राजनीति

नेकपा राष्ट्रियताको सवालमा दृढ़

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश पुनले नेकपा राष्ट्रियताको सवालमा दृढ़ रहेको र जय सिंह धामीको न्यायको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन । नेकपा दार्चुलाले आयोजना गरेको “तुईन घटना र राष्ट्रियताको सवाल ” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दैनेता पुनले सम्पूर्ण […]

२०७८ भाद्र ३ गते, बिहीबार

दल विभाजनसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश प्रमाणीकरण गरेकी छन्। सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो।राजनीतिक दलसम्बन्धी […]

२०७८ भाद्र २ गते, बुधबार

विप्लवद्वारा सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । महासचिव विप्लवले सहिद रामवृक्ष यादवको २८ औँ स्मृति दिवसका अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा र जनचेतना प्रवाहमा लामो समय शिक्षण पेसामा समेत संलग्न रहँदै समाजमा विद्यमान सबै किसिमका उत्पीडन र दमनविरुद्ध निरन्तर सङ्घर्षका क्रममा आम श्रमिक जनसमुदाय माँझ उहाँ […]

२०७८ भाद्र २ गते, बुधबार

दल विभाजन सम्बन्धी अध्यादेशको चौतर्फी आलोचना : सरकार पूर्णता नपाउदै संकटमा

काठमाडौं । सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनलाई सजिलो बनाउने गरी ल्याइएको अध्यादेशको चौतर्फी आलोचना भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु-याएर दल विभाजन गर्न सकिने उल्लेख छ । यो अध्यादेश अन्य राजनीतिक दलको आन्तरिक गतिविधिमा खेल्ने दुषित मनसायका साथ ल्याइएको र यसले बर्तमान संसदीय व्यवस्थालाई […]

२०७८ भाद्र २ गते, बुधबार

नेकपा अछामद्वारा सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियानलाई तिब्रता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन बिस्तार अभियानलाई तिब्र पारेको छ । यसैक्रममा सो पार्टीले मेल्लेख गाउँपालिका ६ सोडसमा विचार गोष्ठी सम्पन्न गरेको छ । गाउँ कमिटी सदस्य सिता वडको अध्यक्षतामा जिल्ला सङ्गठन समिति अछामका सदस्य तथा मेल्लेख, बन्निगडी जयगड गाउँपालिका इन्चार्ज तिलक बिष्ट ‘दीप’ प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको […]

२०७८ भाद्र २ गते, बुधबार

१९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रामेछापको आयोजनामा दोरम्बा १ डाँडाकटेरीमा आयोजना गरेको १९ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस, श्रद्धाञ्जलीसभा तथा सहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज शरद रसाइलीले महान् सहिदहरूको बलिदान र समाधिस्थलबाट क्रान्तिको नयाँ ऊर्जा प्राप्त गरेको बताउदै प्रत्येक वर्ष […]

२०७८ भाद्र १ गते, मंगलवार

एमाले स्थायि कमिटी र संसदीय दलकाे बैठक बस्दै

काठमाडाैं । नेकपा एमाले स्थायि कमिटीको बैठक आज विहान ११ बजे र र संसदीय दलको बैठक दिउसो ३ बजे बस्न लागेको छ । पछिल्लो समय तयार भएको राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ। सरकारले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन बन्द गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी […]

२०७८ भाद्र १ गते, मंगलवार

नेकपा रुकुम पश्चिमद्वारा चर्को मिटर व्याज नलिन चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मुसिकोट नगर समितिले चर्को मिटर ब्याज लिने कार्य गैर कानुनी भएकाले तत्काल रोक्न र लिएको ब्याज फिर्ता गर्न अनुरोध गरेको छ । मिटर ब्याजीहरूले जनताबाट बेरोजगारीको फाईदा उठाउँदै चर्को मिटर ब्याज लिन थालेपछि नेकपा रुकुम पश्चिम नगर समितिका सेक्रेटरी घमण्ड महर ‘शाहिन्सा’ ले प्रेस विज्ञप्तिमार्फत राजनीतिक पार्टीको आडमा भ्रष्टाचार, घुसखोरी, […]

२०७८ भाद्र १ गते, मंगलवार

चिया किसानमाथि बिचौलियाको शोषणको अन्त्य नगरे प्रतिरोध सङ्घर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी इलामले चिया किसानमाथि बिचौलियाको शोषणको अन्त्य नगरे प्रतिरोध सङ्घर्ष थाल्ने चेतावनी दिएको छ । सो पार्टीले सुर्योदय नगरपालिकामा रहेका किसानहरूको चिया उत्पादनको मूल्यमा ठूलो शोषण भएपछि किसानको पक्षमा विज्ञप्ति सार्वजनिक गर्दै खेद र निन्दा प्रकट गर्दै प्रतिरोध सङ्घर्ष थाल्ने चेतावनी दिएको हो ।यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी इलामले जारी गरेको […]

२०७८ श्रावण ३२ गते, सोमबार

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौ । नेपाल सरकारले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ । तत्काल उक्त अनलाइन रजिस्ट्रेसनमा सहभागी हुन अपिल गरिएको छ । अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा […]

२०७८ श्रावण ३२ गते, सोमबार