एमाओवादी उम्मेदवारमाथि बम प्रहार
काठमाडौं, २७ कार्तिक । भोजपुर क्षेत्र नम्बर–२ का एकीकृत नेकपा माओवादीका उम्मेदवार सुदन किराती राईको टोलीलाई लक्षित गरी बम प्रहार गरिएको छ । आज बिहान गोगने गाविसबाट कोट गाविसतर्फ गइरहेको राईको टोलीमाथि दुईटा ग्रीनेड प्रहार भएको हो । बम विष्फोटबाट मानवीय क्षति नभएको र शंकास्पदको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । […]
२०७० कार्तिक २७ गते, बुधबार