राजनीति

नेपाल पत्रकार महासङ्घको साधारणसभा सम्पन्न

काठमाडौ, २२ बैशाख । विधान संशोधन प्रस्ताव पेस हुनै नपाई चितवनको रत्ननगरमा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सम्पन्न भएको छ । श्रमजीवी पत्रकारको हकहितको पक्षमा रही, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै ११ बुँदे ‘चितवन घोषणापत्र’ जारी गरी साधारणसभा गएराति सम्पन्न भएको हो । नेपाल प्रेस युनियनले एक महिनाअघि नै […]

२०७३ बैशाख २२ गते, बुधबार

राष्ट्रिय सुचना आयोग आठौँ स्थापना दिवस मनाउँदै

काठमाडौ, २२ बैशाख । राष्ट्रिय सुचना आयोगले आज आफ्नो आठौँ स्थापना दिवस मनाउँदैछ । सुचना आयोग स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले शुभकामना व्यक्त सन्देश ब्यक्त गर्दै आफ्नो र सार्वजनिक सरोकारको कुनै पनि बिषयको सुचना माग्ने र पाउने हक भएको भन्दै यसको अधिकतम प्रयोग गर्न सबैमा आग्रह गरेका छन । बार्षिकोत्सवकै अवसरमा शुभकामना सन्देश […]

२०७३ बैशाख २२ गते, बुधबार

सरकार सत्तापक्ष र प्रतिपक्षको घेराबन्दीमा

काठमाडौं, २१ वैशाख । सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो रणनीति तयार पार्न थालेका छन् । व्यवस्थापिका–संसदको बजेट अधिवेशन सुरु भएसँगै प्रमुख विपक्षी नेपाली कांग्रेस संसदको दोस्रो अधिवेशनमा कडारुपमा प्रस्तुत् हुने देखिएको छ । सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेस सांसदहरुले सरकार परिवर्तनसम्मको आवाज उठाएका छन् । सरकार नै परिवर्तन […]

२०७३ बैशाख २१ गते, मंगलवार

नीति तथा कार्यक्रम २६ गते

काठमाडौँ,२१ वैशाख । सरकारले आगामी आव ०७३/७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदन समक्ष प्रस्तुत गर्ने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ । नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी […]

२०७३ बैशाख २१ गते, मंगलवार

संसदको बजेट अधिवेशन सुरु हुदै

काठमाडौं, २१ वैशाख । ब्यवस्थापिका–संसदको दोश्रो अधिवेशन ब्यवस्थापिका–संसद भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेआजदेखि शुरु हँदैछ । बर्षे अधिवेशनका रुपमा रहने संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०७३/७४ को बजेट प्रस्तुत हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस अधिवेशनलाई वैशाख २६ गते सम्बोधन गर्नेछिन् । अधिवेशनमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नयाँ आर्थिक […]

२०७३ बैशाख २१ गते, मंगलवार

प्रधानन्यायाधीशमा कार्कीको नाम पुन सिफारिस

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ । बैठकले सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए । परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी […]

२०७३ बैशाख २० गते, सोमबार

सरकार पूर्णरुपमा असफल : कांग्रेस

काठमाडौं, २० बैशाख । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले भोलिदेखि शुरु हुने व्यवस्थापिका संसद् बैठकमा सरकारविरुद्ध कडा ढंगले पेश हुने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले सो निर्णय गरेको बताइएको छ । संविधानको कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र कूटनीतिक क्षेत्रमा […]

२०७३ बैशाख २० गते, सोमबार

रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग

काठमाडौ, १९ बैशाख । रामप्रसाद राई फाउन्डेसन नेपालद्वारा आयोजित नयाँ बर्ष २०७३ को शुभकामना एवं बिभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका योद्धाको रुपमा राम प्रसाद राईको व्यक्तित्वका बारेमा बिशेष चर्चा गरिएको थियो । कार्यक्रमका सहभागीहरुले प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईप्रति सरकारले वेवास्था गरेको गरेकोमा आक्रोस व्यक्त गरेका थिए । […]

२०७३ बैशाख १९ गते, आईतवार

सर्वदलीय बैठक सम्पन्न , मोर्चाका नेता अनुस्पस्थित

काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भाको छ । बैठकमा मधेसी मोर्चाका नेताहरु भने उपस्थित भएनन् । बैठकमा प्रधानमन्त्री ओलीले पुनर्निर्माण, संसद् अधिवेशनलाई प्रभावकारी बनाउन र मधेसी मोर्चासँग गर्ने भनिएको वार्ताका बारेमा सर्वदलीय सुझाव लिएका छन् । प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक आह्वान गरी सुझाव संकलन गरेका हुन् । […]

२०७३ बैशाख १८ गते, शनिबार

सर्वदलीय बैठक बस्दै

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को बजेट अधिवेशन लगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन । सिंहदरबारमा बस्ने सो बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ ।बैठकमा बजेट अधिवेशनको तयारीका साथै, भूकम्पपछिको पुनःनिर्माण महाअभियानमा दलले परिचालन गर्ने स्वयम्सेवक र समसामयिक विषयमा बैठकमा छलफल हुने बताइएको […]

२०७३ बैशाख १८ गते, शनिबार