राजनीति

राष्ट्रपतिको घरमा कालोझण्डा

काठमाडौं, ८ असोज । संयुक्त यूवा तथा संघर्ष समिति तथा मधेश अधिकार संघर्ष समितिले जनकपुरमा राष्ट्रपति डाक्टर रामवरण यादवसहित नेपाली काँग्रेस, नेकपा एमाले तथा एकीकृत नेकपा माओवादीका सभासदको घरमा कालो झण्डा झुण्ड्याएको छ । उनीहरुले जनकपुरको थापाचोकस्थित राष्ट्रपति डा.रामबरण यादवको घरमा कालो झण्डा झुण्ड्याएको छ । राष्ट्रपति पुत्र तथा धनुषा क्षेत्र नं. पाँचबाट संविधानसभामा निर्वाचित […]

२०७२ आश्विन ८ गते, शुक्रबार

संसद अधिवेशन असोज १५ गतेदेखि

काठमाडौं, ८ असोज। राष्ट्रपति डा. रामवरण यादवले आउँदो १५ गते शुक्रबारका लागि व्यवस्थापिका संसदको बैठक आह्वान गरेका छन । नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले […]

२०७२ आश्विन ८ गते, शुक्रबार

तीन दलीय सिन्डिकेट बन्द गर : कमल थापा

काठमाडौं,८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बिहान ट्वीट गर्दै तीन दलीय सिन्डिकेट बन्द गरेर नयाँ ढंगबाट सहमति खोज्नु पर्ने बताएका छन् । संविधान जारी भएसँगै मधेस आन्दोलन अझ चर्किन थालेको परिस्थितीलाई मध्यनजर गर्दै थापाले यस्तो सुझाव अघि सारेका हुन् । उनले मुलुकमा एकता र मेलमिलापको खाँचो रहेकोसमेत जनाएका छन् । आज बिहान […]

२०७२ आश्विन ८ गते, शुक्रबार

आन्दोलन रोकिदैन : मधेशी मोर्चा

काठमाडौं, ७ असोज । संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाको बैठकले ४० दिनदेखि जारी बन्दलाई यथावत राख्ने निर्णय गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा हिजो देखि चलेको बैठकले आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । मोर्चाले आन्दोलनलाई शशक्त बनाउन सदभावनाका महासचिव मनिष सुमन, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, तमलोपाका […]

२०७२ आश्विन ७ गते, बिहीबार

भारतको अर्को दबाब ,संविधान संसोधनको लागि ७ बुँदे सुझाव

काठमाडौ, ६ असोज । हालै जारी भएको नेपालको नयाँ संविधान प्रति तिब्र असन्तोष जनाएको भारतले संसोधनको प्रस्ताव सहित ७ बुँदे सुझाव सार्वजनिक गरेको छ । बिशेष दूतको नेपाल भ्रमणका बेला मधेसी नेताहरुसँग भएको अन्तरक्रिया र नेपालका लागि भारतीय राजदूत रणजीत रायसँगको दुई दिने परामर्शपछि भारतीय बिदेश मन्त्रालयले संविधानमा गर्नुपर्ने सातबुँदे संसोधनको खाका तयार पारेको भारतीय […]

२०७२ आश्विन ६ गते, बुधबार

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्द

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्द काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण रद्द हुने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले मुलुकको परिस्थितीलाई ध्यानमा राख्दै अमेरिका भ्रमणमा नजाने निधो गरेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री कोइराला आज अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो । भ्रमणका क्रममा उनले आफ्नो नियमित स्वास्थ्य […]

२०७२ आश्विन ६ गते, बुधबार

प्रधानमन्त्री कोइराला तमलोपाको ढोकामा

काठमाडौ ५ असोज । प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का शीर्ष नेताहरुसँग छलफल गर्न आज बिहान तमलोपा केन्द्रीय कार्यालय पुगेका छन् । सामान्यतया, प्रधानमन्त्रीले राजनीतिक भेटवार्ताका लागि बोलाउने प्रचलन रहेपनि प्रधानमन्त्री कोइराला आफैं तमलोपा कार्यालयमा पुगेर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । तमलोपाका एक नेताका अनुसार सो पार्टीका अध्यक्ष महन्थ ठाकुल लगायत […]

२०७२ आश्विन ५ गते, मंगलवार

विराटनगरमा गोली चल्यो, तीन घाइते

काठमाडौं, ४ असोज । विराटनगरमा आज मध्याह्न प्रहरीले प्रहार गरेको गोलीबाट तीनजना घाइते भएका छन् । विराटनगर–७ बस्ने १४ वर्षीय अजय सहनी, २० वर्षीया पिङ्की केशरी र १८ वर्षीय विशाल केशरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ । सहनीलाई बायाँ करङमा, केशरीलाई दाहिने काखीमुनि र विशाल केशरीलाई गालामा लागेर गोली चिप्लिएको प्रहरी नायब […]

२०७२ आश्विन ४ गते, सोमबार

भारतीय राजदूत दिल्ली प्रस्थान

काठमाडौं, ४ असोज । नेपालका लागि भारतीय राजदुत रन्जीत रे आजबिहान नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् । नेपालमा संविधान जारी भइसकेपछिको अवस्थाबारे भारत सरकारलाई ब्रिफिङ गर्नका लागि उनी नयाँ दिल्ली गएको स्रोतले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै राजदुत रेलाई दिल्ली बोलाएको स्रोतको दाबी छ । मधेसमा जारी आन्दोलनका बाबजुद संविधान जारी भएकोमा […]

२०७२ आश्विन ४ गते, सोमबार

तराईको जनजीवन अस्तव्यस्त

काठमाडौँ, ४ असोज । नयाँ संविधान जारी भएपनि तराईका जिल्ला भने बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको लगातारको बन्दले तराईका जिल्ला प्रभावित भएका हुन् । बन्दकै क्रममा केही जिल्लामा प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू समेत जारी गरेको छ । वीरगन्जमा भदौ १४ गतेबाट […]

२०७२ आश्विन ४ गते, सोमबार