राजनीति

बहिर्गमित जनमुक्ति सेनामाथि प्रहरी धरपकड

काठमाडौँ, २७ भदौ । शान्तिपूर्ण धर्नामा बसिरहेका बहिर्गमित जनमुक्ति सेनामाथि युएनका कर्मचारीले अमानविय व्यवहार गरेका छन् । युएनका कर्मचारीले धर्नामा बसिरहेका बहिर्गमित जनमुक्ति सेनामाथि प्रहरी धरपकड गराएर ५० जना पक्राउ गराएका छन् । अयाेग्यकाे बिल्ला खारेज, जनयुद्धमा खेलेकाे भूमिकाकाे सम्मान र पुनर्स्थापन, सर्वाेच्च अदालतकाे अादेश खारेजीलगायतका मागसहित धर्नामा बसेका बहिर्गमित जनमुक्ति सेनाका नेता-कार्यकर्तालाई युएनका कर्मचारीले […]

२०७३ भाद्र २७ गते, सोमबार

सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन विधेयक स्वीकृत

काठमाडौँ, २७ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक, २०७२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमा उठेका छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले एक वर्षअघि सरकारले […]

२०७३ भाद्र २७ गते, सोमबार

क्रान्तिकारी पत्रकार संगठनद्वारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, २७ भदौ । नेकपा (माओवादी) निकट क्रान्तिकारी पत्रकार संगठनले सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई ज्ञापन बुझाएको छ । संचार गृहमा श्रमजीवि पत्रकार, कर्मचारी तथा कामदारको न्यूनतम पारिश्रमिक लागू गर्न र संचारमाध्यममा विदेशी लगानी रोक्न माग गर्दै संगठनले सूचना तथा संचारमन्त्री कार्कीलाई ज्ञापन बुझाएको हो । आइतबार मन्त्री कार्कीको कार्यकक्षमा संगठनका अध्यक्ष प्रभात चलाउनेको नेतृत्वमा […]

२०७३ भाद्र २७ गते, सोमबार

मोर्चाका चार नेता चारतिर

काठमाडौं,२६ भदौ । सो निर्णयप्रति उपेन्द्र यादवलगायतका नेताहरू असहमत थिए । औपचारिक विरोध नगरे पनि यादवसहितका अन्य मधेसी दलले त्यसको समर्थन गरेनन् । मधेसी र पहाडी समुदायबीच मानसिक चिरा पार्ने काममा महतो मुख्य पात्र भएको यादव पक्षधरको तर्क छ । रामसपाका महासचिव केशव झा केपी ओली र राजेन्द्र महतोहरूको अभिव्यक्तिले पहाडी र मधेसीबीच मानसिक चिरा […]

२०७३ भाद्र २६ गते, आईतवार

पुरानै पार्टीको पुनरावृत्ति नगर्ने डा भट्टराईको उद्घोष

काठमाडौं, २५ भदौ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले पुरानै पार्टीको पुनरावृत्ति हुने गरी काम नगर्ने बताएका छन । तमु राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले संविधान संशोधन गरी सङ्घीय ढाँचामा लगिनुपर्ने बताए । सबै अग्रगामी सोच राख्ने जाति, समुदाय एकै ठाउँमा बसेर […]

२०७३ भाद्र २५ गते, शनिबार

भारत सन्धी सच्याउन तयार

काठमाडौ, २५ भदौ । सुपुर्दगी सन्धी तथा पारस्परिक कानुनी सहायता (एमएलए) को मस्यौदा नेपालको कानुनअनुसार परिमार्जन गर्न भारत सहमत भएको छ । शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत गृहसचिव स्तरीय दुई दिने बैठकमा भारत सुपुर्दगी र एमएलएको मस्यौदा परिमार्जन गर्न सहमत भएको हो । सुपुर्दगी सन्धि र एमएलएको मस्यौदामा भारतले राखेका केही बुँदा नेपालको कानुनसँग मेल नखाने […]

२०७३ भाद्र २५ गते, शनिबार

संसदमा गणपूरक सङ्ख्या नपुगेपछि …

काठमाडौँ, २४ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा गणपूरक सङ्ख्याका बारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाएका थिए । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद् सचिवालयका कर्मचारीलाई सदस्यको सङ्ख्या गणना गर्न निर्देशन दिईन । सङ्ख्या गणना गर्नका लागि तीन मिनेटको घन्टी बजाएर समय प्रदान गरिएको थियो । सो समयमा पनि […]

२०७३ भाद्र २४ गते, शुक्रबार

आज १०२ औं विपी जयन्ती

काठमाडौ, २४ भदौ । आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०२ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । उनले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए । राणा शासनको […]

२०७३ भाद्र २४ गते, शुक्रबार

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाडौ, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पपछिको पुनर्निर्माणको अवस्था र राहतको अवस्था, आफ्नो आसन्न भारत भ्रमणलगायतका विषयमा आज व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्रीले संसद बैठकलाई सम्बोधन गर्ने तयारी भएको उनको सचिवालयले जानकारी दिएको छ । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । गत साउन १९ मा प्रधानमन्त्रीमा […]

२०७३ भाद्र २३ गते, बिहीबार

एमाले नेता पोखरेल विरुद्ध साइबर क्राइमको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

काठमाडौ, २२ भदौ । रंगभेदी ट्विट गरेर मधेशी समुदायको अपमान गरेका नेकपा एमाले नेता शंकर पोखरेल विरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले बुधबार महानगरिय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेल विरुद्ध दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको हो । एमाले नेता पोखरेलविरुद्ध […]

२०७३ भाद्र २२ गते, बुधबार