प्रधानमन्त्रीको झूठा आश्वसन टिक्दैन : देउवा
काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले जनतालाई झूठा आश्वासन दिएर सत्ता टिकाउन खोजेको आरोप लगाएका छन् । नेपाल महिला संघको अञ्चलस्तरीय नेतृत्वसम्बन्धी प्रशिक्षणको सोमबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीका झूठा आश्वासन अब धेरै नटिक्ने बताए । उनले सरकार आफैंले ढाँटेर जनताप्रति विश्वासघात गरेको भन्दै त्यसको भन्डाफोर गरिने चेतावनी दिए […]
२०७३ जेष्ठ १० गते, सोमबार