको विवाद टुंगिन सक्ने जनाएका छन् ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

दरबार हत्याकाण्डको १४ वर्ष पूरा

काठमाडौं, १९ जेठ । आज जेठ १९ तत्कालिन नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुगेको छ । विक्रम संवत २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृति सहित १० जनाको निधन भएको […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

नेपाली युवती अफ्रिकामा बेचविखन गर्ने दुइजना पक्राउ

काठमाडौं, १८ जेठ । नेपाली युवतीहरुलाई अफ्रिका तथा खाडी मुलुकहरुमा बेचविखन गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बाराका सुरेन्द्रबहादुर बस्नेत र धरमपुरका बादल भन्ने सुनिल मगरलाई पक्राउ गरेको हो । अभियुक्तहरु लोकल एजेन्ट भएको प्रहरीले जनाएको छ । ब्यूरोले चलाएको ‘अपरेशन इगल’मा एक भारतीयसहित आठ […]

२०७२ जेष्ठ १८ गते, सोमबार

‘महिना दिन भित्र नयाँ संविधान ‘

काठमाडौं, १८ जेठ । चार राजनीतिक शक्तिका शिर्ष नेता एक महिनाभित्रै नयाँ संविधान जारी गर्न प्रतिवद्ध देखिएका छन् । आज बिहान प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा–एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका शिर्ष नेताहरुको बैठकमा एक महिनाभित्रै संविधान जारी गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको हो । बैठकमा जसरी […]

२०७२ जेष्ठ १८ गते, सोमबार

आज विश्व धुमपान विरोध दिवस

काठमाडौ, १७ जेठ । आज मे ३१ तारिख अर्थात विश्व धुम्रपान विरोध दिवस,नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर सो मनाइँदैछ । धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवश मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको […]

२०७२ जेष्ठ १७ गते, आईतवार

लाङटाङ मानवविहीन

काठमाडौं, १६ जेठ । भूकम्पका कारण रसुवाको हाकु, डाँडागाउँ, ठूलोगाउँ, भोर्ले, लहरेपौवा र यार्सालगायत सात गाउँ विकास समिति नै सार्नुपर्ने भएको भएको छ ।यसैक्रममा हाकु, डाँडागाउँ, ठूलोगाउँ, भोर्ले, लहरेपौवा र यार्साका केही बस्तीलाई स्थानान्तरण गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । यसअघि लाङटाङ गाविस भने खाली गराइसकिएको छ । सात गाविसका करिब दुई हजार घरपरिवारलाई स्थानान्तरण […]

२०७२ जेष्ठ १६ गते, शनिबार