राजनीति

दुहबीमा गोलि चल्यो

काठमाडौ, ५ मंसिर । बृहत नागरिक समाजले सुनसरी जिल्लालाई टुक्र्याउन नहुने माग गर्दै निकालेको सदभाव र्‍यालीमा मधेसी मार्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास, ६ राउन्डभन्दा बढी हवाई फायर गरेको छ । त्यस क्रममा तीन प्रहरीसहित ९ जना घाईते भएको जनाइएको छ […]

२०७२ मंसिर ५ गते, शनिबार

कालोबजारी नियन्त्रणका लागि अनुगमन समिति बनाइने

काठमाडौ, ३ मंसिर । आजको मन्त्रिपरिषद बैठकले पुन:निर्माण विधेयक पारित नहुन्जेल राष्ट्रिय योजना आयोगमार्फत पुनर्निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । यसैगरी, मन्त्रिपरिषद्को आजको बैठकले तराईमा आन्दोलनरत दलहरुसँग वार्तालाई नयाँ उचाईका साथ प्राथमिकता दिने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कालोबजारी नियन्त्रणका लागि अनुगमन समिति बनाउने निर्णय गरेको छ । […]

२०७२ मंसिर ३ गते, बिहीबार

इन्धन सम्झौत गर्न सरकारी टोली चीन जाँदै

काठमाडौ, ४ मंसिर । सरकारले पेट्रो चाइनासँग इन्धनको व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय प्रतिनिधिमण्डल चीन पठाउँदैछ । वन मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाल आयल निगमसहितको उच्चस्तरीय टोली त्यसतर्फ जान लागेको हो । टोलीमा परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने छन् । टोलीले पेट्रो चाइनासँग इन्धन आयातको व्यापारिक सम्झौता गर्नेछ । भारतले अघोषितरुपमा […]

२०७२ मंसिर ४ गते, शुक्रबार

इन्धन सम्झौता गर्न नेपाली टोली चीन जाँदै

काठमाडौ, ३ मंसिर । आज चीनसँग इन्धन सम्झौता गर्न सरकारी टोली बेइजिङ जाने तयारी भइरहेको छ । चीनले चाहे जति इन्धन उपलब्ध गराउने बताएपछि त्यसका लागि सम्झौता गर्न सरकारी टोली चीन जान लागेको हो । आज बिहान आपूर्ति मन्त्रालयले छलफल गरेपछि टोली चीन पठाउन लागेको छ । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन हिजो चीनबाट […]

२०७२ मंसिर ३ गते, बिहीबार

मोर्चासग निर्णायक वार्ता हुदै

काठमाडौ २ मंसिर । मुख्य तीन दल र तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाबीच आज निर्णायक वार्ताको तयारी भएको छ । तर वार्ताका लागि समय र स्थान भने अझैसम्म तय भइसकेको छैन । मधेशी मोर्चाका नेताहरुले प्रदेश सिमांकनमा साझा धारणा बनाएर वार्तामा आउन भनेपनि मुख्य तीन दलले अहिलेसम्म साझा प्रस्ताव तयार पारेको छैन । प्रधानमन्त्री केपी […]

२०७२ मंसिर २ गते, बुधबार

अघोषित नाकाबन्दी तत्काल अन्त्य गर : प्रधानमन्त्री

काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारत सरकार र सम्बद्ध अधिकारीसँग अघोषित नाकाबन्दी तत्काल अन्त्य गरी अत्यावश्यक बस्तुको आपूर्ति सुचारु गर्न र दुई देशबीचको युगौँ पुरानो सम्बन्धमा थप प्रतिकूलता उत्पन्न हुन नदिन जोडदार आग्रह गर्नुभएको छ । आज साँझ देशबासीका नाममा दिनुभएको आफू प्रधानमन्त्री भएपछिको पहिलो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपाल सरकार र […]

२०७२ कार्तिक ३० गते, सोमबार

प्रधानमन्त्रीले ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे देशबासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । सरकार गठन भएको एक महिना पुगेको अवसर पारेर उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । भारतले लगाएको नाकाबन्दीसहित समसामयिक विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ ।

२०७२ कार्तिक २९ गते, आईतवार

मधेसी मोर्चासँग संयुक्त छलफल हुदै

काठमाडौ, २९ कात्तिक । सरकारमा रहेका नेकपा एमाले, एकीकृत नेकपा माओवादी र विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले आज मधेसी मोर्चासँग वार्ता गर्ने भएका छन् । हिजोको सहमति अनुसार आज उच्च तहको वार्ता गर्ने नेताहरुले बताएका छन् । मधेसी मोर्चा राखेको संघीयसीमाका विषयमा मुख्य गरी दलहरुबीच छलफल हुनेछ । मधेसी मोर्चाले तराई मधेसमा दुई प्रदेशको अडान […]

२०७२ कार्तिक २९ गते, आईतवार

मोर्चाद्वारा एमाले पर्सा कार्यालयमा आगजनी

काठमाडौं,२८ कार्तिक । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान वीरगन्ज उपमहानगरपालिका रामगढवास्थित नेकपा(एमाले) पर्साको कार्यालयमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले एमाले पार्टीले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशनानुसार अञ्चलस्तरीय चियापान कार्यक्रम आयोजना गर्न लागिएको जनाई त्यसको प्रतिकारस्वरुप आगजनी गरेको बताइएको छ । मोर्चाले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशन गरी एमाले पर्साले शनिबार गर्ने चियापान […]

२०७२ कार्तिक २८ गते, शनिबार

फ्रान्समा आपतकालिन अवस्था घोषणा

काठमाडौं,२८ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोली प्रहार र विस्फोटमा कम्तिमा १ सय ५३ जना मारिएका छन । यति धेरै मानिसको ज्यान जाने गरी भएको अन्धाधुन्ध गोली प्रहार तथा विस्फोट भएपछि फ्रान्स सरकारले राष्ट्रिय आपतकालिन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फ्रास्वाँ ओल्याण्डले राष्ट्रको नाममा सम्बोधन गर्दै आपतकालिन अवस्थाको घोषणा गरेका हुन् । […]

२०७२ कार्तिक २८ गते, शनिबार