राजनीति

मधेसी मोर्चामा संघीय गठबन्धन कि मधेसी महागठबन्धन भन्ने बिबाद

काठमाडौ, १३ माघ । मधेसी मोर्चाभित्र चरम असमझदारी चुलिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’को वकालत गर्दैछन्, सद्‍भावना अध्यक्ष राजेन्द्र महतो भने ‘मधेसी महागठबन्धन’ को। दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमै मधेस(पहाड जोड्ने गरी संघीय गठबन्धन बिस्तार गर्नुपर्ने […]

२०७२ माघ १३ गते, बुधबार

अनुमति बिना भारत प्रवेश गर्न नपाइने

काठमाडौ, १२ माघ । भारतीय भन्सार कार्यालयले सुरक्षाको कारण देखाउँदै नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश […]

२०७२ माघ १२ गते, मंगलवार

भारत ६७औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौ, १२ माघ । भारतले आज नयाँ दिल्लीमा विशेष समारोहका बीच आफ्नो ६७ औं गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ का दिन भारतमा नयाँ संविधान लागु भएको स्मरणमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ । अहिले केहीबेरमा औपचारिक कार्यक्रम शुरु गरिने जनाइएको छ । गणतन्त्र दिवस अबरमा प्रधानमन्त्री नरेन्द्र मोदीले विषेश सम्वोधन गर्दै […]

२०७२ माघ १२ गते, मंगलवार

मोर्चाका कार्यकर्ताद्धारा भारतीय गाडीमा पेट्रोल बम प्रहार

काठमाडौं, ११ माघ । मधेसी मोर्चाका कार्यकर्ताले पूूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको गोलबजार नगरपालिका–९ मा दुुईओटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पीबी २९ के ९७२२ नम्बरको भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान […]

२०७२ माघ ११ गते, सोमबार

मोर्चालाई आन्दोलन फिर्ता लिन चौतर्फी दबाब

काठमाडौ, ११ माघ । संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन मधेसी मोर्चालाई चर्को दबाबमा परेको छ। संविधानप्रति असहमति राख्दै गएको साउन ३१ देखि मधेस हड्ताल थालेको मोर्चाले असोज ६ देखि जारी नेपाल–भारत सीमा नाका धर्ना दिंदै आएको छ। आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका ४ मुख्य मागमध्ये संविधान संशोधनबाट दुईटाको सम्बोधन भए […]

२०७२ माघ ११ गते, सोमबार

नेपालको राष्ट्रियता खतरामा : गजुरेल

काठमाडौ, १० माघ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन । उनले तस्कर र भ्रष्टाचारीहरुले समानान्तर अर्थतन्त्र चलाइरहँदासमेत सरकार मुकदर्शक बनेको आरोप समेत लगाएका छन् । विदेशी मित्र राष्ट्रका नेपाली वाणिज्य दूतहरुसँग आज ललितपुरमा अन्तक्र्रिया गर्दै उपाध्यक्ष गजुरेलले मुलुक असफल राष्ट्र बन्ने बाटोतर्फ अघि बढेको बताए । उपाध्यक्ष गजुरेलले […]

२०७२ माघ १० गते, आईतवार

अरुणपूर्व चक्काजाम

काठमाडौ, १० माघ । लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुणपूर्व चक्काजाम आह्वान गरेको छ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा समितिले आज बिहानैदेखि गरेको चक्काजामका कारण ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका […]

२०७२ माघ १० गते, आईतवार

संविधान संशोधन विधेयक पारित हुदै

काठमाडौ, ९ माघ । संसदको आज दिउँसो बस्ने बैठकले संविधान संशोधन विधेयक पारित गर्ने भएको छ । हिजो दफावार छलफल सकिएकाले यसअघिको कार्यसूची अनुुसार विधेयक पारित गर्ने संसद सचिवालयले जनाएको छ । २ दिनसम्म भएको छलफलमार्फत सांसदहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रयास गरेका छन् । आज दिउँसो बस्ने संसद बैठक अघि प्रमुख दल र […]

२०७२ माघ ९ गते, शनिबार

मधेसी मोर्चालाई मनाउने प्रयास हुदै

काठमाडौ, ८ माघ । प्रमुख तीन दल आजपनि मधेसी मोर्चालाई मनाउन छलफलमा जुट्ने भएका छन् । उनीहरु आज मोर्चासग सहमति नभए भोलि संशोधन विधेयक पारित गराउने तयारीमा छन । हिजो राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका थिए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही विषयमा असमझदारी भएपनि वार्ताबाटै समाधान […]

२०७२ माघ ८ गते, शुक्रबार

मोर्चासँगको वार्ता निष्कर्षहीन

काठमाडौँ, ७ माघ । तीन प्रमुख दलका शीर्षनेता र संयुक्त मधेसी मोर्चाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । मोर्चाले संविधान संशोधनलगायत अन्य विषयको समाधान ‘प्याकेज’ मै गर्न अडान राखेपछि सहमति हुन नसकेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताए । सरकार मधेसको समस्या समाधानका लागि गम्भीर रहेको […]

२०७२ माघ ७ गते, बिहीबार