राजनीति

‘ठूला दलले ठगे ‘

काठमाडौं , २६ भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधँै ठग्दै आएको आरोप लगाएका छन । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला दलले सधँै मधेशी जनताका हक अधिकारलालाई बेवास्ता गरी ठगेको आरोप लगाएका हुन् । तेस्रोचरणको […]

२०७४ भाद्र २६ गते, सोमबार

आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस

काठमाडौं, २५ भदौ । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए । साँझ घर फर्केका यादवले चौधारी मत माग्न आएको परिवारले जानकारी दिएपछि थप आक्रोशित भएका थिए । यादवले अन्नपूर्णसँग शनिबार भने–‘कुनै बेला ममाथि २८ ओटा मुद्दा लगाउने […]

२०७४ भाद्र २५ गते, आईतवार

सवारीसाधनमा नेपालीमा विद्युतीय (इम्बोस्ड) नं. प्लेट राख्न माग

काठमाडौँ, २१ भदौ । यातायात व्यवस्था विभागले भदौ ९ गतेदेखि वाग्मती अञ्चलमा शुरु गरेको सवारीसाधनमा विद्युतीय (इम्बोस्ड) नम्बरप्लेट नेपाली भाषामा राखिनुपर्ने सांसदहरुको माग छ । व्यवस्थापिका–संसद्को विकास समितिको आजको बैठकमा सांसदहरुले यस्तो माग गर्नुभएको हो । सबै जनताले नेपाली भाषासमेत नबुझ्ने अवस्थामा अङ्ग्रेजी भाषामा सवारीसाधनको नं प्लेट राखेर दुर्घटना गराएर भाग्ने सवारीसाधनको नम्बर पीडितले थाहा […]

२०७४ भाद्र २१ गते, बुधबार

नेकपाका सेक्रेटरी गिरफ्तार

काठमाण्डौ , २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका उदयपुर सेक्रेटरीलाई प्रहरीले गिरफ्तार गरेको छ । आज विहान सेक्रेटरी बाबुराम, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा तामाङ र जिल्ला कार्यालय सदस्य सुरेन्द्रलाई गिरफ्तार गरेको छ । गाईघाटस्थित पार्टी कार्यालयमै प्रहरी प्रवेश गरी गिरफ्तार गरेको नेकपा सगरमाथा ब्युरोले जनाएको छ ।

२०७४ भाद्र २१ गते, बुधबार

भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं, १९ भदौ । संसद्को राज्य व्यवस्था समितिले भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने गरी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक पारित गरेको छ । समितिको आज बसेको बैठकमा नेपाली कांग्रेस सांसदहरुले विधेयकमाथिको संशोधन फिर्ता लिएपछि भ्रष्टाचारीले आजीवन निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहितको विधेयक पारित गरेको हो । त्यस्तै फौजदारी अभियोगमा जेल जीवन बिताएको ६ वर्षपछि […]

२०७४ भाद्र १९ गते, सोमबार

तार काट्ने अभियान सुरु

काठमाडौं, १८ भदौ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं उपत्यकामा अनुमति नलिई टाँगिएका विभिन्न सेवाप्रदायक तथा व्यापारिक संस्थाका तार काट्ने अभियान सुरु गरेका छन । अव्यस्थित तारका कारण सडक दुर्घटना बढेको र शहरको सौन्दर्यसमेत बिगारेको भन्दै मन्त्रालयले अनुमति विना टाँगिएका तार काट्न सुरु गरेको हो । सञ्चारमन्त्री बस्नेतले नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले राखेका पोलमा […]

२०७४ भाद्र १८ गते, आईतवार

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने

काठमाडौं, १८ भदौ । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताए । उनले नगरपालिकाभित्रका छोराछोरी […]

२०७४ भाद्र १८ गते, आईतवार

संवैधानिक इजलासलाई पूर्णता

काठमाडौं, १६ भदौ । न्याय परिषद्ले संवैधानिक इजलासलाई पूर्णता दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा संवैधानिक विवाद सुनुवाइका लागि संवैधानिक इजलासलाई पूर्णता दिइएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश पराजुलीका साथै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र दीपककुमार कार्की तोकिएका छन् । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको अवकाशपछि […]

२०७४ भाद्र १६ गते, शुक्रबार

कांग्रेसमा नयाँ-नयाँ गुट

काठमाडौ, १५ भदौ । जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए। सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे। मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो। देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए। भदौ ७ मा […]

२०७४ भाद्र १५ गते, बिहीबार

महाकालीमा चारलेनको पुल निर्माण हुने

काठमाडौं, १३ भदौ । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । आठसय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । यसका लागि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ […]

२०७४ भाद्र १३ गते, मंगलवार