राजनीति

वीरगन्जमा गोली चल्यो , एक घाइते

काठमाडौं, १७ फागुन । अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागेर वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागेर वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् । घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा […]

२०७४ फाल्गुन १७ गते, बिहीबार

नेकपाका नेता पदम राई रिहा

काठमाडौं, १६ फागुन । गत फागुन ६ मोरङको बिराटनगरबाट गिरफ्तार गरिएका नेकपाका पोलिटब्यूरो सदस्य पदम राई आज भोजपुरबाट रिहा भएका छन । हतियार तथा बिस्फोटक पदार्थ सम्बन्धी मुद्दामा आरोप लगाइ प्रहरीले मोरङबाट रिहा भए लगत्तै पक्राउ गरि हिजो भोजपुर लगेको थियो । नेता राईसँगै अर्का नेकपाका स्थानीय नेता उद्धव बस्नेतलाई पनि आजै रिहा गरेको छ […]

२०७४ फाल्गुन १६ गते, बुधबार

सांसद रेशम चौधरीद्वारा आत्मसमर्पण

काठमाडौँ, १४ फागुन । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । २०७२ भदौ २७ मा कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालक मारिएका थिए । प्रहरीले चौधरी सो घटनाको मुख्य योजनाकार रहेको बताउँदै आएको छ । […]

२०७४ फाल्गुन १४ गते, सोमबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ । हिजोबसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो । […]

२०७४ फाल्गुन १३ गते, आईतवार

नेपाल-भारत प्रबुद्ध समूहको बैठक सुरु

काठमाडौं, फागुन १२ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को सातौं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । हरेक तीन महिनामा बस्ने समूहको बैठक आज र भोलि दुई दिनसम्म चल्नेछ । नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धी पुनरावलोकन, दुई देशबीचको खुला सिमानाका समस्या तथा समाधान, दुई देशबीचको व्यापार, सांस्कृतिक विकासलगायतका विषयमा दुवै देशका सरकारलाई प्रतिवेदन बुझाउने […]

२०७४ फाल्गुन १२ गते, शनिबार

सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न निर्देशन

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण […]

२०७४ फाल्गुन ११ गते, शुक्रबार

भ्रष्टाचार हुने मुलुकमा नेपाल १२२ औँ स्थानमा

काठमाडौं, १० फागुन । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो । गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो । सन् २०१७ को […]

२०७४ फाल्गुन १० गते, बिहीबार

एमाले संविधान संशोधनमा सकारात्मक

काठमाडौं, १० फागुन । सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ । संघीय समाजवादी फोरमका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो । त्यसका लागि एमालेले कार्यदल बनाउने भएको छ । ‘संविधान संशोधनप्रति एमाले सकारात्मक देखिएको छ,’ फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘अब व्यवहारमा हेर्न बाँकी छ ।’ उनका […]

२०७४ फाल्गुन १० गते, बिहीबार

५० प्रतिशतभन्दा बढी सीमा–स्तम्भ गायब

काठमाडौं, ९ फागुन । कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी आधाभन्दा बढी सीमा स्तम्भ हराएका छन् । मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म आधाभन्दा बढी सीमा स्तम्भ हराएको टोलीले जनाएको छ । यी दुई जिल्लाका सीमा स्तम्भको प्रारम्भिक सर्भे […]

२०७४ फाल्गुन ९ गते, बुधबार

जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई नाम किन चाहिएको हो ?

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनिएकोमा आश्चर्य प्रकट गरे । आज प्रकाशित नयाँ पत्रिका दैनिकबाट उनको भनाई जस्ताको तस्तै– नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल […]

२०७४ फाल्गुन ९ गते, बुधबार