राजनीति

वैद्य माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, १२ चैत । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि बस्दैछ । बैठकमा एकीकृत माओवादीसँगको पार्टी एकतालगायतका विषयमा छलफल हुने बुझिएको छ । बैठक राज्य समितिको कार्यालय कुपण्डोलमा बस्ने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष मोहन वैद्यले पार्टी एकताका लागि भएका प्रगतिबारे जानकारी गराउने र त्यसपछि केन्द्रीय सदस्यहरुबीच छलफल हुने बताइएको छ । बैठकमा […]

२०७२ चैत्र १२ गते, शुक्रबार

प्रधानमन्त्री ओली छलफल र भेटघाटमा व्यस्त

काठमाडौ, १२ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भेटघाट र छलफलमा व्यस्त रहने बताइएको छ । प्रधानमन्त्री ओलीले आज सिआनमा बौद्धमार्गीहरूसँग भेटवार्ता गर्नेछन र लुम्बिनीमा भइरहेको बौद्ध सम्मेलनको जानकारी र नेपालमा घुम्न आउने विषयमा आग्रह गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले आजै चिनियाँ परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । उनले […]

२०७२ चैत्र १२ गते, शुक्रबार

प्रधानमन्त्रीद्वारा ‘बोआओ फोरम’लाई सम्बोधन

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बोआओ फोरमलाई विहीबार सम्बोधन गर्दै विश्व अर्थतन्त्रको नेतृत्वकर्ताकोरुपमा उदय भइरहेको एसिया २१औं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताएका छन् । उनले ‘विश्व अर्थतन्त्रलाई थप मजबुत् बनाउन विश्व समुदायले आज एसियाको आर्थिक गतिविधिलाई नियालिरहेकोबताएका छन । ‘एसियाली मुलुकहरुले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई औंल्याइदिएको छ’–उनले […]

२०७२ चैत्र ११ गते, बिहीबार

प्रधानमन्त्रीले ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने

काठमाडौं, ११ चैत । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या आइपुगेको हो । प्रधानमन्त्रीले आज बिहान सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । सान्या आउनुअघि प्रधानमन्त्री […]

२०७२ चैत्र ११ गते, बिहीबार

नेपाल र चीनद्वारा संयुक्त विज्ञप्ति जारी

काठमाडौं, १० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा चीनले नेपालको नयाँ संविधानको स्वागत गर्दै नेपालको राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने कामना गरेको छ । त्यसैगरी दुई देशले एक अर्को देशको स्वतन्त्रता, स्वाधिनता र […]

२०७२ चैत्र १० गते, बुधबार

नेपाल ‘एक चीन’ नीतिप्रति पूर्ण प्रतिबद्ध – प्रम ओली

बेइजिङ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताउनुभएको छ । चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आज आयोजित ‘वान बेल्ट–वान रोड इनिसिएटिभ्स’ को सन्दर्भमा दुई मुलुकबीचको सम्बन्ध विषयको एक विद्वत गोष्ठीलाई सम्बोधन गर्दै उहाँले दुई मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको उल्लेख […]

२०७२ चैत्र ९ गते, मंगलवार

नेपाल–चीन सम्झौताले भारतलाई तनाब

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सोमबार नेपाल र चीनबीच विभिन्न १० बुँदामा सहमति भएको छ । यो सहमति पछि भारतलाई तनाब भएको बुझिएको छ । नेपाल र चीनबीचको सम्झौतालाई भारतले ‘आफ्नो उपेक्षा’ का रुपमा हेर्न थालेको भारतीय दैनिक पत्रिकामा प्रकाशित समाचारबाट प्रष्ट हुन्छ । हिन्दुस्तान दैनिकले ‘चीनले नेपालसम्म रेल पुर्‍याउने’ […]

२०७२ चैत्र ९ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय जातीय एवं रंगभेदविरुद्धको दिवस

काठमाडौ, ८ चैत । आज ५०औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ,नेपालमा पनि दलित आयोगको संयोजनमा दलितसँग सम्बन्धित विभिन्न संघसस्थाले बृहत -याली तथा कार्यक्रम गरि दिवस मनाउँदै छन् । दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । […]

२०७२ चैत्र ८ गते, सोमबार

बेनी आक्रमणको १२ वर्ष पुरा

काठमाडौं, ७ चैत । आज बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय -याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर रुकुमसम्म पुयाएको थियो । फर्कने क्रममा माओवादीले म्याग्दीको दुर्गम ताकम, लुलाङसँगै […]

२०७२ चैत्र ७ गते, आईतवार

प्रधानमन्त्री ओली चीन जाँदै

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा ८ दिने औपचारिक चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । प्रधानमन्त्री ओली जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज हिमालयन एयरलाइन्सको विमानमार्फत बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री […]

२०७२ चैत्र ७ गते, आईतवार