राजनीति

केपी ओली स्वदेश फर्कंदै

काठमाडौं, ४ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन ।स्वास्थ्य परिक्षणका लागी थाईल्याण्डको बैंकक गएका ओली थाई एअरवेजको विमानबाट मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको अधिकारीले बताए । थाइल्यान्ड प्रस्थान […]

२०७४ माघ ४ गते, बिहीबार

कांग्रेसमा कोइराला परिवारको विरासत फर्काउने उदघोष

काठमाडौं, ३ माघ । कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको थियो । गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका तीन नेताले सात महिनापछि […]

२०७४ माघ ३ गते, बुधबार

नयाँ राष्ट्रपति/उपराष्ट्रपतिका लागि लबिङ सुरु

काठमाडौं, २ माघ । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिंदै गएको छ । निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख बाम बठबन्धनबाटै हुने देखिएको छ । बाम गठबन्धनबाट राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकाक्षीले आन्तरिक […]

२०७४ माघ २ गते, मंगलवार

नेपाली युवाको विदेशमा बिजोग

काठमाडौं, १ माघ । म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले […]

२०७४ माघ १ गते, सोमबार

दसवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौं, ३० पुस । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग समय […]

२०७४ पुष ३० गते, आईतवार

डा. केसी अनसन तोड्दै

काठमाडौं, २९ पुस । बिगत छ दिनदेखि आमरण अनसनमा बसेका बसेको डा. गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् । शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा. केसीले आज अनसन तोड्ने भएका हुन् । मन्त्री बोहोराले डा.केसीसँग पाँच बुँदे सहमति गरेका छन् । डा. केसीसँग चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा […]

२०७४ पुष २९ गते, शनिबार

छिन्ताङ काण्डमा मारिएकालाई शहीद घोषणा

काठमाडौं, २८ पुस । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन पञ्चायत व्यवस्थाको समयमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा १६ जना मारिएका थिए । सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका बेला उक्त हत्याकाण्ड […]

२०७४ पुष २८ गते, शुक्रबार

माओवादीबाट सहभागी मन्त्रीहरुले राजनीनामा दिने

काठमाडौँ, २८ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट ७ मन्त्री र ९ राज्यमन्त्री सहभागी छन् । माओवादीले एमालेसँग चुनावी गठबन्धन घोषणा गरेसँग बिनाविभागीय बनेका मन्त्रीहरुले राजीनामा दिने भएका हुन । तत्कालिन कांग्रेस– माओवादी गठबन्धनमा बनेको सरकारमा माओवादी कोटाबाट मन्त्री बनेकाहरुले विना विभागीय […]

२०७४ पुष २८ गते, शुक्रबार

आज पृथ्वीजयन्ती

काठमाडौं,२७ पुस । आज पृथ्वीनारायण शाहको २९६औं जन्मजयन्ती , देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० ओटाभन्दा बढी भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे । उनको यही योगदानको कदर गर्दै पुस २७ […]

२०७४ पुष २७ गते, बिहीबार

ओली र दाहालद्वारा कार्यदललाई निर्देशन

काठमाडौं, २६ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित नेकपा एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई निर्देशन दिएका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले छलफल गरी चारबुँदे मापदन्डसहित निर्देशन दिएका हुन् । एमाले र माओवादी केन्द्रका […]

२०७४ पुष २६ गते, बुधबार