सडक विस्तारबिरुद्ध प्रदर्शन
काठमाडौं, १४ चैत । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारको विरोध गर्दै माइतीघरमन्डलामा सभासहित प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरुले सडक विस्तार र निर्माणका नाममा आफूहरुको बिचल्ली बनाउन लागिएको आरोप लगाएका छन् । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आह्वानमा भएको विरोधसभामा काठमाडौं, ललितपुर र भक्तपुरका नागरिकको सहभागिता थियो । विरोधसभा अनियन्त्रित भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको छ […]
२०७४ चैत्र १४ गते, बुधबार