राजनीति

‘१० दिनभित्र निर्वाचन कानुन नआए वैशाख/जेठमा चुनाव असम्भव ‘

काठमाडौं,५ माघ । निर्वाचन आयोगले अबको १० दिनभित्र निर्वाचन कानुन र मिति घोषणा नभए वैशाख-जेठमासमेत निर्वाचन सम्भव नहुने प्रस्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले १० दिनभित्र कानुन नबनेको अवस्थामा वैशाख वा जेठमा निर्वाचन गर्न नसकिने बताएका छन् । आवश्यक कानुनसहित मिति घोषणापछिको १२० दिन निर्वाचन आयोगलाई निर्वाचनको तयारीका लागि लाग्छ ।

२०७३ माघ ५ गते, बुधबार

उच्च अदालतका न्यायाधीशद्वारा शपथग्रहण

काठमाडौं,५ माघ । न्यायपरिषद्ले गत पुस २८ गते गरेको सिफारिसबमोजिम आज उच्च अदालतहरुमा नियुक्त गरिएका ८० जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथग्रहण रेका छन । सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा उनीहरुलाई न्यायाधीश नियुक्त गरी शपथ गराइएको हो । विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका लागि उनीहरुलाई नियुक्त गरिएको हो । प्रधानन्यायाधीश […]

२०७३ माघ ५ गते, बुधबार

महाअभियोग प्रस्ताव अघि बढ्यो

काठमाडौं, ५ माघ । सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य ठहरिएका लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा लगाइएका आरोपहरुबारे अध्ययन गर्न व्यवस्थापिका–संसदको महाअभियोग सिफारिस समितिले उपसमिति गठन गरेको छ । सिंहदबारस्थित समितिको कार्यालयमा बुधबार बसेको बैठकले १५७ जना सांसदहरुले कार्कीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएका आरोपबारे छानबिन गर्न उपसमिति गठन गरेको हो । […]

२०७३ माघ ५ गते, बुधबार

सडक विस्तार बिरुद्ध आन्दोलन

काठमाडौँ, ४ माघ । सडक डिभिजन कार्यालयले जबरजस्ती सडक विस्तार गर्न लागेको भन्दै मकवानपुरको हेटौंडा नगरपालिकाका स्थानीय आन्दोलित भएका छन् । सडक डिभिजन कार्यालय मकवानपुरले हेटौंडाको मूल सडकको बीचबाट २५-२५ मिटर दायाँ–बायाँ अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन सूचना सार्वजनिक गरेपछि प्रभावित घरधनी तथा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरुले सरकारले गैरकानुनीरुपमा जबरजस्ती सुकुम्बासी बनाउन खोजेको […]

२०७३ माघ ४ गते, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शीतल निवासमा

काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शीतल निवास पुगेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुसुमको विवाहमा सहभागी हुन उनि त्यहा पुगेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा निशाकुसुम र अभिशेष यादवसँग विवाह भइरहेको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाती हुन् । पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा अभिशेष […]

२०७३ माघ ३ गते, सोमबार

पूर्वराजा ज्ञानेन्द्रलाई शीतल निवासको निम्तो

काठमाडौं, ३ माघ । केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका छन् । २०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा […]

२०७३ माघ ३ गते, सोमबार

‘सरकार पुनर्गठनको कुरा हल्लामात्र ‘

काठमाडाैँ, २ माघ । सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार पुनर्गठन हुने कुरा हल्लामात्र भएको बताएका छन् । विराटनगर संचारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले संविधान संशोधन प्रस्ताव पास गराउन सरकार पुनर्गठन हुने हल्लामा सत्यता नरहेको स्पष्ट पारे । उनले दलहरुबीच सहमति जुटेपछि स्थानीय तह निर्वाचनको मिति तोक्ने बताए । आगामी जेठसम्ममा स्थानीय तहको निर्वाचन गर्नेगरी गृहकार्य […]

२०७३ माघ २ गते, आईतवार

उच्च अदालतमा न्यायाधीश नियुक्त !

काठमाडौं, २९ पुस । न्यायपरिषदले गएराति अबेर उच्च अदालतमा न्यायाधीशहरु नियुक्त गरेको स्रोतले बताएको छ । प्रधानन्यायाधीश एवं न्यायपरिषद अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा हिजो दिउँसो बसेको बैठक निष्कर्षविहीन भएकोमा राति अबेर फेरि बैठक बसेर न्यायाधीश बन्नेहरुको नाम टुंग्याइएको स्रोतको ठोकुवा छ । जसमा सर्वोच्च अदालतबाट प्रतिनिधित्व गर्ने वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायसमेतको असहमति रहेको दावी गरिएको […]

२०७३ पुष २९ गते, शुक्रबार

देशभर लोडसेडिङ अन्त्य !

काठमाडौं, २७ पुस । ऊर्जामन्त्री जर्नादश शर्मा ‘प्रभाकर’ले देशभर लोडसेडिङको अन्त्य गर्ने तयारीमा भइरहेको बताएका छन् । आज अर्घाखाँची महोत्सवको सन्धीखर्कमा उद्घाटन गर्दै ऊर्जामन्त्री प्रभाकरले ‘अब देशभर नै लोडसेडिङ अन्त्य गर्ने तयारीमा ऊर्जामन्त्रालय लागिरहेको छ । थप उत्पादन र वितरणको कामलाई पनि सँगसँगै लगिने छ’ भने । कार्यक्रममा बोल्दै मन्त्री प्रभाकरले अर्घाखाँचीको सिमानामा रहेको नौमुरे […]

२०७३ पुष २८ गते, बिहीबार

एमालेले संविधान संशोधन विधेयक असफल पार्ने

काठमाडौं, २८ पुस । प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलदेखिका बाँकी सबै प्रक्रियामा विरोध गर्ने भएको छ । संशोधन विधेयक पारित हुन नदिने रणनीतिमा एमाले छ । भद्र विरोधलाई कमजोरी ठानेर सरकारले संसदीय अभ्यास र परम्पराविपरीत संशोधन विधेयक पेस गरेको निष्कर्षसहित एमाले त्यो विधेयक फिर्ता लिनुपर्ने अडानमै छ । विधेयक असफल बनाउन विपक्षी […]

२०७३ पुष २८ गते, बिहीबार