राजनीति

आन्दोलनको स्वरुप परिवर्तन गर्न माग

काठमाडौ, २० माघ । जनकपुर उद्योग वाणिज्य सङ्घले आन्दोलनको स्वरुप परिवर्तन गर्न आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ । बन्दका कारण उद्योग, व्यवसाय, शिक्षा र यातायात क्षेत्र अत्यधिक आर्थिक मारमा पर्न गएको अवस्थालाई दृष्टिगत गरी आन्दोलनको स्वरुप परिवर्तन अपरिहार्य भएकोतर्फ समेत सङ्घले ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष शिवशङ्कर साहले विज्ञप्ति जारी गर्दै बन्दका कारण पुँजी […]

२०७२ माघ २० गते, बुधबार

आज माघ १९, प्रजातान्त्रिक आन्दोलनको कालो दिन

काठमाडौ, १९ माघ । आज माघ १९ गते , २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई कालो दिनको रुपमा लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरेपनि शाहको विरुद्धमा झन धेरै […]

२०७२ माघ १९ गते, मंगलवार

प्रधानसेनापति भारत जाँदै

काठमाडौ, १८ माघ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा आज भारत जाँदै छन । प्रधानसेनापति क्षेत्रीलाई भारतका राष्ट्रपति प्रणव मुखर्जीबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क सनिर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले भारतका स्थल सेनाध्यक्ष, वायुसेना प्रमुख, नौसेना […]

२०७२ माघ १८ गते, सोमबार

वाईसीएलद्वारा अख्तियार प्रमुखलाई कारबाहीको चेतावनी

काठमाडौं, १७ माघ । एकीकृत नेकपा माओवादी निकट वाईसीएलले हालै सम्पन्न आफ्नो राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्दै अख्तियार प्रमुखसहित अन्य आयुक्तहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै वाईसीएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार प्रमुख कार्की रायमाझि आयोगको दोषी रहेको […]

२०७२ माघ १७ गते, आईतवार

कांग्रेसका नेता ढुंगानालाई १० बजेभित्र जिल्ला छाड्न चेतावनी

काठमाडौं, १७ माघ । नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानालाई आइतबार १० बजेभित्र जिल्ला छाड्न मधेसी मोर्चाले चेतावनी दिएको छ । कांग्रेसको अधिवेशनका सिलसिलामा गृह जिल्ला धनुषा पुगेका कांग्रेस नेता ढुंगानालाई मोर्चामा आबद्ध सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय नेताहरुले नै जिल्ला छाडन चेतावनी दिएका हुन् । यसैगरी मोर्चाले एमाले, एमाओवादीका नेताहरुलाई पनि […]

२०७२ माघ १७ गते, आईतवार

प्रधानमन्त्रीको भारत भ्रमण फागुन पहिलो साता

काठमाडौ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फागुन पहिलो साता हुने तय भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको लागि फागुन ७ देखि ११ सम्मको मितिसहित प्रारम्भिक भेटवार्ताको कार्यतालिका पनि बनाइएको छ । अन्तिम कार्यतालिका केहीदिनमा तय हुनेछ । नाका नखोली भारत नजाने अडान लिनु भएका प्रधानमन्त्री ओलीले त्यसअघि नै नाका खुल्ने पक्का […]

२०७२ माघ १६ गते, शनिबार

सीमा नाकाहरुमा मोर्चाका कार्यकर्ता बस्दै आएको पन्डाल हटाइयो

काठमाडौं, १५ माघ । पाँच महिनादेखि मधेसी मोर्चाका सयौं नेता तथा कार्यकर्ताद्वारा चौबिसै घन्टा धर्नाका लागि महोत्तरीका विभिन्न सीमानाकामा राखिएको समियाना र पन्डाल हटाइएको छ । भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर चौबिसै घन्टा धर्ना बस्दै आएका मोर्चाका नेता तथा कार्यकर्ता अब नाकामा आउन छाडेका छन् भने ती नाकामा […]

२०७२ माघ १५ गते, शुक्रबार

प्रधानमन्त्री भारत भ्रमणको तयारीमा

काठमाडौ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली तीन साताभित्रै भारत भ्रमणमा जाने भएका छन्। भारतबाट फर्किए लगत्तै प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारी छ। संविधान संशोधनपछि नाकाबन्दी हट्न थालेको र केही दिनभित्रमा पूर्ण रुपमा नाका सहज हुने संकेत पाएपछि नेपाल पक्षले भारतीय पक्षलाई फेब्रुअरी दोस्रो वा तेस्रो साता प्रधानमन्त्रीको भ्रमणको समय प्रस्ताव गरेको हो। प्रधानमन्त्रीको […]

२०७२ माघ १५ गते, शुक्रबार

वैद्य माओवादीको राष्ट्रिय सम्मेलन असोजमा

काठमाडौं, १४ माघ । नेकपा (क्रान्तिकारी माओवादी )ले आगामी असोज १ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । माघ ३ गतेदेखि १२ गतेसम्म सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो पार्टीले सच्चा कम्युनिस्ट क्रान्तिकारीसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउने उद्देश्यमाथि ध्यान दिंदै सम्बद्ध राजनीतिक पार्टीहरूसित चल्दै आएको वार्ता तथा संवादको प्रक्रियालाई निरन्तरता दिने […]

२०७२ माघ १४ गते, बिहीबार

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेन : एमाओवादी

काठमाडौं, १३ माघ । एमाओवादीले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको निष्कर्ष निकालेको छ । एमाओवादीको आज बसेको स्थायी कमिटीको बैंठकमा नेताहरुले सरकार र एमाओवादीबाट मन्त्री भएकाहरुले जनताको चाहना बमोजिम काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनीहरुबीच सरकाबाट बाहिरीने वा यहि सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा विवाद भएको थियो । केहि नेताहरुले […]

२०७२ माघ १३ गते, बुधबार