राजनीति

पाेखरा विमानस्थलमा बम

काठमाडौं, ३० बैशाख । पोखरा विमानस्थल नजिक बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेट नजिकै बम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रदेश नं. ४ को सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री बादल विमानस्थल पुगेपछि विमानस्थलमा बम भेटिएको हो । बम राखिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । र, […]

२०७५ बैशाख ३० गते, आईतवार

नेपाल बन्दको प्रभाब : ठाउँठाउँमा बम विष्फोट, बस , ट्रक र ट्याक्सीमा आगजनी र तोडफोड

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आज गरेको नेपाल बन्दको चौतर्फी प्रभाब परेको छ । बन्दको अबज्ञा गर्दै चलेका सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड भएको छ । यसै क्रममा आज बिहानै काठमाडौँमा दुईवटा ट्याक्सीमा तोडफोड भएको छ । त्यसैगरी […]

२०७५ बैशाख ३० गते, आईतवार

भारतीय पेन्सन क्याम्पमा टाईम बम

काठमाडौं, ३० बैशाख । बुटवलमा रहेको भारतिय पेन्सन क्याम्पमा अाज टाईम बम भेटिएको छ । पेन्सन क्याम्प पट्टा वितरण साखाको भवनमा बम भेटिएको बुझिएको हो । बिहान साढे ३ बजेतिर मोटरसाइकलमा आएका दुईजनाकाे समूहले टाईम बम विस्फोट गराउन खोजेको तर बम बिष्पोट नभएको क्याम्प नजिकैका स्थानीयले बताएका छन । यसअघि नेकपाले बुटवलको जितगढि किल्लामा भारतीय […]

२०७५ बैशाख ३० गते, आईतवार

सवारीमा बढी भाडा लिनेमाथि कारवाही हुने

काठमाडौं, ३० बैशाख । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारवाही गर्न केन्द्रीत भएको छ । सार्बजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो । सार्बजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारवाही गर्ने विभागले जनाएको छ […]

२०७५ बैशाख ३० गते, आईतवार

वैद्य माओवादीको शान्तिपूर्ण जुलुसमाथि प्रहरी दमन

काठमाडौँ, २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीको शान्तिपूर्ण जुलुसमाथि प्रहरी दमन भएको छ ।उक्त शान्तिपूर्ण जुलुसवाट माओवादीका नेता सिपी गजुरेल ‘गौरव’सहित नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको नरदेवीबाट शुरु भएको विरोध ¥याली रत्नपार्कको बसपार्क अगाडि आईपुगे पछि प्रहरीले हस्तक्षेप गरेर पार्टीका स्थायी समिति सदस्य तथा देजमा, नेपालका केन्द्रीय अध्यक्ष सी.पी गजुरेल सहित […]

२०७५ बैशाख २९ गते, शनिबार

भारतीय सांसद कीर्ति आजादलाई नेपालको दुश्मन घोषणा गर्न माग

काठमाडौं, २९ वैशाख । नेपालि कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस कडा आपत्ति जनाउदै आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्नसमेत निधिले आग्रह गरेका छन् । आजादले शुक्रबार ट्वीट गर्दै जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर दुई […]

२०७५ बैशाख २९ गते, शनिबार

अदालतबाट रिहा भए लगत्तै पुन: पक्राउ

काठमाडौं, २८ बैशाख । प्रहरीले नेकपाका केन्द्रीय सदस्य किरण राईलगायतका ७ जना नेता कार्यकर्तालाई उदयपुरस्थित नेपाल बार एसोसिएसनको अफिसवाट कानून व्यावसायी, मानवधिकारवादी र पत्रकारहरुको सामुन्नेबाट राती १० बजे पुनः गिरफ्तार पुन :गरेको छ । विहीबार दिउँसो उदयपुर अदालतले उनीहरुलाई छाड्ने निर्णय गरेपनि अदालत परिषरमा नै दर्जनौं पुलिसले गिरफ्तार गर्ने भएपछि उनीहरुलाई नेपाल बार एसोसिएसन उदयपुरले […]

२०७५ बैशाख २८ गते, शुक्रबार

मोदीको भ्रमण नकारात्मक इतिहासकै एक नयाँ पाना

काठमाडौं, २७ वैशाख । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणका लागि ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति—२०७५’ले ‘ मोदी नेतृत्वको सरकारले नाकावन्दी लगायत विगतमा नेपाल र नेपाली जनताप्रति देखाएको व्यवहारहरुले यो भ्रमण पनि नकारात्मक इतिहासकै फगत एक नयाँ पाना बाहेक केही होइन, हुने छैन ‘ भन्ने ठोकुवा गरेको छ । भोलीदेखि हुने भनिएको भारतका प्रधानमन्त्री […]

२०७५ बैशाख २७ गते, बिहीबार

महाथिर मोहम्मद पुन: प्रधानमन्त्री बन्ने

काठमाडौं, २७ वैशाख । मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । निर्वाचन परिणामसँगै आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको […]

२०७५ बैशाख २७ गते, बिहीबार

प्रधानमन्त्रीलाई जुत्तामा पस्केर दिइयो खाना !

काठमाडौं, २६ बैशाख । इजरायल भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीर विभिन्न संचारमाध्यमले प्रकाशित गर्दै इजरायलले ‘पाहुनाको अपमान’ गरेको ठहर गरेका छन् । इजरायली सेलिब्रेटी शेफ मोशे सेगेभले जापानी […]

२०७५ बैशाख २६ गते, बुधबार