राजनीति

एमाले–माओवादी एकता प्रक्रिया लम्बिने संकेत

काठमाडौं , ६ फागुन । नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको […]

२०७४ फाल्गुन ६ गते, आईतवार

देउवा असफल भैइसके : सिंह

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापती शेरवहादुर देउवा नेतृत्वमा असफल भएको बताएका छन् । आज भरतपुरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता सिंहले पार्टी विधि,विधान र संस्थागत रुपमा चल्न नसकेको आरोप लगाए । उनले पार्टीलाई केन्द्रदेखि तल्लो तहसम्म सुधार गरेर पुरानै अवस्थामा लैजानुपर्ने बताए । पार्टी विधानअनुसार चल्न […]

२०७४ फाल्गुन ५ गते, शनिबार

सांसद सुरेशचन्द्र दास भारतीय मतदाता !

काठमाडौं, ५ फागुन । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । काठमाडौं, फागुन ५ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेसचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । प्राप्त कागजात अनुसार […]

२०७४ फाल्गुन ५ गते, शनिबार

माओवादी केन्द्र सरकारमा नजाने संकेत

काठमाडौं, ४ फागुन । माओवादी केन्द्रले पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ । तत्काल एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ । जनताको बहुदलीय जनवादमा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष […]

२०७४ फाल्गुन ४ गते, शुक्रबार

संसद भवन प्रवेश गर्न खोजेका सांसदलाई सेनाले फाल्यो

काठमाडौं, ३ फागुन । राजनीतिक संकटको सामना गरिरहेको माल्दिभ्समा बुधबार सेनाले संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदहरुलाई संसद परिसरबाट बलपूर्वक बाहिर निकालेको छ । त्यहाँको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले केही तस्वीर ट्वीट गरेको छ । तस्वीरमा सेनाका जवानले सांसदहरुलाई उचाल्दै संसद भवनको कम्पाउन्ड बाहिर फालेको देखिन्छ । माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकाल घोषणा […]

२०७४ फाल्गुन ३ गते, बिहीबार

‘दुई नेताकोमात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन ‘

काठमाडौं, २ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनलेमात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् । बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए । उनले भने–‘दुई नेताको व्यवस्थापनलेमात्रै हुँदैन । पहिला पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सन्चालनको […]

२०७४ फाल्गुन २ गते, बुधबार

युवा जनस्वयम सेवक धादिङ र नुवाकोटको जिल्ला सम्मेलन सम्पन्न

काठमाण्डौ , २ फागुन । राष्ट्रिय युवा जनस्वयम सेवक पश्चिम तामसालिङ ब्यूरो अन्तर्गत धादिङ र नुवाकोटमा जिल्ला सम्मेलनहरु सम्पन्न भएका छन् । धादिङमा माघ २७ गते पाल्टेन लामा अध्यक्षसहित १९ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । उक्त सम्मेलनको संचालन पाल्टेन लामाले गरेका थिए भने प्रमुख अतिथी राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रिय सदस्य तथा पश्चिम […]

२०७४ फाल्गुन २ गते, बुधबार

‘वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र ‘

काठमाण्डौ , १ फागुन । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र गएको ठोकुवा गरेका छन । महासचिव बैद्यले तेइसौं जनयुद्ध दिवसको अवसर पारेर जारी गरेको प्रेस बिज्ञाप्तीमा सो ठोकुवा गरेका हुन् । बैद्यले यस जटिल स्थितिमा माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध तुल्याउने काममा […]

२०७४ फाल्गुन १ गते, मंगलवार

‘पार्टी एकता गोठालाले काँध मिलाए जस्तो होइन ‘

काठमाडौं, २९ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकता ‘गाई हेर्न गएका गोठालाले काँध मिलाए जस्तो’ सहज नभएको बताएका छन् । नेपाल निर्माण उद्योग परिषद्को तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले माओवादीसंग कयौं बिषयमा कुरा मिल्न बाँकी रहेकाले एकता भन्दा पहिला संगठनात्मक, बैचारिक र सिद्धान्तको एकता मिल्नु […]

२०७४ माघ २९ गते, सोमबार

प्रहरी जनमुखी, पारदर्शी र संविधानअनुरुप चल्नुपर्ने

काठमाडौं, २८ माघ । प्रदेश प्रहरी कार्यालय पोखराको नवनिर्मित सुविधासम्पन्न भवन आज उद्घाटन गरिएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिव रु चार करोड ४८ लाखको लागतमा बनेको सो तीनतले पक्की भवनमा ३० कोठा छन् ।पार्दीस्थित तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको हातामा निर्मित उक्त भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार उद्घाटन गर्दै प्रहरी जनमुखी, […]

२०७४ माघ २८ गते, आईतवार