राजनीति

नेकपा गण्डक ब्यूरोका आर्थिक विभाग प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं, ३० कार्तिक । कास्की प्रहरीले नेकपा गण्डक ब्यूरो सदस्य एवं आर्थिक बिभाग प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ । हिरासतमा राखिएका नेकपा गण्डक ब्यूरो सदस्य एवं आर्थिक बिभाग प्रमुख गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं.८ जाल्पारोड डेरा गरि बस्ने वर्ष ३६ को कपिल भट्ट रहेका […]

२०७४ मंसिर १ गते, शुक्रबार

एमाले नेता पाण्डे घाईते

काठमाडौं, २९ कात्तिक । एमाले नेता राजेन्द्र पाण्डे घाईते भएका छन् । धादिङको प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (१) का उम्मेदवार रहेका पाण्डे सँयुक्त बाम गठबन्धनको चुनावी अभियानका क्रममा लडेर घाईते भएका हुन् । धुनिबेशी नगरपालिका ७ तोप्लाङ नजिक लडेर टाउको ढुङ्गामा ठोक्किँदा पाण्डेको टाउको, निधार, गाला र हातमा चोट लागेको छ । पौने एक […]

२०७४ कार्तिक २९ गते, बुधबार

राष्ट्रपति मुगाबे ‘सेनाको नियन्त्रणमा’

काठमाडौं, २९ कात्तिक । जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेलाई त्यहाँको सेनाले नियन्त्रण लिएको बताइएको छ । सेनाले गरेको रक्तपातविहीन सत्ता परिवर्तनलगत्तै राष्ट्रपति मुगाबेलाई नियन्त्रणमा लिइएको जिम्बाब्वेको सत्तारुढ दलले ट्वीटमार्फत् दाबी गरेको छ । मुगाबे ‘सुरक्षित तर सेनाको हिरासतमा’ रहेको दाबी गरिएको छ । ९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले उत्तराधिकारीको विवादमा उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि जिम्बाब्वेमा राजनीतिक कलह […]

२०७४ कार्तिक २९ गते, बुधबार

टेलिभिजन र रेडियो सेनाको नियन्त्रणमा

काठमाडौं, २९ कात्तिक । गहिरिदों राजनीतिक संकटका बीच सेनाले देशको सरकारी टेलिभिजन च्यानल र रेडियो स्टेशन नियन्त्रणमा लिएको छ । जिम्बाबेको राजधानी हरारेका केही क्षेत्रमा बम विस्फोट भएको आवाज सुनिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विस्फोट कसले र किन गराएको हो भन्ने प्रष्ट हुन सकेको छैन । दक्षिण अफ्रिकाका लागि जिम्बाबेका राजदूत इसाक मोयोले देशमा […]

२०७४ कार्तिक २९ गते, बुधबार

४ जना एआईजी बढुवामा

काठमाडौं ,२८ कात्तिक । बढुवा सिफारिस समितिको निर्णयअनुसार गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा थप चार जनालाई बढुवा सिफारिस गरेको छ । समितिको निर्णयअनुसार गृह मन्त्रालयले चार जना प्रहरी नायव महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने सिफारिस सूची प्रकाशित गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधव प्रसाद नेपाल र पंकज […]

२०७४ कार्तिक २८ गते, मंगलवार

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको सुझाव अस्विकार

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन्। परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए। ‘यो युएई भ्रमणमा जाने […]

२०७४ कार्तिक २७ गते, सोमबार

संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी

काठमाडौ, २४ कात्तिक । रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ। तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन्। तत्कालीन सभामुख, उपसभामुख, समितिका सभापतिसमेत गरी सात जनाले सवारीसाधन अझै फिर्ता नगरेको संसद् सचिवालयले जानकारी दिएको छ। कानुनतः पदबाट मुक्त भएको सात दिनभित्र सवारी फिर्ता गर्नुपर्छ। व्यवहारमा […]

२०७४ कार्तिक २४ गते, शुक्रबार

बाग्मती सफाइका नाममा पाँच अर्ब सकियो

काठमाडौं, २१ कात्तिक । बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर प्रगति शुन्य बराबरमै छ । सरकारले ०५२ सालमा बाग्मती सफाइ अभियान थालेको थियो । पहिलो चरणमा […]

२०७४ कार्तिक २१ गते, मंगलवार

चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौं, २० कात्तिक । चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ । चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् । चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको […]

२०७४ कार्तिक २० गते, सोमबार

भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन माग

काठमाडौं, १९ कात्तिक । पूर्वका झापा र मोरङका दुई शिविरमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउनुपर्ने शरणार्थीले माग गरेका छन् । राष्ट्रिय पुनर्मिलन समिति, भुटानले शनिबार शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगको मुख्य कार्यालय जेनेभालाई इमेल ज्ञापनपत्र पठाउँदै त्यस्तो माग गरेका हुन् । तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहेका इच्छुक शरणार्थीलाई स–सम्मान स्वदेश फर्काउन समितिको माग छ । […]

२०७४ कार्तिक १९ गते, आईतवार