राजनीति

‘जनताको मुक्ति नभएसम्म आन्दोलनबाट फर्कनौं ‘

काठमाण्डौ , २४ चैत । नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्युरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरंजगले जनताको मुक्ति नभएसम्म आन्दोलनबाट नफर्कने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार नेकपाले रुपन्देहीको बुटवलमा २९ औं जनआन्दोलन दिवसको अवसरमा गरेको बृहत आमसभामा बोल्दै नेता चन्दले राज्य जनताप्रति उत्तरदायी नभएको भन्दै जनताहरुले यतिबेला राज्यविहिन भएको अनुभूति गरिरहेको बेला आफूहरुले […]

२०७४ चैत्र २४ गते, शनिबार

बन्धक जिसस प्रमुखको प्रहरीद्वारा उद्धार

काठमाडौं, २४ चैत । इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरीले बन्धक बनाएका जिल्ला समन्वय समिति (जिसस) दोलखाका प्रमुख डबल पाण्डेको उद्धार गरेको छ । कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले पाण्डेलाई ६ घण्टादेखि बन्धक बनाइ राखेका थिए । गाउँपालिका केन्द्र सुनखानी आसपासमा राख्नुपर्ने भन्दै कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले लापिलाङ जाने क्रममा प्रमुख पाण्डेको गाडी […]

२०७४ चैत्र २४ गते, शनिबार

सचिवहरुको सरुवा

काठमाडौँ, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ । महेन्द्रमान गुरुङलाई […]

२०७४ चैत्र २३ गते, शुक्रबार

भारतीय सहयोग प्रतिबद्धता शून्यमा सीमित

काठमाडौं, २३ चैत । भारतले नेपाललाई दिएको अधिकांश आर्थिक सहयोग प्रतिबद्धता पूरा गरेको छैन । ठूलो रकम सहयोग गर्ने प्रतिबद्धता जनाउने, तर कम उपलब्ध गराउने वा उपलब्ध नै नगराउने प्रवृत्ति भारतको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार भारतले ११ वर्षमा १ खर्ब ३९ अर्ब ९१ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, ३२ […]

२०७४ चैत्र २३ गते, शुक्रबार

प्रधानमन्त्री अोलीलाई फणीन्द्र नेपालको पत्र, इतिहासले कसैलाई पनि पटक–पटक मौका दिँदैन

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं । आज म तपाईंलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अध्यक्षको हैसियतले भन्दा पनि मैले व्यक्तिगत रुपमा सन् १८१६ मार्च ४ को सुगौली सन्धि, सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र ग्रेटर नेपालका विषयमा विगत दुई दशकदेखि आवाज उठाइरहेको सन्दर्भका […]

२०७४ चैत्र २२ गते, बिहीबार

रेशम चौधरीलाई तत्काल शपथ गराउन माग

काठमाडौं, २२ चैत । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको बैठकले कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । […]

२०७४ चैत्र २२ गते, बिहीबार

एमाले – माके एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २२ चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास हुने बताइएको छ । कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्न र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा कुरा मिलेको छैन । संयोजन समितिको […]

२०७४ चैत्र २२ गते, बिहीबार

६ बर्षमा ६ प्रधानमन्त्रीको भारत भ्रमण, समस्या जहाँको त्यहीँ

काठमाडौं, २१ चैत । पछिल्ला ६ बर्षमा नेपालका ६ प्रधानमन्त्रीले छिमेकी मुलुक भारत भ्रमण गरे पनि भारतको अनधिकृत बाँध तथा तटबन्धबाट पीडित नेपालीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषय भने अगाडि बढ्न सकेको छैन । यो अवधिमा सबैजसो प्रधानमन्त्रीले भ्रमणमा आफ्ना समकक्षीसँगको भेटमा डुवान समस्यालाई प्रमुख मुद्दा बनाइएको दाबी गरे पनि अहिलेसम्म किसानले राहत भने […]

२०७४ चैत्र २१ गते, बुधबार

शान्तिपूर्ण -यालीमा प्रहरी हस्तक्षेप

काठमाडौं, २० चैत । नेपाल कम्युनिस्ट पार्टीकाे शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे छ । काठमाडौंको शान्तिबाटिकमा प्रहरीले हस्तक्षेप गरी -याली गर्न नदिएकाे हाे । कार्यक्रमलार्इ राेक्न माथिबाट अादेश अाएकाे भन्दै डिएसपीकाे नेतृत्वमा रहेकाे प्रहरीले नेकपाकाे शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेकाे ब्ताइएको छ नेकपा निकट जनवर्गीय संगठनहरूकाे अायाेजनामा साे कार्यक्रम अायाेजना गरिएकाे थियाे। शान्तिबाटिकमासयौंको संख्यामा जम्मा भएका […]

२०७४ चैत्र २० गते, मंगलवार

गृहमन्त्रीले ल्याए ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना

काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलन गृहमन्त्री रामबहादुर थापाले छुट्टा–छुट्टै ९ ओटा विषय समेटेर गृह प्रशासनको नीतिगत तथा कानुनी सुधारका ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् । कार्ययोजनामा राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई […]

२०७४ चैत्र १९ गते, सोमबार