राजनीति

पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त

काठमाडौं, २७ पुस । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई हटाएर गोविन्द पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बैठकले दुई पटक सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । केपी शर्मा ओली सरकारले ज्ञवालीलाई सीईओ नियुक्त गरेको थियो । […]

२०७३ पुष २७ गते, बुधबार

आज पृथ्वी जयन्ती

काठमाडौं, २७ पुस । आज पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विक्रम संवत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए । उनको यही योगदानको कदर […]

२०७३ पुष २७ गते, बुधबार

एमाले सांसदद्वारा राष्ट्रिय एकता दिवस मनाउन आग्रह

काठमाडौं, २६ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसकोरुपमा मनाउन सांसदबाट माग भएको छ । व्यवस्थापिका–संसदमा मंगलबारको शून्य समयमा भाग लिँदै नेकपा एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे । स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका […]

२०७३ पुष २६ गते, मंगलवार

संसद बैठक सुचारु

काठमाडौं, २५ पुस । नियमित कार्यसूचीमा प्रवेश गर्दै सोमबार व्यवस्थापिका–संसदको बैठक सन्चालन भएको छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद सन्चालनमा अवरोध नगरेको बताइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ दलको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल भएको थियो । सो विधेयकमा थप संशोधनका […]

२०७३ पुष २५ गते, सोमबार

एमालेका मजदुर माओवादीतिर

काठमाडौं, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) भक्तपुर जिल्लाको छ नम्बर ईलाका (मध्यपुर थिमी नगर)को ऐतीहासीक दोस्रो सम्मेलन भब्य रुपले सफल भएको छ । सम्मेलन उत्घाटन हुनु अगाबै एमाले निकट मज्दुर संगठन (जिफन) को भक्तपुर जिल्लाको १५ नम्बर ईलाका अध्यळको नेतृत्वमा १२जना मज्दुर सदस्यहरुलाई ने.क.पा.(माओवादी) का भक्तपुर जिल्ला ईन्चार्ज क. आजाद खत्रीले टिका लगाई […]

२०७३ पुष २५ गते, सोमबार

संविधान संंशोधन विधेयक संसदमा टेबल, एमाले हेरेकोहेरै

काठमाडौँ, २४ पुस । संविधान संंशोधन विधेयक व्यवस्थापिका संसदमा टेबल भएको छ । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच आज सो विधेयक संसदमा पेश भएको हो । आज संसद बैठक सुचारु भए लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो । […]

२०७३ पुष २४ गते, आईतवार

‘निजी र सरकारी पाठ्यपुस्त बीचको विभेद अन्त्य हुन्छ’

काठमाडौँ , २३ पुस । शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् । ‘संस्थागत सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा पनि विभेद, त्यसको अन्त्यको लागि आउँने शैक्षिकसत्रबाटै कक्षा १ र २ पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’ मन्त्री पौडेलले भने । शनिबार संवाद डबलीमा खोजी प्रकाशनले […]

२०७३ पुष २४ गते, आईतवार

सत्तारुढ दल नै संविधान संशोधनको विपक्षमा

काठमाडौं, २३ पुस । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी संविधान संशोधनको विपक्षमा उत्रिएको छ । सो अध्यक्ष कमल थापाले मुख्य दलबीच समझदारी नबनाई संविधान संशोधन विधेयक अघि बढाउन नहुने बताएका छन् । रिपोर्टर्स क्लबका प्रतिनिधिको ज्ञापनपत्र शुक्रबार बुझ्दै अध्यक्ष थापाले दलबीच समझदारी नबनाईकन संविधान संशोधन विधेयक अघि बढाउन नहुनेमा जोड दिएका हुन् । ‘संशोधन प्रस्ताव […]

२०७३ पुष २३ गते, शनिबार

लोकमानको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा आईतवार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको सो मुद्दामा कार्की पक्षका कानुनी व्यवसायीले बहस गरेखा छन । कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, […]

२०७३ पुष २३ गते, शनिबार

आज एमालेसहितका ९ दलले जनप्रदर्शन गर्ने

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल एमालेसहितका ९ दलले आज जनप्रदर्शन गर्ने भएका छन । संविधान कार्यान्वयन, तोकिएकै समयभित्र तीनै तहको निर्वाचन, संविधान संशोधन राष्ट्रिय हितविपरीत भइरहेको भन्दै राष्ट्रिय एकताका लागि सरकारलाई दबाब दिने उद्देश्यले जनप्रदर्शन तथा आमसभा गर्न लागिएको बताइएको छ । यस बिषयमा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा बिहीबार […]

२०७३ पुष २२ गते, शुक्रबार